• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    कोरोना संक्रमितमा हाइड्रोक्सिक्लोरोक्विनको परीक्षण रोक्ने डब्लूएचओको निर्णय

  • वीरगंज संजाल
  • १३ जेष्ठ २०७७, मंगलवार २०:३६
  • ४५९५

    काठमाडौँ | विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले कोरोना भाइरस संक्रमितको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन(मलेरियाको औषधि) को चिकित्सकीय परीक्षण(क्लिनिकल ट्रायल) माथि अस्थायी रुपमा रोक लगाउने निर्णय गरेको छ । 

    डब्लूएचओका महानिर्देशक डाक्टर ट्रेडोस एडहानोम गेहब्रेयससले सोमबार यो औषधिको सुरक्षित प्रयोगबारे डेटा सेफ्टी मोनिटरिङ बोर्डले अध्ययन गरिरहेको बताए । त्यस्तै उनले विश्वका विभिन्न देशमा भइरहेको हाइड्रोक्सिक्लोरोक्विनको प्रयोगका बारेमा पनि बृहत् रुपमा विश्लेषण गर्ने उनले बताए ।

    आम रुपमा हाइड्रोक्सोक्लोरोक्विनको प्रयोग मलेरिया र लुपसका बिरामीलाई प्रयोग गरिने पनि महानिर्देशक ट्रेडोसले बताए । हालै मात्रै साइन्स जर्नल ल्यान्सेटमा प्रकाशित एक अध्ययनको उदाहरण दिँदै ट्रेडोसले हाइड्रोक्सिक्लोरोक्विनको प्रयोगका कारण कोरोना संक्रमितको मृत्यु हुने सम्भावना बढी हुने पनि बताए ।

    ल्यान्सेटको रिपोर्ट प्रकाशित भएसँगै शनिबार डब्लूएचओको सोलिडारिटी ट्रायल(डब्लूएचओको निगरानीमा भइरहेको कोभिड–१९ को क्लिनिकल ट्रायल) को कार्यकारिणी समूहको बैठक बसेको थियो । १० देश सदस्य रहेको यो समूहको बैठकले हाइड्रोक्सिक्लोरोक्विनको क्लिनिकल ट्रायल अस्थायी रुपमा रोक्ने निर्णय गरेको हो ।

    चिकित्सकहरुको सल्लाहलाई नकार्दै ट्रम्पले हाइड्रोक्सिक्लोरोक्विन प्रयोग गर्दै

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबाट बच्न आफूले मलेरियाको औषधि ‘हाइड्रोक्सिक्लोरोक्विन’ खाइरहेको बताएका थिए । उनले अमेरिकी नागरिकलाई पनि कोरोनाबाट बच्न यही औषधि खान आग्रह गरेका थिए । फिजिसियनले झैं उनले यसको कुनै ‘साइड इफेक्ट’ पनि नगर्ने बताउँदै आएका छन् ।

     

    तर मेडिकल जर्नल ल्यान्सेटका लागि हाभर्ड मेडिकल स्कुलका प्रोफेसर मन्दीप आर मेहरा नेतृत्वको टिमले गरेको अध्ययनमा कोरोना भाइरस संक्रमितको उपचारका लागि ‘हाइड्रोक्सिक्लोरोक्विन’ प्रयोग गरिएको ठाउँमा संक्रमितको मृत्यु हुने सम्भवाना भएको देखाइएको छ । मलेरियाका बिरामीका लागि प्रयोग गरिने यस औषधिले कोरोनाका बिरामीलाई कुनै फाइदा नगरेको अध्ययनले पत्ता लगाएको छ । चिकित्सकहरुले यो औषधि सेवनका कारण मुटुसम्बन्धी समस्या बढ्न सक्ने चेतावनी दिए पनि राष्ट्रपति ट्रम्पले आफूले प्रयोग गरिरहेको बताएका थिए । उनले चिकित्सकहरुको अध्ययनलाई उपेक्षा गर्दै उक्त औषधि प्रयोग गर्न प्रोत्साहित गरिरहेका छन् ।

    हाइड्रोक्सिक्लोरोक्विन मलेरियाका रोगीका लागि भने सुरक्षित छ । त्यस्तै लुपस,आर्थाइटिस रोगका लागि पनि फाइदाजनक हुने अध्ययनले बताएको छ । तर कोरोना संक्रमितका लागि कुनै पनि क्लिनिकल ट्रायलले हाइड्रोक्सिक्लोरोक्विन सिफारिस गरेको छैन ।

    ‘द ल्यान्सेट’ को अध्ययनमा कोरोना भाइरसबाट संक्रमित ९६ हजार व्यक्तिलाई सहभागी गराइएको थियो । त्यसमध्ये १५ हजारलाई हाइड्रोक्सिक्लोक्विन वा योसँग मिल्दोजुल्दो क्लोरोक्विन दिइएको पाइयो । केहीलाई एन्टिबायोटिकका साथ यो औषधि दिइएको पाइयो भने केहीलाई यही मात्रै ।

    अध्ययनमा अरु संक्रमितको तुलनामा क्लोरोक्विन खाने संक्रमितको अस्पतालमा धेरै मृत्यु भएको पाइयो । त्यस्तै उनीहरुमा मुटुसम्बन्धी समस्या पनि देखियो । हाइड्रोक्सिक्लोरोक्विन दिइएका बिरामीमा मृत्युदर १८ प्रतिशत देखियो भने क्लोरोक्विन प्रयोग गर्नेहरुमा १६.४ प्रतिशत । त्यस्तै यो औषधि नदिएकाहरुमा मृत्युदर ९ प्रतिशत मात्रै थियो । अध्ययनले हाइड्रोक्सिक्लोरोक्विन वा एन्टिबायोटिकका साथ क्लोरोक्विन दिएर उपचार गरिएका बिरामीहरुमा मृत्युदर बढी भएको देखायो ।अनुसन्धानकर्ताहरुले क्लिनिकल ट्रायलबिना हाइड्रोक्सिक्लोरोक्विन प्रयोग गर्नु खतरा भएको बताएका छन् ।

    -एजेन्सीहरुको सहयोगमा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑