• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    १२ दिनमा चारजनाको मुत्यु, ४३७ संक्रमित

  • वीरगंज संजाल
  • १३ जेष्ठ २०७७, मंगलवार ०८:४२
  • १८८५

    वीरगंज | जेठ महिना लागेसँगै काठमाडौंमा समेत गर्मी बढेको छ । तराईका ‘बोसो पगाल्ने’ गर्मी छ । तर, गर्मीसँगै भाइरस संक्रमणको ग्राफ पनि ह्वात्तै बढेको छ ।जेठ महिनाको १२ दिनमै ४३७ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या ६८२ पुगेको छ । यही अवधिमा ४ जना संक्रमितले ज्यान गुमाएका छन् ।नेपालमा माघ ९ गते कोरोनाको पहिलो संक्रमण देखिएको थियो । त्यसयता संक्रमण निकै ढिलो गरी फैलियो । सरकारले चैत ११ देखि कोरोना फैलिन नदिन भन्दै लकडाउन घोषणा गर्‍यो । तर, लकडाउनकै अवधिमा कोरोना संक्रमण बढ्दै गइरहेको छ । जेठ १२ गते सोमबार साँझसम्मको तथ्यांक हेर्दा कुल संक्रमितको संख्या ६८२ पुगेको छ ।

    माघ ९ देखि जेठ १ गतेसम्म आइपुग्दा संक्रमतिको संख्या २४५ मात्र थियो । जेठ २ गते एकसाथ ९ जना थपिए । यसरी थपिने क्रम दैनिक बढ्दै जान थाल्यो । जेठ ४ गते संक्रमितको संख्या २९१ पुग्यो भने जेठ ५ गते एकैचोटि ३५७ पुग्यो ।१२ दिन उताको तथ्यांक विश्लेषण गर्दा जेठ ५ गते ३५७ संक्रमित देखापरेको मा ८ गते यो संख्या ४५७ अर्थात सय अंकमा चुलिएको देखिन्छ ।

    पुरूषको तुलनामा महिलामा कम संक्रमण देखिएको छ । ६०२ जना पुरूष संक्रमित भएका छन् भने महिलाको संख्या ८०  मात्र छ  ।जेठ ८ गते कुल संक्रमतिको संख्या ४५७ थियो भने भोलिपल्ट साँझमा बढेर ५१६ पुग्यो । त्यसको चार दिन पछि अर्थात जेठ १२ गते सोमबारसम्म आइपुग्दा यो संख्या बढेर ६८२ पुगेको छ । यो समाचार लेख्दै गर्दा अरु संख्या थपियो भने अचम्म नमाने हुन्छ ।

    यसरी माघयताका कुल संक्रमित ६८२ मध्ये ४३७ जना यही जेठ महिनामा थपिएका संक्रमितहरु हुन् ।कुल ६८२ संक्रमितमध्ये अहिलेसम्म निको हुनेको संख्या ११२ छ । कोरोनाबाट ४३ जिल्लाहरू प्रभावित बनेका छन्  । पुरूषको तुलनामा महिलामा कम संक्रमण देखिएको छ । ६०२ जना पुरूष संक्रमित भएका छन् भने महिलाको संख्या ८०  मात्र छ  ।हाल ४६ हजार २९ जना क्वारेन्टाइनमा बसेका छन् । माघयता कुल ९१ हजार ६४२ जनाको पीसीआर टेस्ट भएको छ ।

    १२ दिनमै चार जनाको मुत्यु

    कोरोनाबाट मृत्यु हुनेको संख्यातर्फ विचार गर्दा अहिलेसम्म मृत्यु भएका चारैजना यही जेठ महिनाका हुन् । ४३७ संक्रमित भेटिँदा चार जनाको ज्यान जानु भनेको झण्डै एक प्रतिशत मृत्युदर यो १२ दिनमा देखिएको छ ।

    जेठ ३ मा सिन्धुपाल्चोककी सुत्केरीको पहिलो मृत्यु भएको थियो भने ४ गते वीरगञ्जको नेशनल मेडिकल कलेजमा निधन भएका ७० वर्षका पुरुषको पनि कोरोनाका कारण निधन भएको ८ दिनपछि पुष्टि भएको छ ।

    त्यसैगरी बाँकेको क्वारेन्टाइनमा र रुपन्देहीको क्रिमसन अस्पतालका दुई पुरुषको यही साता मृत्यु भएको छ ।

    तथ्यांकलाई हेर्दा अब कोरोना संक्रमणको दर बढ्ने र यसले अझै केही समय नेपालीहरुलाई दुःख दिने सम्भावना देखिन्छन् । यो सम्भावनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि स्वीकार गर्दै थप सतर्क हुनुपर्ने बताएका छन् ।

    सोमबार देशबासीका नाममा सम्बोधन गरेका प्रधानमन्त्रीले भने, ‘एक महिनाअघि सम्बोधनका क्रममा मैले आउने साताहरु अझ चुनौतिपूर्ण हुने बताएको थिएँ । फागुन ३ देखि चैत २९ गतेसम्म झण्डै २ महिनासम्म संक्रमितको संख्या दोहोरो अङ्कमा ननाघ्नु र मानवीय क्षतिबेगर बन्दाबन्दीको पालना हुनुले विश्व स्वास्थ्य संगठनले हाम्रो मुलुकलाई अति जोखिमबाट जोखिमको तहमा प्रगति भएको बताएको थियो । तर, नयाँ बर्षको पहिलो हप्ता बितेसँगै महामारीको संक्रमण फेरि विस्तार हुन थाल्यो । यतिबेला संक्रमितहरुको संख्या ६ सय नाघेको छ ।’

    र, प्रधानमन्त्रीले अगाडि भनेका छन्, ‘आसन्न जोखिमले हामीलाई थप सजग हुन, अझ उच्च योजनाका साथ संक्रमणलाई नियन्त्रण गर्न र राज्यका सबै अंगहरुलाई महसुस हुने गरी अझ चुस्त र प्रभावकारी बनाउन माग गरेको छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑