• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रहरी निरीक्षकसहित थप दुईमा कोरोना पुष्टि, एकैदिन थपिए २५ संक्रमित

  • वीरगंज संजाल
  • १२ जेष्ठ २०७७, सोमबार १६:२१
  • ३६३१

    बारा | जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षकसहित थप दुई प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा जिल्लामा कार्यरत एक प्रहरी अधिकृत र एक प्रहरी जवामा कोरोना पुष्टि भएको हो । संक्रमित प्रहरी निरीक्षक काठमाडौँ डल्लुका हुन् भने अर्का प्रहरी जवान पर्सा बिझमझियाका हुन् । बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले थप दुई प्रहरीमा कोरोना पुष्टि भएको जानकारी दिए ।

    यससँगै बारामा कोरोना संक्रमित हुने प्रहरीको संख्या सात पुगेको छ भने कुल संक्रमितको संख्या ४१ पुगेको छ । यसअघि आइतबार मात्रै चार प्रहरी र जेठ ७ गते एक प्रहरी जवानमा कोरोना पुष्टि भएको थियो । रौतहट घर भइ बारा प्रहरी कार्यालयको मुद्दा फाटमा कार्यरत प्रहरी जवानमा कोरोना पुष्टि भएपछि कार्यलयका २५ प्रहरीको स्वाब परीक्षण गरिएको थियो । स्वाब परीक्षणको रिपोर्टले थप ६ प्रहरीमा कोरोना देखिएको हो ।

    पछिल्लो दुई दिनमा संक्रमण देखिनेमा डल्लुका एक प्रहरी निरीक्षकसहित सर्लाहीका एक प्रहरी नायब निरीक्षक, पर्साका एक प्रहरी हवल्दार र दुई प्रहरी जवान, रौतहटका एक प्रहरी जवान छन् । थपिएका दुई प्रहरीसहित एकै दिनमा बारामा संक्रमित हुनेको संख्या २५ पुगेको छ ।यसअघि सिम्रौनगढका २१ र आदर्शकोतवाल गाउँपालिकाका दुई जनामा कोरोना संक्रमण देखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै महागढीमाई नगरपालिकामा २१ र आदर्श कोतवाल गाउँपालिकाको कोतवालीमा दुई कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

    मन्त्रालयको विज्ञप्तिमा कोतवालीलाई कलैया उपमहानगरपालिका उल्लेख गरिए पनि स्थानीय प्रशासनले कोतवाली आदर्शकोतवाल भित्र पर्ने बताएको छ । संक्रमितको ठेगाना स्पट नहुँदा स्थानीय प्रशासन र प्रहरीलाई संक्रमितसम्म पुग्न कठिनाई हुने गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा गरिएको परिक्षणमा महागढीमाईका १८ देखि ५० वर्षसम्मका २१ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

    यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा कोतवालीका २५ र ३२ वर्षका पुरुषमा कोरोना भेटिएको हो । महागढीमाई नगरपालिकामा कोरोना पुष्टि भएका सबै पुरुष भारतबाट एक साताअघि मात्रै नेपाल प्रवेश गरेका हुन् । पचरौता नगरपालिकाको बेलदारी नाकाबाट नेपाल प्रवेश गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएर महागढीमाई नगरपालिकाले बगवाईन माध्यमिक विद्यालयमा संचालन गरेको क्वारेन्टाईनमा राखिएको थियो ।

    क्वारेन्टाईनमा रहेका ४० जनामध्ये ३० जनाको स्वाब परिक्षण गरिएको र त्यसमध्ये २१ जनामा कोरोना पुष्टि भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले भारतबाट नेपाल प्रवेश गरेका उनिहरुको स्वाब एक साताअघि संकलन गरि परिक्षणका लागि हेटौँडा पठाइएको जानकारी दिए । यादवले नेपाल प्रवेश गर्ने क्रममा नाकाबाटै उनिहरुलाई नियन्त्रणमा लिएर क्वारेन्टाईनमा राखिएकाले परिवार र समुदायसम्म जोखिम पुग्न नपाएको बताए ।

    यसअघि जिल्ला प्रहरी कार्यालयमा कार्यरत पाँच प्रहरी, सिम्रौनगढ नगरपालिकामा सात, करैयामाई गाउँपालिकामा दुई, जीतपुरसिमरा उपमहानगरपालिकामा एक, बिश्रामपुर गाउपालिकामा एक जनामा कोरोना पुष्टि भएको थियो । संक्रमितमध्ये जीतपुरसिमराका एक र सिम्रौनगढका एक जना उपचारपछि घर फर्किएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑