• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्ज नारायणी अस्पतालमै मनाए कोरोना संक्रमितले ईद

  • वीरगंज संजाल
  • १२ जेष्ठ २०७७, सोमबार १५:३२
  • ४५५३

    वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित ४० वर्षीय अदाफ र १६ वर्षीय सफिक (दुवै जनाको नाम परिवर्तन) सोमबार बिहानै उठे ।

    दुवै जनाले आलोपाले गरेर नुहाईधुवाई गरी बिहानको नित्यकर्म सके । त्यसपछि दुवैजनाले आइसोलेसन वार्डको भुईं सफा गरेर रुमाल बिच्छ्याए । अनि अल्लाह (भगवान) को नाममा दुवै जनाले नमाज (प्रार्थना) पढ्न सुरु गरे । यसो गरिरहँदा अस्पतालका बेडमा रहेका अन्य संक्रमितले भने उनीहरुको क्रियाकलाप हेरेर बसिरहे ।

    वीरगञ्ज–३ छपकैयाका अदाफ र रफिक नमाज पढेपछि मुस्लिम समुदायको मुख्य पर्व इदुलफित्र (ईद) को अवसरमा एक अर्कामा शुभकामना साटासाट गरे । त्यसपछि मात्रै थाहा भयो अन्य संक्रमितलाई पनि आज ईद पर्व रहेछ भनेर ।

    प्रत्येक वर्ष परिवारको साथमा ईद मनाउँदै आएका दुवै जनाले यो पटक भने अस्पतालमै मनाएका छन् । ईद पर्वमा नयाँ लुगा लगाउने प्रचलन भए पनि योपटक भने उनीहरुले पुरानै पहिरनमा ईद मनाएका छन् । लकडाउनका कारण परिवारका सदस्यहरुले पनि योपटक नयाँ लुगा लगाउन नपाएको उनीहरुले बताए ।

    ईदको अवसरमा अस्पतालले सेवइको व्यवस्था गर्दैछ भन्ने जानकारी पाएको अदाफले बताए । आजको दिन मासु, खिर, मिष्ठान्नलगायतका परिकार खाने–खुवाउने चलन रहे पनि यो पटक भने त्यसबाट वञ्चित हुनुपरेको उनले बताए ।

    अदाफले भने, ‘इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् । मस्जिदमा सबै पुरुष भेला भएर सामूहिक नमाज पढ्ने परम्परा छ । तर यो पटक कोरोना संक्रमणको जोखिमका कारण घरमै बसेर सबैले ईद मनाइरहेका छन् भन्ने अस्पतालबाट थाहा पाएको छु ।’

    उनले अगाडि भने, ‘बिहानै घरमा फोन गरेर परिवारका सदस्यलाई सम्झाएको छु । घरमा जे छ मिठो मसिना बनाएर खानू र ईद मनाउनू । बाहिर ननिस्कनू भनेको छु । कोरोनालाई जितेर म आउँछु मेरो चिन्ता लिनु पर्दैन । अर्को वर्षसँगै ईद मनाउँला भनेको छु । तर पनि घरको मुली भएकोले होला परिवारका सदस्यले कसरी पर्व मनाइरहेका होलान् भनेर चिन्ता लाग्दो रहेछ ।’

    आफूले अघिल्लो पटकको ईद पनि परिवारसँग बसेर मनाउन नपाएको उनले स्मरण गराए । ‘अघिल्लो वर्ष बुबा बिरामी भएका कारण भारतको एक अस्पतालमा ईद मनाएको थिएँ । तर यो पटक आफैं बिरामी भएर अस्पतालमा ईद मनाउनु परेको छ,’ अदाफले भने ।

    १६ वर्षीय सफिक भने आमा–बुबासँगबाट पहिलो पटक टाढा रहेर ईद मनाउँदा बढी दुःखी बनेका छन् । उनले भने, ‘घरमा परिवारका सदस्य, साथीभाइसँग बसेर मनाउँदाको बेग्लै आनन्द थियो । नयाँ लुगा लगाउने, सेवई, मिस्ठान्न, मासु लगायतका परिकार खान्थ्यौं । साथीभाइसँग गला मिलाएर शुभकामना साटासाट गथ्र्यौं । तर यो पटक अस्पतालमा परिवार, आफन्त तथा साथीभाइसँग टाढा बसेर मनाउनुपरेको छ । नरमाइलो लागेको छ ।’onlinekhabar

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑