बीरगन्ज | आज एकै दिन पर्साका १८ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । वीरगन्जको नारायणी अस्पतालमा उपचाररत उनीहरूलाई डिस्चार्ज गरिएको कुरा जिल्ला प्राशासन कार्यअलय पर्साका सहायक प्रामुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले आफ्नो फेस्बुक मार्फत जानकारी दिनु भएको छ ।
साथे वीरगन्जको नारायणी अस्पतालमा उपचाररत उनीहरूलाई डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा । मदनकुमार उपाध्यायले पनि बताएका छन । उनीहरू सबै पर्साका हुन्। उनीहरू सबै बीरगन्ज वडा नम्बर ३ छपकैयाका एकै परिवारका हुन ।
गत बैशाख २१ गतेका दिन एक जना र गत बैशाख २४ गते का दिन १७ जनामा संक्रमण देखिएकाे पुष्टि भएकाे थियाे । निकाे हुनेमा २ वर्षीय बालकदेखि ६६ वर्षीय पुरूष छन् ।
डिस्चार्ज हुनेहरुमा छपकैयाको एकै परिवारका २ महिने एक शिशु, ३ देखि १३ वर्ष सम्मका ३ बालिका, ३ देखि १५ वर्ष सम्मका ६ जना बालक, ३२ देखि ६२ वर्षसम्मका ४ महिला र ३७ देखि ६६ वर्ष सम्मका ४ पुरुष रहेका छन् ।
योसँगै कोरोनाबाट निको हुनेको संख्या १ सय ४ पुगेको छ। शनिबार मात्र नारायणी अस्पतालबाटै ९ जना र रुपन्देहीको कोरोना अस्पतालबाट १० जना निको भएका थिए।