वीरगन्ज | अनिल साह । इस्लाम धर्मावलम्बीहरुको महान चाड ‘इद उल फितर’ लाई पवित्र रम्जान महिनाको अन्तिम दिनमा पर्दछ । चन्द्रमाको आकार पर्वको निर्धारणमा महत्वपूर्ण हुन्छ ! सबैजनाले अन्तिम दिन साँझमा चन्द्रमा हेर्ने इस्लामीक रीति अनुसार रम्जानको गर्दछन र जब हिजाल अर्थात अर्धचन्द्राकार चन्द्रमा आकाशमा देखिन्छ र चन्द रात पनि भनिन्छ।
रमजान एक महिनाको कठोर व्रतको अन्त र इद उल फितर पर्वको शुरुवात हुने गर्दछ । यो एउटा उत्साह र जीत को चाडवाड हो जहाँ परिवार र समाज समक्ष मुस्कान र सदाचारका शुभेच्छाहरु आदानप्रदान गर्ने गरिन्छ । इस्लाम धर्मका प्रवर्तक मुहम्मद सल्लल्लाहु अलैहि वसल्लममा यहि रमजान महिनामै पवित्र ग्रन्थ कुरानका विचारहरु प्रकट भएको जनविश्वास रहिआएको पाइन्छ । यस महिनाभरि जहन्नुम अर्थात् नर्कको सम्पूर्ण ढोकाहरु बन्द हुने र जन्नत अर्थात् स्वर्गका सम्पूर्ण ढोकाहरु खुल्ला रहने बताइन्छ। जस कारण यस महिनालाई अल्लाहको महिना पनि भनिन्छ ।
इदको दिन इस्लाम धर्मावलम्बीहरु स्नान गरेर सकेसम्म नयाँ कपडा लगाएर नत्र आफूसँग भएका कपडाहरु मध्ये सबैभन्दा राम्रो कपडा लगाएर इद विशेष प्रार्थनाका लागि नजिकैको मस्जिदमा भेला हुने गर्दछन र प्रार्थना गर्दै अल्लाहलाई धन्यवाद दिने गर्दछन्। यसरी मस्जिद या प्रार्थना भेलामा जाँदा घरबाटै तक्विर अर्थात् अल्लाहको महिमा उच्चारण गर्दै उक्त स्थानसम्म पुग्ने गर्दछन र बाटोमा भेट हुने सम्पूर्णसँग शुभकामना आदान प्रदान गर्दै जाने चलन छ ।
प्रार्थनामा जाँदा र फर्कदा सकेसम्म फरक फरक बाटो प्रयोग गर्नुपर्ने चलन छ । प्रार्थना पश्चात् परिवारहरुमा सामूहिक भेला हुनेगर्दछ र सामूहिक रुपमा भोज गर्दै इद उल फितर को हर्ष उल्लासपूर्ण स्वागत गरिन्छ । करोना (कोभिड १९) को कराण मुलुकनै लकडाउनमा रहेको ले ज्यालादारी र स्यानो व्यापारीहरुमा छाकटार्न मुस्किल भएबेला यसवर्ष यो पर्व धुमधामका साथ मनाउन नसकेने पर्सा गडिनगर पालिका यूवा नेता: मोहमद मेराजले बताएका छन।
संघ सरकार द्धारा बितरणगरिएको १० किलो चालम, १किलो नुन र १किलो दालले महिनौ धन्न नसकिने महमद मेराजले बताउदै यश वर्ष गरिब र विपन्न वर्गमा एक छाक टार्न मुस्किन भएको बेला यश वर्ष गतवर्ष जस्तै धुमधामकासाथ मनाउन न सकिने बताएका छन साथै यस बिकत अवस्थामा घरमै बसि यो पर्वमनाउने अनुरोध गरेकाछ्न साथै यस्तो परिस्थितिमा आफ्नो घर छेउ छाउमा रहेका गरिब बर्गलाई सहयो गर्न अनुरोध गरेकाछन।