• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    प्रदेश २ मा चालु वर्षको भन्दा कम आकारको बजेट आउने

  • वीरगंज संजाल
  • May 24, 2020, 7:24 pm
  • ४४७७

    वीरगंज | ‘अहिले लकडाउन लम्बिदैं गएको छ ।आन्तरिक स्रोत पनि घटेको अवस्था छ र केन्द्रबाट पनि अनुदान कटौती हुने अवस्था भएकाले बजेट घटेर आउँछ’ मन्त्रालयका सचिव प्रेमकुमार श्रेष्ठले भने । प्रदेश २ को आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा कम हुने भएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले चालू आर्थिक वर्षमा भन्दा कम आकारको बजेट ल्याउने तयारी गरेको छ ।मन्त्रालयले करिब डेढ महिना अगाडि नै चालू आबका लागि ४२ अर्बको बजेटको सिलि बनाएर मन्त्रालयहरुमा पठाइसकेको छ ।

    ‘कोरोनाको त्यति प्रभाव नभएकै समयमा त्यो सिलिङ पठाइयो’ उनले अनलाइनखबरसँग भने, ‘तर अहिले लगातार लकडाउन बढ्दै गएको र कोरोना संक्रमण पनि बढ्दै गएको अवस्थामा बजेट चालू आर्थिक वर्षमा भन्दा पनि घट्न सक्छ ।’चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँको बजेट ल्याएको थियो । जसमा चालूतर्फ १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार र पुँजीगततर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।

    चालू वर्षको बजेटमा आन्तरिक स्रोतबाट १३ अर्ब ५४ करोड ३१ लाख ६९ हजार र नेपाल सरकारबाट प्राप्त हुने विभिन्न अनुदानबाट १६ अर्ब १७ करोड ७४ लाख रुपैयाँ राखिएको थियो । यस्तै गत आर्थिक वर्षको विनियोजनबाट बचत हुने नगद मौज्दात ७ अर्ब ७० करोड ५० लाख ९२ हजार रुपैयाँ बजेटमा समावेश गरिएको थियो ।यस पटक कोरोना महामारीका कारण कुनै आर्थिक गतिविधि नभएको, आन्तरिक राजस्व संकलन हुन नसकेका कारण बजेट घटेर आउने उनले बताए ।

    बजेट कति आउँछ भन्ने सन्दर्भमा मन्त्रालयहरुसँग छलफल भइरहेको श्रेष्ठले बताए । उनले स्वास्थ्य र सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै बजेट निर्माण गर्नेबारेमा छलफल भइरहेको बताए । ‘बहुबर्षीय किसिमका योजनालाई फोकस गर्दै अरु सामान्य किसिमका कामहरुमा बजेट घटाउनेबारे हाम्रो छलफल भइरहेको छ’ उनले भने ।

    तालिम, गोष्ठीको शीर्षक हटाउने तयारी

    आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने तयारीमा रहेको प्रदेश २ सरकारले स्वास्थ्यमा सुधार, दरबन्दी थप, उपकरण खरिदलाई पहिलो प्राथमिकतामा राख्न लागेको छ । यसबाहेक लकडाउनको समयमा विपन्नका लागि राहत र वैदेशिक रोजगारीबाट फर्केर आउनेका लागि रोजगारी दिनेलाई पनि प्राथमिकतामा राखेको छ ।

    बजेट घट्ने अवस्था देखिएपछि सबैभन्दा बढी बजेट जाने भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेट कटौती गरिने भएको छ । ‘अघिल्लो वर्ष भौतिक पूर्वाधारमा धेरै बजेट जान्थ्यो’ सचिव श्रेष्ठले भने, ‘यसबाट नै बजेट घटाएर स्वास्थ्य पूर्वाधारमा लगानी गर्नुपर्ने हुन्छ ।’सचिव श्रेष्ठले साधारण चालू खर्चसमेत घटाइने बताए । ‘यसबाहेक गाडी खरीद, भ्रमण, अनुगमन खर्च, अनुत्पादक किसिमको तालिम, गोष्ठी सबै कटौती गरिनेछ’ उनले भने ।

    वैदेशिक रोजगारीबाट फर्केर आउनेलाई श्रममूलक, उत्पादनशील काममा लगाउने गरी बजेट विनियोजन हुने उनले बताए । ‘जनशक्तिलाई उपयोग गर्दै सामाजिक पूँजी निर्माण गर्ने कामका लागि पनि बजेट विनियोजन हुन्छ’ श्रेष्ठले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य
  • धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो
  • भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने
  • पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    महाधिवेशन गर्ने देउवा पक्षको निर्णयबारे कांग्रेस संस्थापन पक्ष के भन्छ?

    काठमाडौं आइपुगे भारतीय प्रधानसेनापति सेठ

    रगतको कमि भैरहेको बिरगंजमा गुडविल सोसाइटीद्वारा छपकैया मा बृहत् रक्तदान कार्यक्रमको आयोजना , ४२ जनाले गरे रक्तदान ।

    भारतका लागि पूर्वनेपाली राजदूत हर्षनारायण धौभडेलको निधन

    बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?

    निडर र अनुभवले खारिएकी महिला उद्यमी रुपा ओझा ‘सानु’

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    महाधिवेशन गर्ने देउवा पक्षको निर्णयबारे कांग्रेस संस्थापन पक्ष के भन्छ?

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    News

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    News

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    News

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    News

    महाधिवेशन गर्ने देउवा पक्षको निर्णयबारे कांग्रेस संस्थापन पक्ष के भन्छ?

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑