• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    सप्तरीमा नाममात्रका क्‍वारेन्टाइन : ५० जनालाई एउटै धारा, एउटै चर्पी

  • वीरगंज संजाल
  • ११ जेष्ठ २०७७, आईतवार १३:२२
  • २८३९

    राजविराज |  भारतीय सीमा नजिक सप्तरीको बलान बिहुल गाउँपालिका-४ बेल्हीस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनको अवस्था नाजुक छ ।  क्वारेन्टाइनमा रहेका सोही वडाका ३५ वर्षीय युवकमा शुक्रबार राति कोरोना पुष्टि भएपछि सबैको स्वाब लिन शनिबार प्राविधिकसहित पुगेका स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले क्वारेन्टाइनको अवस्था अत्यन्त नाजुक रहेको बताए ।

    बस्तीका बीचमा झ्याल, ढोका नभएको सानो क्षेत्रफलमा बनेको विद्यालयमा कोचाकोच गरेर मानिस राखिएको उनले बताए । क्वारेन्टाइन बनाएपछि बाँसको टाँटीले घेरबेर गरिएको छ ।

    बोराले बारेर अस्थायी किसिमले दुईवटा शौचालय बनाइएको छ । एउटा ट्युवेल छ । स-सानो कोठामा मानिसलाई खादेर राखिएको छ । मानिस बढी भएपछि केहीलाई वडा नम्बर ६ स्थित सेहरा रौतहट विद्यालयको क्वारेन्टाइनमा सारिएको छ ।

    क्वारेन्टाइनमा शनिबार रहेका ३४ पुरुष, तीन महिला, दुई बालक, एक बालिका, संक्रमितको बुवा-आमा, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीसहित ७५ जनाको स्वाब संकलन गरिएको छ ।मानिसको अनुपातमा शौचालय र ट्युवेल छैन् ।

    ‘एउटै शौचालयमा सबै जानुपर्छ, बाहिरै दिशापिसाब छ,’ निमित्त प्रमुख यादवले भने,’यो क्वारेन्टाइन राख्ने ठाउँ नै होइन ।’ संक्रमित पुष्टि हुनुभन्दा अगाडिसम्म परिवारका मानिस दूध, दहीलगायत खाना ल्याउने, कुराकानी गर्ने गरेको जानकारी आएको भन्दै उनले क्वारेन्टाइनको अवस्था अस्तव्यस्त रहेको बताए ।

    कोभिड-१९ सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको संघीय, प्रदेस तथा स्थानीय मापदण्ड २०७६ बमोजिम घना बस्तीबाट टाढा, सय भन्दा बढीलाई राख्न सक्ने क्षमता भएको, सञ्चार, स्वास्थ्य पानी बिजुलीको पूर्ण व्यवस्था भएको र प्रति व्यक्ति ७५ वर्ग फिटको स्थान वा न्यूनतम दूरी साढे तीन फिट हुनुपर्ने, नियमित सरसफाइ हुनुपर्ने लगायतको व्यवस्था छ ।
    क्वारेन्टाइनमा बसेकाले नियमित सरसफाई नहुने गरेको बताए । ‘ब्रस, पेस्ट, साबुन दिइएको छ, दुई छाक खाना, बिहान चिया र दिउँसो मुरही, चना दिइएको छ, भुँइमा लगाइएको ओढने, ओछ्याउने, झुल छ,’ रामचन्द्र गामीले भने, ‘कोठा अभावले साढे एक फिटको दूरीमा सुत्नु पर्दा तथा बालिबालिका, महिलासमेत ४०÷५० जनालाई एउटै ट्युवेल र शौचालय हुँदा निकै कठिनाई भोग्नु परेको छ ।’

    गाउँपालिका अध्यक्ष दयानन्द गोइतले सिंगो गाउँपालिकामा ठूला भवन नभएकाले सीमा नजिकको राप्राविलाई क्वारेन्टाइन बनाउनु परेको बाध्यता सुनाए ।  भारतको हरियाणा गुडगाउँबाट श्रीमती र भाइसहित आएका संक्रमित व्यक्ति पनि चोरबाटो हुँदै जेठ १ गते घर पुगेको उनले बताए । लुकिछिपी चोरबाटो हुँदै घरमा बसेको गाउँलेले जानकारी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिइ क्वारेन्टाइनमा राखेको अध्यक्ष गोइतले जानकारी दिए ।

    भारतबाट आएर घरमा बसेको पत्ता लागेपछि जेठ ३ गते प्रहरीले उनी, उनका श्रीमती, भाइसहित भारतको विभिन्न राज्यबाट आइ लुकिछिपी घरमा बसेका टोलका सातजनालाई क्वारेन्टाइनमा ल्याएको हो ।

    नयाँ वर्षको जुडशितल र छठ पर्वमा घर आउने यिनीहरू भारतमा संक्रमण फैलिएपछि र भारत सरकारले रेल सेवा सञ्चालन गरेपछि चोर बाटो हुँदै घर आएको गाउँलेहरूले समेत पुष्टि गरेका छन् ।

    दक्षिण सीमाबाट चोरबाटो हुँदै प्रवेश गर्ने क्रम ह्वात्तै बढेको र केही व्यक्ति क्वारेन्टाइनमा बसे पनि अधिकांश घरमा लुकिछिपी बस्ने गरेकोले कोरोना संक्रमण फैलिने गाउँलेहरूले चिन्ता गरेका छन् । क्वारेन्टाइनको व्यवस्थापन र तयारी भन्दा ठूलो सङ्ख्यामा भारतमा काम गर्ने र पढने नेपालीहरू भित्रिएपछि जोखिम बढेको अशोकुमार यादवले बताए ।

    यसअघि वैशाख २९ गते सप्तरीको डाकनेश्वरी नगरपालिका-३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको आइसोलेसनमा रहेका दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न
  • नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न
  • वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश
  • चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    आईपीएलको उपाधि बेंगलुरुलाई

    मुद्दा मिलाइदिन्छु भनी एक लाख ७० हजार ठगी गर्ने पक्राउ

    कस्तो रहला आजको मौसम?

    मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलका बिजेताहरु थाईल्याण्ड जाँदै

    जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ:प्रधानमन्त्री ओली

    पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

    News

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    News

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    News

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    News

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑