बर्दिबास | धर्वेन्द्र कुमार यादव | कोरोना भाइरस महामारीको आहतमा परेका विपन्न नागरिकहरुको जीवन रक्षा गर्न महोत्तरीको बर्दिबासमा युवाहरु जुटेका छन् । बढ्दैं गरेको लकडाउने विपन्न नागरिकहरुको जीन्दगी कठिन बन्दै गएपछि उनीहरुलाई सहयोग गर्न विद्यार्थी, समाजिक अभियन्ता, व्यवसायी क्षेत्रमा क्रियाशिल युवाहरुले एक सञ्जाल गठन गरेका छन् । समाजमा परोपकारी काम गर्न होटल व्यवसायी परमेश्वर महतो अध्यक्षतामा ‘जनसहयोगी युवा सञ्जाल बर्दिबास महोत्तरी’ गठन गरिएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले निमुखाहरुलाई हातमुख जोड्न धौंधौं भएपछि युवाहरु उनीहरुको घरमा राहत पु¥याउन उनीहरु जुटेका हुन् । हरेक विषमपरिस्थितमा युवा शक्तिको सहयोग महत्वपूर्ण रहेको भन्दै युवाहरु सञ्जाल गठन गरेर समाजिक कार्यमा जुटेका हुन् । चयन गरिएको ११ सदस्यीय सञ्जालको तदर्थ समितिको उपाध्यक्षमा पूजा साह, महासचिवमा सुरिन्दर साह, सचिवमा मनोज महतो, सह—सचिवमा जमुना साह, कोषाध्यक्षमा ज्ञानेन्द्र महतो, सह—कोषाध्यक्षमा अनुप पोखरेल रहेका छन् ।
त्यसैगरि सदस्यहरुमा तिलोत्तम काफ्ले, अशोक महतो, विनोद यादव लगायत छन् । ‘मागेर जीवन चलाइरहेकाहरु लकडाउनले भोकै देख्दा हाम्रो मनले मानेनन् । त्यसपछि सबै साथीहरु मिलेर केही गरौं भनेर हामी पहिलो चरणमा बर्दिबासमा भोकै भौतारिरहेकाहरुलाई दैनिक खाजा, पानीबाट उनीहरुको जीवन रक्षा गर्न कदम चालेका छौंं,’ सञ्जालका अध्यक्ष परमेश्वर महतोले भनेका छन्,‘ आफ्नै गोजीबाट सबै साथीले सात हजार रुपैंया उठाएर खाजापानी वितरणको काम सुरु गर्न लागेका छौं ।’
युवाहरुले गर्न लगोको समाजिक काममा सबै सहयोगी मनहरुलाई सहयोग गरि दिन उनले अनुरोध गरेका छन् । दोस्रो चरणमा गरिवलाई राहतमा राशन वितरण गर्न तथ्यांक संकलन भइरहेको अध्यक्ष महतोले जनाए ।