वीरगन्ज | दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्दै आएका मजदुर लगायत गरिब तथा विपन्न वर्गलाइ राहत प्रदान गर्न संघीय सरकारले स्थानिय तहरुलाइ परिपत्र नै गरेको थियो । तर, वास्तविक प्रभावितहरुको पहिचान गर्न नसकेको स्थानिय तहको लापरवाहीका कारण सप्तरीमा खाना नपाएर एक जनाको मृत्यु भएको छ ।लकडाउनका कारण प्रभावित भएकाहरुलाई राहत प्रदान गर्ने संघीय, प्रदेश र स्थानिय सरकारको योजना विफल भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपालमा भोकमरीमा कोही पनि मर्नु नपर्ने बताएका थिए । तर, उनको भनाई पुर्ण हावादारी साबित भएको छ ।पाँच दिन अघि मंगलबार सप्तरीको कञ्चनरुप नगरपालिका पथरीका ५० वर्षिय मल्लर सदाको मृत्यु भयो । कोरोनाभाइरस संक्रमणको जोखिम न्युन राख्न सरकारले आह्वान गरेको लकडाउनका कारण काम नपाउँदा मल्लरको घरमा चार दिन देखि चुल्हो बल्न सकेको थिएन ।
पाँच दिन अघि जसरी पनि काम खोजी बेलुका चामल लिएर आउने वाचा गरि हिँडेका मल्लर केही पर पुगेर खेतबारीमा ढले । आफन्तको सहयोगमा उनलाई घर ल्याएपनि बचाउन भने सकिएन ।कञ्चनरुप नगरपालिकामा सदा समुदायको बाहुल्य छ । सो समुदायमा हालसम्म पनि सरकारी राहत सामाग्री पुग्न सकेको छैन ।भ्रष्टाचारमा अल्झीएको संघ, प्रदेश र स्थानिय सरकारको गैरजिम्मेवार र लापरवाह रवैयाका कारण सप्तरीका मल्लर सदाको मृत्यु भएको बुद्धिजिवीहरूकाे भनाइ छ ।