वीरगन्ज | सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचारको क्रममा ८१ वर्षको उमेरमा शुक्रबार उनको निधन भएको हो ।
उनी २०५८ सालदेखि २०६३ सालसम्म सर्वोच्चको न्यायाधीश बनेकी थिइन् । ।’ नेपाल बारका अध्यक्ष श्रेष्ठले भने, ‘उहाँ निष्ठावान हुनुहुन्थ्यो । महिलाहरुको कानुनी सहायता परियोजनामा पनि उहाँको उल्लेखनीय योगदान रह्यो ।’
उनको घर काठमाडौंको पकनाजोल हो । उनका श्रीमान इतिहासका जानकार मानिकलाल श्रेष्ठ हुन् । श्रेष्ठ पनि अस्वस्थ छन् । उनीहरुका एक छोरा जर्मनीको एक सरकारी अस्पतालमा डाक्टर छन् ।
उनी सकेसम्म आजै साँझ काठमाडौं आउने र सुशीलाको सिंहको अन्त्येष्टि गर्ने तयारी छ ।