• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    ‘अब कसको मुख हेरेर बसौँ, आफैँ क्वारेन्टिनमा छु’ : सञ्चारकर्मी

  • वीरगंज संजाल
  • १० जेष्ठ २०७७, शनिबार ११:००
  • ३५८७

    जीतपुर | कोभिड –१९ को नियन्त्रण तथा रोकथामका लागि कपिलवस्तुमा स्थानीय सरकारको व्यवस्थापन कमजोर देखिएको छ । जिल्लामा स्थलगत रिपोर्टिङमा सक्रिय दुई सञ्चारकर्मीसहित नौ जनामा कोरोनाको सङ्क्रमण देखिए पनि लामो समयसम्म पालिकास्तरबाट सङ्क्रमितका विषयमा चासो नभएपछि पीडित सञ्चारकर्मी सञ्चारगृहको क्वारेन्टिनमा बस्न बाध्य भएका छन् ।

    दुई सञ्चारकर्मीमध्ये एक बाणगङ्गा नगरपालिका वडा नम्बर–११ भडिहवाका २४ वर्षीय पुरुष कपिलवस्तु सञ्चार सहकारीद्वारा सञ्चालित सामुदायिक रेडियो-टेलिभिजन ‘बुद्ध आवाज’का प्राविधिक हुन् भने अर्का २९ वर्षीय पुरुष कपिलवस्तु नगरपालिका– ३ स्थित ‘कपिलवस्तु दर्पण’का प्रबन्धक तथा ‘उज्यालो पोष्ट‘का सञ्चालक हुन् । अन्य सातमा बाणगङ्गाका पाँच, मायादेवी गाउँपालिकाका तीन र कपिलवस्तु नगरपालिकाका एक सङ्क्रमित छन् ।

    उनन्तीस वर्षीय सञ्चारकर्मीले कोरोना पुष्टि भएको करीब सात घण्टा भए पनि पालिकाबाट कुनै सम्पर्क र सोधपुछ नभएको गुनासो गर्दै पटकपटक घर परिवारको कन्ट्याक्ट ट्रेसिङ हुनुपर्छ भनेर माग गर्दा पनि सुनुवाइ नहुँदा स्थानीय सरकार यतिबेला लाचार भएको अनुभूति भएको बताए । उनले भने, ‘अब कसको मुख हेरेर बसौँ त, आफैँ क्वारेन्टिनमा बसिरहेको छु । जिल्लाका सञ्चारकर्मीमा कोरोना पुष्टि हुँदा ६ घण्टा पहिले थाहा पाएको स्थानीय सरकारले सङ्क्रमितको अवस्था नखोज्दा आम नागरिक कसरी सुरक्षित होलान् ?’

    टेलिभिजनका प्राविधिकको पनि उस्तै गुनासो रहेको छ । उहाँलाई कोरोना पुष्टि भएको करिब ६ घण्टा हुँदा पनि कुनै सोधपुछ भएको छैन । टेलिभिजनमा कार्यरत एक पत्रकारमा कोरोना पोजेटिभ देखिएपछि उनको नजीकमा रहेर समाचार शाखा र प्राविधिक शाखामा काम गर्ने पत्रकारका लागि सञ्चारगृहको सभाकक्षमा क्वारेण्टाइन बनाइएको व्यवस्थापक भेषराज पाण्डेले बताए । मुलुकले महामारीको पीडा खेपिरहेका बेला सञ्चारकर्मीमा सङ्क्रमण देखिए पनि जनतालाई सुसूचित गर्ने काममा खटिएका पत्रकारले क्वारेन्टिनमा बसेर भए पनि जनतालाई सुसूचित गर्ने काम नरोक्ने जनाएका छन् ।

    नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले जिल्लाका १० पालिकामा नै क्वारेन्टिन भए पनि सबै अवस्थित भएको बताउँदै सञ्चारकर्मीलाई पालिकाहरुले समन्वय गरेर विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले छिटोभन्दा छिटो संक्रमित पत्रकारको सम्पर्कमा रहेका आठ पत्रकारको पिसिआर परीक्षण गर्न माग पनि गरे ।

    बाणगङ्गा नगरपालिकाका प्रवक्ता तथा २ का वडाध्यक्ष विष्णु पौडेलले प्रदेशबाट आइसोलेशनको व्यवस्था हुन्छ भनेर कुर्दा केही ढिला भएको उल्लेख गर्दै पत्रकारका लागि आइसोलेशन निर्माणको प्रक्रिया शुरु भएको बताए । सञ्चारगृृहको क्वारेन्टिनमा समाचार शाखामा काम गर्ने पाँच र प्राविधिकतर्फ तीनसहित आठ जना छन् । कोरोना पोजेटिभ देखिएका सञ्चारकर्मी बुद्ध आवाजको भवनमा अलग्गै कोठामा रहेको र अहिलेसम्म कहाँ कसरी उपचारका लागि पठाइने भन्ने टुंगो लागेको छैन । यसरी प्राविधिकसँग सम्पर्कमा आएका अन्य आठ कर्मचारीले भने आफैँ क्वारेन्टिन निर्माण गरेर समाचार सम्पे्रषण गर्ने तयारी थालेका छन् । (रासस)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ
  • ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै
  • रविको मुद्दाबारे अधिवक्ताहरूको ‘ब्रिफिङ’- ‘मुद्दा कानुनीभन्दा बढी राजनीतिक, गलत नियतका साथ आकर्षित नहुने अभियोग लगाइयो
  • माधवकुमार नेपालको राजनीतिक जीवनको आलो प्रभात
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    रविको मुद्दाबारे अधिवक्ताहरूको ‘ब्रिफिङ’- ‘मुद्दा कानुनीभन्दा बढी राजनीतिक, गलत नियतका साथ आकर्षित नहुने अभियोग लगाइयो

    माधवकुमार नेपालको राजनीतिक जीवनको आलो प्रभात

    विश्वकै लामो मुक्तिनाथ केबुलकार बनाउन ५७ अर्ब ६४ करोड लगानी स्वीकृत

    पतञ्जलीको भ्रष्टाचारमा सूर्यविनायक नगरपालिकाका मेयरविरुद्ध पनि मुद्दा दायर

    विश्व वातावरण दिवसमा सशस्त्र प्रहरी गुल्ममा वृक्षारोपण निरन्तरता

    नेपाल इन्टरमोडलको संचार रणनीति विषयक अन्तर्क्रिया कार्यक्रम बीरगञ्जमा सम्पन्न

    आज शुक्रवारको राशिफल

    ज्योतिष डा. बिबेकको किताब VastuShastra’ अन्तरास्टृय बजारमा सार्वजनिक

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    रविको मुद्दाबारे अधिवक्ताहरूको ‘ब्रिफिङ’- ‘मुद्दा कानुनीभन्दा बढी राजनीतिक, गलत नियतका साथ आकर्षित नहुने अभियोग लगाइयो

    माधवकुमार नेपालको राजनीतिक जीवनको आलो प्रभात

    विश्वकै लामो मुक्तिनाथ केबुलकार बनाउन ५७ अर्ब ६४ करोड लगानी स्वीकृत

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    News

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    News

    रविको मुद्दाबारे अधिवक्ताहरूको ‘ब्रिफिङ’- ‘मुद्दा कानुनीभन्दा बढी राजनीतिक, गलत नियतका साथ आकर्षित नहुने अभियोग लगाइयो

    News

    माधवकुमार नेपालको राजनीतिक जीवनको आलो प्रभात

    News

    विश्वकै लामो मुक्तिनाथ केबुलकार बनाउन ५७ अर्ब ६४ करोड लगानी स्वीकृत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑