काठमाडौं | नेपालमा थप ३२ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।शनिबार बिहान कपिलवस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवानमा गरि नयाँ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कपिलवस्तुमा ८, सर्लाहीमा १३, बारामा १, काठमाडौंमा १, रुपन्देहीमा १ र चितवनमा १ गरेर ३२ मा संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरुको संख्या ५ सय ४८ पुगेको छ । तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने ७० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।