• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    भक्तपुरकी कोरोना संक्रमित महिला जनप्रतिनिधि

  • वीरगंज संजाल
  • १० जेष्ठ २०७७, शनिबार ०८:२४
  • ३६८०

    भक्तपुर | स्वास्थ्य मन्त्रालयले शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएकी भक्तपुरकी महिला नगरपालिकाकी जनप्रतिनिधि रहेको खुलेको छ। उनी भक्तपुर नगरपालिका-९ की जननिर्वाचित महिला सदस्य रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।परिसरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले भक्तपुर नपा- ९ सूर्यमढी निवासी उनलाई पाटन अस्पताल लगिएको जानकारी दिए। उनका अनुसार संक्रमितको घर समुदायबाट छुट्टिएकोले घरलाई मात्रै सिल गरिएको छ। संक्रमितको सम्पर्कमा आएकाहरुको पहिचान (कन्टाक्ट ट्रेसिङ) गर्ने कार्य भइरहेको प्रहरी उपरीक्षक प्रधानले सुनाए।

    ‘उहाँ (संक्रमित) जनप्रतिनिधि रहनुभएकाले कन्टाक्ट ट्रेसिङ गर्न चुनौतीपूर्ण रहेको छ’, उनले थपे, ‘उहाँ स्वास्थ्य स्वयंसेविका पनि भएकाले वडामात्रै नभएर नगरभर क्रियाशील भएको पाइएको छ।करिब पचास जनाको परीक्षणमा दुईजनाको पोजिटिभ आएपछि आरडीटी परीक्षण स्थगित गरेर पीसीआर परीक्षणको लागि जनस्वास्थ्य केन्द्रले नै स्वाब संकलन गरेर टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो। करिब एकसय २५ जनाको नमुना पठाइएकोमा शुक्रबार पहिलो चरणमा नपाकी नर्स महिलाको रिपोर्ट पोजिटिभ आएको हो।

     

    भक्तपुरमा समुदायमै पुग्यो कोरोना

    भक्तपुर नपाकै जनप्रतिनिधिमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि भक्तपुर कोरोना भाइरस संक्रमणको उच्च जोखिममा परेको छ। नगरपालिकाभित्रै क्रियाशील हुँदै आएकी महिला जनप्रतिनिधिमा समुदायबाटै कोरोना भाइरस संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ।

     

    भक्तपुरमा संक्रमितको संख्या चार

    महिला जनप्रतिनिधिसँगै भक्तपुरमा संक्रमितको संख्या चार पुगेको छ तर शुक्रबार नै भक्तपुरमा पहिलोपटक कोरोना भाइरस संक्रमण पुष्टि भएका महिला स्वास्थ्य कर्मचारी र सशस्त्र प्रहरी जवान डिस्चार्ज भएका थिए। ती दुवै भक्तपुरका स्थानीय भने थिएनन् तर शुक्रबार संक्रमण पुष्टि भएकी महिला जनप्रतिनिधि र काठमाडौं महानगरपालिकाको सफाइ गाडीका पुरुष चालक भने स्थानीय हुन्।

    महिला जनप्रतिनिधि भक्तपुर नपा -९ र सफाइ गाडी चालक भक्तपुर नपा- ५ योसिंखेलका निवासी हुन्। सफाइ गाडी चालकको घर क्षेत्र भक्तपुर नपा -५ योसिंखेल र त्यहाँका ३५ घरमा गरिएको सिल खुलेको छैन। संक्रमितको घरपरिवारका १२ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ। तर रिपोर्ट नआइसकेको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी
  • रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या
  • मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम
  • सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चेक बाउन्समा प्रतिवादीलाई एकपछि अर्को ‘बम्बर सहुलियत’, अब पुराना मुद्दामा पनि पाँच प्रतिशत मात्रै जरिवाना तिरे हुने

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    रविको मुद्दाबारे अधिवक्ताहरूको ‘ब्रिफिङ’- ‘मुद्दा कानुनीभन्दा बढी राजनीतिक, गलत नियतका साथ आकर्षित नहुने अभियोग लगाइयो

    माधवकुमार नेपालको राजनीतिक जीवनको आलो प्रभात

    विश्वकै लामो मुक्तिनाथ केबुलकार बनाउन ५७ अर्ब ६४ करोड लगानी स्वीकृत

    पतञ्जलीको भ्रष्टाचारमा सूर्यविनायक नगरपालिकाका मेयरविरुद्ध पनि मुद्दा दायर

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    News

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    News

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    News

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    News

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑