• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    क-कसले पाउँदैछन् कोरोना जोखिम भत्ता ?

  • वीरगंज संजाल
  • ९ जेष्ठ २०७७, शुक्रबार १७:२०
  • ३२९९

    काठमाडौं । जोखिमभत्ता उपलब्ध गराउने प्रयोजनका लागि ‘कोरोना भाइरसको संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन सम्बन्धी आदेश’ तयार भएको छ ।मन्त्रिपरिषद्ले ९ चैत २०७६ मा ले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको पहिचान, रोकथाम, नियन्त्रण तथा उपचार कार्यमा संलग्न जनशक्तिलाई जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो ।

    भत्ता व्यवस्थापन सम्बन्धी आदेशअनुसार करिव एक दर्जन सेवा र क्षेत्रमा कार्यरत कर्मचारी तथा जनशक्तिले कोरोना जोखिम भत्ता प्राप्त गर्ने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी पारेको भत्ता व्यवस्थापनसम्बन्धी आदेशअनुसार सबैभन्दा जोखिमपूर्ण क्षेत्रमा कार्यरत जनशक्तिले पारिश्रमिकको शतप्रतिशत भत्ता पाउँदैछन् । अन्य जनशक्तिलाई भने जोखिमको अवस्था हेरेर भत्ता दिइने भएको छ ।

    सरकारले कोरोना संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारमा संलग्न वा अप्रत्यक्ष रुपमा संलग्न हुने कर्मचारी र जनशक्तिलाई कोरोना जोखिम भत्ता दिने भएको छ । यस सूचिमा चिकित्सक, नर्स, पारामेडिक्स र प्रयोगशालाकर्मी रहेका छन् ।साथै, इमेजिङ सेवा प्रदायक, एम्बुलेन्स चालक तथा सहायक, इलेक्ट्रिसियन तथा प्लम्बर, सुरक्षाकर्मी र सफाईमा संलग्न कर्मचारीले समेत यस्तो भत्ता प्राप्त गर्ने भएका छन् ।प्रशासनिक तथा अन्य कर्मचारी र सहयोगी साथै कार्यालय प्रमुखले कोभिड-१९को नियन्त्रण, उपचारमा संलग्न हुने गरी खटाएको सबै जनशक्तिले यस्तो भत्ता पाउने गरी भत्ता व्यवस्थापन सम्बन्धि आदेश बनाइएको छ ।

    कुन-कुन जनशक्तिले पाउँछन् ?

    कोरोना भाइरसको नियन्त्रण र उपचारमा प्रत्यक्ष संलग्न हुने कर्मचारी तथा जनशक्तिसँगै अन्य जोखिमपूर्ण क्षेत्रका जनशक्तिले समेत यस्तो भत्ता पाउनेछन् । यसअनुसार त्रिभुवन विमानस्थलको हेल्थ डेस्कमा खटिएका सेवा गरेका सबै कर्मचारीले यो सुविधा पाउने भएका छन् ।स्थलगत नाकामा खटिएका हेल्थ डेस्कका कर्मचारीलाई समेत भत्ता दिइने भएको छ । सरकारले आवश्यक ठानी विभिन्न स्थानमा खडा गरेको हेल्थ डेस्कमा खटिएका कर्मचारीले समेत यस्तो भत्ता पाउने नियम सरकारले बनाएको छ ।

    सरकारले विदेशबाट नेपाल आएका व्यक्तिको निगरानीका लागि बनाएका क्वारेन्टाइनको व्यवस्थापनमा खटिएका कर्मचारीले समेत भत्ता पाउने आदेशमा उल्लेख छ । त्यसबाहेक स्वदेश भित्र विभिन्न स्थानमा खडा गरिएका क्वारेन्टाइनको व्यवस्थापनमा खटिएका कर्मचारीलाई पनि यस सूचीमा राखिएको छ ।यसभित्र संघ, प्रदेश र स्थानीय तह सबै तहमा खटिने कर्मचारी तथा जनशक्तिले समान रुपमा भत्ता पाउने प्रावधान बनाइएको छ ।भत्ता पाउने सूचीमा संक्रमणको आशंका लागेका व्यक्तिको परीक्षण र त्यस क्रममा सहयोग पुर्‍याउन खटिने कर्मचारीलाई समेत समेटिएको छ ।कोरोना पुष्टि नभएपछि आंशकामा बिरामीलाई आइसोलेसनमा राखेका बेला बेड र वार्डमा खटिने कर्मचारीलाई समेत सरकारले प्रोत्साहन तथा जोखिम भत्ता दिने भएको छ ।

    संक्रमण भई उपचारमा रहेका व्यक्तिको उपचारमा खटिएका जनशक्ति, कोरोना विशेष अस्पताल भनि तोकिएका अस्पतालमा कार्यरत सबै कर्मचारीलाई यस्तो भत्ता दिइने भएको छ ।प्रयोगशाला अर्को जोखिमपूर्ण क्षेत्र हो । सरकारले शंकास्पद व्यक्तिको नमुना संकलन, प्याकिङ र ढुवानीमा खटिने सबै जनशक्तिलाई भत्ता दिने भएको छ ।बिरामीसँग सम्बन्धमा आएका व्यक्तिको खोजी (कन्ट्याक्ट ट्रेसिङ)मा खटिने जनशक्ति र यी सबै कामको अनुगमन, मूल्यांकन तथा व्यवस्थापनमा खटिने कर्मचारीलाई समेत कोरोना विशेष भत्ता दिइने भएको छ । भत्ता पाउन आफू सम्बन्धित काममा खटेको प्रमाणित हाजिरी भने हेरिने भएको छ ।

    यस्तो भत्ता अर्थ मन्त्रालयबाट माग गरि स्वास्थ्य मन्त्रालय वा स्वास्थ्य सेवा विभागबाट सम्बन्धित कार्यालयलाई उपलब्ध गराइने भएको छ । भत्ता व्यवस्थापन भने जुन निकायले कर्मचारीलाई खटाउँछ, त्यहीबाट कर्मचारीलाई भत्ता दिएर ती कार्यालयले मन्त्रालय वा विभागबाट सोधभर्ना लिनुपर्ने प्रावधान राखिएको छ । स्थानीय र प्रदेशले भने सोही तहबाट भत्ताको जोहो गर्नुपर्ने भएको छ ।

    निजी, सामुदायिक, सहकारी र गैरसरकारी सबै अस्पतालमा कोरोनाविरुद्ध खटिएका जनशक्तिले यस्तो भत्ता दिनुपर्ने भएको छ । अस्पतालले सेवा दिएको बिरामीको विवरणका आधारमा सम्बन्धित अस्पताललाई रकम उपलब्ध गराउने भएको छ ।

    कति पाउँदैछन् भत्ता ?

    संक्रमणको शंका लागि आइसोलेसनमा राखिएका वा संक्रमण पुष्टी भई उपचारमा रहेका बिरामीको उपचारमा प्रत्यक्ष संलग्न जनशक्तिले सरकारले तोकेको शुरुको तलव स्केलको शतप्रतिशत भत्ता पाउने भएका छन् ।साथै, संकास्पद तथा संक्रमण पुष्टि भएका बिरामीको नमुना संकलन गर्ने जनशक्तिले समेत शतप्रतिशत भत्ता पाउने प्रावधान राखिएको छ । यस कार्यक्रममा प्रत्यक्ष सहभागी हुन नपरेपनि अप्रत्यक्ष रुपमा खट्नु पर्ने सहयोगी कर्मचारीले भने ७५ प्रतिशत भत्ता पाउने भएका छन् ।

    विमानस्थल, विभिन्न हेल्थडेस्कमा खटिएका कर्मचारी, संकलन भएको नमुना संकलन ओसारपसार र संक्रमित तथा आंशका गरिएका बिरामीको ओसार-पसारमा संलग्न सवारी साधन कर्मचारीले भने तलव स्केलको ५० प्रतिशत भत्ता पाउने भएका छन् ।

    प्रयोगशालामा प्रत्यक्ष रुपमा परीक्षण र प्रमाणीकरणमा खटिने जनशक्तिले तलव स्केलको शतप्रतिशत भत्ता पाउने भएका छन् । यो कार्यमा सहयोगीको भूमिका खेल्ने कर्मचारीले भने तलवको ५० प्रतिशत भत्ता पाउने गरी प्रावधान तोकिएको छ ।

    कति अवधिको भत्ता मिल्छ ?

    सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा खटिएका कर्मचारीलाई २८ पुस २०७६ यताको अवधि गणना गरी भत्ता दिने भएको छ ।विमानस्थल, विभिन्न नाकाका हेल्थ डेस्कमा डेस्क संचालनमा आएको मितियता गणना हुने भएको छ । अन्य क्षेत्रमा कार्यरत जनशक्तिको हकमा भने ९ चैतदेखि मान्य हुने गरी प्रावधान तोकिएको छ ।यस्तो भत्ता पाउने अन्तिम अवधि भने सरकारले कोरोनाको जोखिम सकिएको घोषणा गरेको मिति वा असार मसान्त २०७७ मध्ये जुन छिटो आउँछ, त्यसलाई मानिएको छ ।onlinekhabar

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी
  • रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या
  • मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम
  • सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चेक बाउन्समा प्रतिवादीलाई एकपछि अर्को ‘बम्बर सहुलियत’, अब पुराना मुद्दामा पनि पाँच प्रतिशत मात्रै जरिवाना तिरे हुने

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    रविको मुद्दाबारे अधिवक्ताहरूको ‘ब्रिफिङ’- ‘मुद्दा कानुनीभन्दा बढी राजनीतिक, गलत नियतका साथ आकर्षित नहुने अभियोग लगाइयो

    माधवकुमार नेपालको राजनीतिक जीवनको आलो प्रभात

    विश्वकै लामो मुक्तिनाथ केबुलकार बनाउन ५७ अर्ब ६४ करोड लगानी स्वीकृत

    पतञ्जलीको भ्रष्टाचारमा सूर्यविनायक नगरपालिकाका मेयरविरुद्ध पनि मुद्दा दायर

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    News

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    News

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    News

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    News

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑