वीरगञ्ज | वीरगञ्ज महानगरपालिका वडा नं १६ का अध्यक्ष श्याम बाबु चाैरसिया पदबाट निलम्बित हुने भएका छन् । जग्गा खरीद विक्री प्रकरणमा मुछिएका उनी लगायत ३ जना विरूद्ध काठमाण्डाै विशेष अदालतमा मुद्दा दायर भएकाे छ ।जग्गा खरिद बिक्री हुँदा वडाध्यक्ष चौरसियाले घरबाटोको सिफारिश दिदा २८ फिट बाटो भएकोमा १५ फिटको बाटो उल्लेख गरि सिफारिश दिएका थिए ।
उनले दिएको सिफारिशका आधारमा मूल्याकंन घटाएर रजिष्ट्रेशन दस्तुर तथा लाभकर समेत छलेको भन्दै वडाध्यक्ष चौरसिया बिरुद्ध बिशेष अदालतमा उजुरी परेको हो । यो उजुरी संग वडाध्यक्ष चौरसियाको वडाध्यक्ष पद समेत निलम्वित हुन पुगेको छ ।
वडाध्यक्ष चौरसियासहित जग्गा बिक्रीकर्ता जहराती मिया धुनिया र खरिदकर्ता ग्यान्ती देवीविरुद्ध राजस्व छली सम्बन्धी आरोप पत्र शुक्रबार विशेष अदालतमा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिनु भयो ।nepalpostdaily