वीरगंज | नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना अपडेटको विषयमा औपचारिक जानकारी दिँदै आएका छन्।शुक्रबार मात्र थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार बिहान नयाँ संक्रमित थपिएसँगै कोभिड–१९ का पुष्टी भएकाको संख्या ४८७ पुगेको हो। स्वास्थ्य मन्त्रालयका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व),चितवन,नवलपरासी, कपिलवस्तु र सर्लाही जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा ३० नयाँ संक्रमित थपिएका हुन् । उनीहरु नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका-६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका-६ केसरबाघ, चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला, नवलपरासी, सुस्ता गाउँपालिका-५ र रामग्राम नगरपालिका-३ र १८ निवासी ३३, ३५ वर्षीय पुरुषहरू, १५ वर्षीया युवती संक्रमित भएका हुन्।
त्यसैगरी कपिलवस्तु बाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुषहरू र ८ वर्षीय बालिका, सर्लाही, गोडैता नगरपालिका- ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका-७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुषहरू र १८ वर्षीया युवतीमा कोरोना पोजिटिभ देखिएको हो । ४८७ जनामा कोरोना संक्रमण हुँदा ७० जना निको भएका छन् । तीन जनाको भने मृत्यु भएको छ । पत्रकार सम्मेलन लाइभ