• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    जनताको दिनचर्या सञ्चालन गर्न सरकारले अल्छी र कन्जुसी गर्नु हुँदैन

  • वीरगंज संजाल
  • May 22, 2020, 6:45 am
  • २४११

    अब छिटै बन्दाबन्दी व्यवस्थितरूपमा खुकुलो बनाएर जनजीवन पूर्ववत् नबनाउन हो भने अकल्पनीय अवस्था उत्पन्न हुनसक्छ । तर, सरकार भने बन्दाबन्दी खुकुलो बनाउन आवश्यक गृहकार्यमा जुटेको देखिएन । कोरोनाभाइरसको संक्रमण निकट भविष्यमा थामिने संकेत छैन । कम्तीमा दक्षिण एसियामा घटीमा केही महिना संक्रमण फैलने निश्चितजस्तै भएको विज्ञहरूले प्रक्षेपण गरेका छन् । विशेषगरी भारतको कुव्यवस्थापनले नेपाल र बंगलादेशले देशभित्र संक्रमण नियन्त्रण गर्न सफल भए पनि जोखिमबाट मुक्त हुनसक्तैनन् । यसैले नेपालले कोरोनाभाइरसको संक्रमणको जोखिमसँगै दिनचर्या चलाउन तयार हुनुपर्छ । विशेषगरी, सार्वजनिक यातायात, विद्यालय कलकारखाना र अड्डाअदालत सञ्चालनका लागि तयारी गरिहाल्नुपर्ने देखिन्छ ।

    हाम्रा कुनै पनि भौतिक संरचना कोरोनाभाइरस संक्रमणको चुनौती सामना गर्न सक्ने गरी बनाइएका छैनन् । तिनलाई सकेसम्म नबिगारी तर भौतिक दूरी कायम रहने गरी अनुकूलन गर्नु जरुरी हुन्छ । कक्षा कोठामा विद्यार्थी संख्या कम राखेर संक्रमणको जोखिम कम गर्न सकिन्छ । यस्तै कारखानाहरूमा उत्पादनको तरिका बदलेर भौतिक दूरी कायम गर्न सकिएला । सार्वजनिक यातायातलाई संक्रमणको जोखिम हुन नदिनेगरी सञ्चालन गर्नु सम्भवतः सबैभन्दा आवश्यक तर कठिन कार्य हो । विश्वका कतिपय वायु सेवा कम्पनीहरूले संक्रमणको जोखिम कम हुने गरी परिचारिकाको पोसाकदेखि बस्ने स्थानको संख्यासम्मको नयाँ व्यवस्थापन सुरु गरेका छन् । कारखानाहरूमा काम गर्ने नयाँ तौरतरिकाबारे तालिम दिइएको छ ।

    बन्दाबन्दी लागू गर्दा व्यवस्थापनामा भएको हचुवा शैली अपनाउने गल्ती यसलाई हटाउँदा दोहोरिन दिनु ठूलो मूर्खता हुन्छ । यस्तै संक्रमणको जोखिम देखाएर बन्दाबन्दी लम्याइरहनु त झन् देशको आर्थिक सामाजिक जीवनका लागि आत्मघाती हुनसक्छ । यसैले सरकार र सामाजिक क्षेत्रका सेवा प्रदायकहरूले संक्रमणको जोखिम न्यून हुनेगरी आआफ्ना भौतिक संरचनाको अनुकूलन सुरु गरिहाल्नु उचित हुनेछ । सार्वजनिक यातायातमा यात्रुको मानवीय सुविधा र सुरक्षाका लागि यसै पनि भौतिक संरचनामा सुधार गर्नैपर्ने थियो । अब बस वा माइक्रोबसमा यात्रुका बीचमा दूरी कायम रहने व्यवस्था मिलाउनै पर्छ ।

    यसैगरी, कक्षा कोठा र स्कुल बसमा बालबालिकालाई ‘गुन्द्रुक खाँदे’जसरी कोच्ने अभ्यास त्याग्नै पर्छ । कलकारखानामा अरू कार्यस्थल सुरक्षाका उपायसँगै संक्रमणबाट सुरक्षित रहन कामदारलाई सचेत र अभ्यस्त बनाउनुपर्छ । यसैले सरकारले यथाशीघ्र यातायात, शिक्षा, अस्पताल, कलकारखाना, बजार सञ्चालनका लागि मापदण्ड तयार गर्ने र सम्बन्धितहरूले तदनुसार परिमार्जन अनुकूलन गर्ने गर्नु अत्यावश्यक देखिन्छ । यसका लागि आवश्यक भएमा सरकारले अनुदानको व्यवस्था पनि गर्नुपर्छ । विद्यालयहरू केही ढिलो सुरु गरेर पनि शैक्षिक कार्यतालिका भेट्टाउन सकिएला । यातायात र कारखाना चलाउन भने ढिलो गर्नु हुँदैन । सकेसम्म जोखिमरहित तरिकाले जनताको दिनचर्या सञ्चालन गर्न राज्यले अल्छी र कन्जुसी गर्नु हुँदैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य
  • धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो
  • भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने
  • पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    महाधिवेशन गर्ने देउवा पक्षको निर्णयबारे कांग्रेस संस्थापन पक्ष के भन्छ?

    काठमाडौं आइपुगे भारतीय प्रधानसेनापति सेठ

    रगतको कमि भैरहेको बिरगंजमा गुडविल सोसाइटीद्वारा छपकैया मा बृहत् रक्तदान कार्यक्रमको आयोजना , ४२ जनाले गरे रक्तदान ।

    भारतका लागि पूर्वनेपाली राजदूत हर्षनारायण धौभडेलको निधन

    बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?

    निडर र अनुभवले खारिएकी महिला उद्यमी रुपा ओझा ‘सानु’

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    महाधिवेशन गर्ने देउवा पक्षको निर्णयबारे कांग्रेस संस्थापन पक्ष के भन्छ?

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    News

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    News

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    News

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    News

    महाधिवेशन गर्ने देउवा पक्षको निर्णयबारे कांग्रेस संस्थापन पक्ष के भन्छ?

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑