• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    सप्तरीमा वन गस्ती र तस्करबीच भिडन्त, दुई राउण्ड हवाई फायर

  • वीरगंज संजाल
  • ८ जेष्ठ २०७७, बिहीबार २३:३६
  • २०१३

    राजविराज | काठ तस्करले घेरा हालेपछि सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका १ स्थित महुली र अमसोत खोलामा वन गस्तीसँग भिडन्त भएको छ। लकडाउनको मौका छोपेर सप्तरीमा बढेको वन्यजन्तु शिकारी र काठ तस्करी रोक्न गएको वन गस्ती टोलीलाई तस्करले घेरा हालेपछि दुई राउण्ड हवाई फायर गरिएको डिभिजन वन कार्यालयका प्रमुख सन्तोष झाले बताए । झाका अनुसार ठूलो सङ्ख्यामा संगठित भइ भेला भएर वन गस्तीलाई नै घेरा हाली आक्रमण गर्न थालेपछि आत्मरक्षाका लागि हवाई फायर गर्नु परेको हो ।

    ‘बरामद गरिएको काठ गस्ती टोलीबाट लुटने प्रयासस्वरूप तस्करले घेरा हाले,’ डिभिजन कार्यालय प्रमुख सन्तोष झाले भने,’ ‘वन गस्तीलाई देखेर चिरान काठ छाडी भागेका तस्कर नै संगठित भएर घेरा हाली आक्रमण गर्न थालेपछि आत्मरक्षाका लागि हवाई फायर गर्नु पर्‍यो।’गस्ती टोलीले दुई राउण्ड हवाई फायर गरेपछि तस्करहरू भागेको र उनीहरूबाट बरामद ६ क्यूफिटको ६ थान चिरान काठ बरामद गरिएको छ ।

    गोली प्रहार गरी रतुवा मृग मारेर सप्तरीको महुली सव डिभिजन अन्तर्गतको जङ्गलमै छाला निकाल्न पानी उमालिरहेका बेला वन गस्तीले दुईजना वन्य जन्तु शिकारीलाई पक्राउ गर्‍यो । सहायक वन अधिकृत धनराज मण्डलको नेतृत्वमा चुरे डाँडामा रहेको पानीढलो क्षेत्रसम्म पुगेको वनगस्तीले उदयपुरको त्रियुगा नगरपालिका-१ मैन्हाका मिश्रीलाल चौधरी र अशोक राईलाई मृत मृगसहित पक्राउ गर्‍यो । पानी तताइरहेका बेला राई र चौधरी पक्राउ परे पनि संलग्न अन्य तस्कर फरार भए ।

    तस्कर हतियारसहित वन क्षेत्रमा प्रवेश गर्न थालेपछि डिभिजन वन कार्यालय सप्तरीले द्वन्द्वकालमा बुझाएको १० थान बन्दुक र गोलीगट्ठा जिल्ला प्रशासन कार्यालयबाट फिर्ता लिएको छ । वन तथा वन्यजन्तु संरक्षणमा थपिँदै गएको सुरक्षा चुनौतीको प्रभावकारी व्यवस्थापन गर्न हतियार फिर्ता लिएर गस्ती टोली परिचालन गरिएको वन कार्यालयको भनाइ छ ।

    मातहतमा रहेको दौलतपुर, कल्याणपुर, रूपनी, महुली, कञ्चनरूप र पत्थरगाढास्थित ६ वटा सव डिभिजन कार्यालयबाट सहायक वन अधिकृत र रेञ्जरको नेतृत्वमा पाँचदेखि सातजनाको टोलीले चरणबद्ध रूपमा गस्ती गर्न थालेपछि ठूलो परिमाणमा लुकाई छिपाइ राखेको काठ समेत बरामद भएको कार्यालयले जनाएको छ ।जिल्ला वन अधिकृत झाका अनुसार वन गस्तीले तस्करी गर्न वनभित्र लुकाइ छिपाइ राखिएको र वनबाट ल्याउँदै गरेको अवस्थामा साल गोलिया बल्लाबल्ली ५३ थान र सालको चिरान काठ ३९ थान बरामद गरेको छ ।

    बरामद गरिएको काठ १४१ क्यूफिट रहेको छ ।दिनरात गस्तीमा खटिरहेको वन कार्यालयले जनाए पनि कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनतर्फ सबैको ध्यान केन्द्रीत भएको मौका छोपी काठ तस्करी र वन्यजन्तु चोरी शिकारी बढिरहेको स्थानीयवासीको गुनासो छ ।वन कार्यालयले पनि महुली, रूपनगर, रूपनी र दौलतपुरअन्तर्गतको जंगलमा बढी मात्रामा चोरी तस्करी बढेको जनाएको छ । वन्यजन्तु चोरी सिकारी र वनपैदावर तस्करी मौलाएसँगै डिभिजन वन कार्यालयले ठोस कार्ययोजना र अभियानका साथ गस्ती गर्नुपर्ने रूपनी गाउँपालिका-१ का राजु जायसवालले बताए । चोरी, तस्करीलाई रोक्न अभियान नचलाए लकडाउनको मौका पारेर तस्करले वन र वन्यजन्तु सक्ने स्थानीयको चिन्ता छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ
  • सुनचाँदीको मूल्य घट्यो
  • यी हुन् बदाम खानुका ६ फाइदा
  • अनार खानुका १० फाइदा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    यी हुन् बदाम खानुका ६ फाइदा

    अनार खानुका १० फाइदा

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    अनार खानुका १० फाइदा

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    News

    सुनचाँदीको मूल्य घट्यो

    News

    यी हुन् बदाम खानुका ६ फाइदा

    News

    अनार खानुका १० फाइदा

    News

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑