नयाँ दिल्ली । पूर्वी भारत र बंगलादेशमा शक्तिशाली आँधी अम्पुनका कारण १६ जनाको ज्यान गएको छ । यो अहिलेसम्मकै शक्तिशाली आँधी भएको बताइएको छ ।बांगालको खाडीबाट आएको आँधीका कारण भारतको पश्चिम बंगाल, ओडिसा र बंगलादेशमा हावाहुरीसहित भारी वर्षा गराएको छ ।
जसका कारण सयौं रुखहरु ढलेका छन्, हजारौं घरहरुमा क्षति पुगेको छ भने लाखौं मानिसहरु प्रभावित भएका छन् ।समाचार एजेन्सी रोयटर्सका अनुसार पश्चिम बंगालमा १६५ किलोमिटर प्रतिघण्टाको गतिमा आँधि आइरहेको छ भने समुद्री छाल पाँच मिटरको उचाईसम्म छल्किरहेका छन् । बीबीसी