• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पिसिआर जाँच नहुँदा पर्सामा ५ दिन यता नयाँ संक्रमित भेटिएनन्

  • वीरगंज संजाल
  • ८ जेष्ठ २०७७, बिहीबार १५:१६
  • ३७२४

    वीरगन्ज | पिसिआर परीक्षण प्रभावित हुँदा पर्सा जिल्लामा ५ दिन यता थप नयाँ संक्रमित  भेटिएका छैनन् । एक सातादेखि पिसिआर परीक्षण कार्य प्रभावित हुँदा जेठ ३ पछि नयाँ संक्रमित  नथपिएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले बताए ।

    पर्सा जिल्लामा पहिलो पटक चैत २९ गते ३ जना भारतीय मुस्लिम जमातीमा कोरोना संक्रमण भेटिएको थियो । त्यसयता बैशाख १४ गते २, बैशाख १५ , बैशाख १७,  बैशाख २१ मा १-१ जना, बैशाख २४ मा १७,  बैशाख ३० मा ५७, बैशाख ३१ मा ३, जेठ २ मा ४ र जेठ ३ मा २ जना संक्रमित  भेटिएका थिए ।

    भिटिएम किट, प्रयाप्त मात्रामा नहुँदा शंकास्पद व्याक्तिको स्वाब संकलन गरी पिसिआर परीक्षण हुन नसकेका कारण जिल्लमा जेठ ३ गते यता नयाँ संक्रमित  नथपिएको ठाकुरको भनाइ छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायका अनुसार भिटिएम किटको कमीले पर्सामा गत सोमबार र मङ्गलबार २ दिन स्वाब संकलन कार्य नै रोकिएको थियो ।

    तर मङ्गलबार बेलुकी स्वास्थ्य मन्त्रालयले पर्सामा १ हजार थान भिटिएम पठाइदिएपछि बुधबारदेखि भने फेरि स्वाब संकलन कार्य सुरु गरिएको छ ।

    नया संक्रमित  भेटिएन भनेर ढुक्क हुने अवस्था छैन

    अहिलेसम्म भेटिएका ९१ संक्रमितको कन्टयाक्ट ट्रेसिङमा उनीहरुको सम्पर्कमा रहेको पहिचान गरिएका सबै व्याक्तिको किट अभावका कारणले स्वाब संकलन हुन नसकेको ठाकुरले बताए । उनले भने, ‘यदि ती सबैको परीक्षण भएको भए अहिलेसम्म थप धेरै पोजेटिभ केश आइ सक्थ्यो होला त्यसैले ५ दिन यता नयाँ केश देखिएन भनेर ढुक्क हुन सक्ने अवस्था छैन । पछिल्लो पटक प्रयोगशालामा पठाइएको स्वाबको रिपोर्ट सम्भवत शुक्रबार वा शनिबारदेखि आउन सुरु हुन्छ’, ठाकुरले भने,‘रिपोर्ट आउन थालेपछि नयाँ संक्रमित  थपिने सम्भावना बढी नै छ  ।’

     ५९७ जनाको रिपोर्ट आउन बाँकी  

    मङ्गलबार बेलुकी स्वास्थ्य मन्त्रालयबाट १ हजार भिटिएम आएपछि बुधबार पर्सामा २ सय २१ जनाको स्वाब संकलन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्साका अधिकृत ठाकुरका अनुसार बुधबार छिपहरमाई गाँउपालिकामा ९६ , सखुवा प्रसौनी गाँउपालिकामा ५३ र वीरगन्जको नारायणी अस्पतालमा ७२ जनाको स्वाब संकलन गरिएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय पर्साका अनुसार पर्सा जिल्लामा अहिलेसम्म (बधुबारसम्म) पिसिआर परीक्षणका लागि २ हजार ५ सय ३९ जनाको स्वाब संकलन गरिएको छ । जसमध्ये एक हजार ९ सय ४२ जनाको रिपोर्ट आइसकेको छ भने ५ सय ९७ जनाको रिपोर्ट आउन बाँकी छ ।

    नारायणी अस्पतालमा गत बैशाख २३ गतेदेखि पिसिआर परीक्षण ल्याब संचालनमा आइसकेको छ । जिल्लामा संकलित स्वाब सुरुमा नारायणी अस्पतालकै ल्याबमा परीक्षण गरिन्छ । त्यसपछि उक्त स्वाब रुजुका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरिएको छ । काठमाडौंको प्रयोगशालाबाट रिपोर्ट आएपछि मात्रै सार्वजनिक गर्ने गरिएको छ ।annapurna post|क्रान्ति शाह|

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑