• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दाजु–भाई मिलेर बाबुको हत्या, शव घरभित्रै गाडियो

  • वीरगंज संजाल
  • ८ जेष्ठ २०७७, बिहीबार १०:००
  • ४८०७

    विराटनगर | विराटनगर महानगरपालिका–१४ झटियाईका ५५ वर्षीय सत्यराम चौहानको हत्या उनकै दुई छोरा मिलेर गरेको खुलेको छ। जेठो छोरो २९ वर्षीय रोहित र माइलो २६ वर्षीय नागेन्द्र चौहानले मिलेर बाबुको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले गत शनिबार राति ८:३० बजेतिर हत्या गरेपछि दुवै जनाले घरभित्रै खाल्डो खनेर शव तन्नाले बेरेर गाडेको पत्ता लागेको जानकारी दिए। उनकाअनुसार घटना भएको चार दिनपछि घरभित्रै पुरेको अवस्थामा बुधबार साँझ सत्यरामको शव भेटिएको छ।
    सत्यराम तीन छोरामध्ये जेठो रोहितसँग आफ्नै घरमा बस्दै आएका थिए। माइलो छोरो नागेन्द्र बिहे गरेर श्रीमतीसहित विराटनगर–१५ मा डेरामा बस्थे। प्रहरीकाअनुसार तीन वर्षदेखि वेपत्ता रहेका कान्छो छोरो सोमकुमार परिवारको सम्पर्कमा छैनन्। जेठो र माइलो दुवै छोरा ज्याला मजदुरी गर्छन्। ‘गत शनिबार जेठो रोहित कामबाट फर्किए। त्यत्तिकैमा माइलो नागेन्द्र पनि दाजु र बुवा बस्ने घरम आइपुगे,’ प्रहरी स्रोतले भन्यो, ‘त्यत्तिकैमा रोहितसँग सत्यरामको विवाद सुरु भयो। विवादले उग्ररुप लिएपछि रक्सीको नसामा रहेका दुवै छोरा मिलेर हत्या गरेको खुल्यो।’
    रोहितले काम गरेर कमाएको पैसाले कपडा र जुत्ता किनेर लगेपछि बाबुसँग विवाद सुरु भएको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ‘बाबुले आफूलाई पनि पैसा चाहियो भनेर मागेपछि जेठो छोरो रोहितले छैन भन्ने जवाफ दिएछन्,’ प्रहरीका एक अनुसन्धान अधिकृतले भने, ‘त्यसपछि बाबु सत्यरामले रोहितलाई घरबाटै निकालिदिन्छु भनेपछि विवादले उग्ररुप लिएको पाइयो।’
    बाबुले घरबाटै निकालिदिने चेतावनी दिएपछि नजिकै रहेको फरुवाले टाउकोमा पहिलो पटक रोहितले प्रहार गरेपछि बाबु ढलेको र त्यसपछि नागेन्द्रले पनि बाबुलाई आक्रमण गर्न सघाएको प्रहरीको भनाइ छ। प्रहरी स्रोतले भन्यो, ‘सुरुमा फरुवाले दाजुले प्रहार गरे र त्यसपछि भाईले पनि थपेपछि बाबुको मृत्यु नै भयो।’
    ‘बाबुको मृत्यु नै भएपछि घटनाका बारेमा बाहिर कोही कसैले थाहा नपाउन् भनेर घर भित्रै गाड्ने सल्लाह दाजु–भाईले गरे,’ प्रहरीका एक अनुसन्धान अधिकृतले भने,‘त्यसपछि बाबु सुत्ने खाटको साइटमा खाल्डो खन्दै शव पुरेछन्।’
    शव पुर्नका लागि बाबुको हत्यामै प्रयोग गरेको फरुवाले खाल्डो खनेको पनि प्रहरीको भनाइ छ। ‘शव व्यवस्थापनका लागि बाहिर निकालेमा गाउँलेले थाहा पाएर घटना सार्वजनिक हुने थियो,’ प्रहरीले सोधपुछ गर्ने क्रममा रोहितले भने, ‘त्यही भएर घरभित्रै खाल्डो खनेर शव गाडिएको हो।’ छोराहरुले सत्यरामको हत्या राति गरे पनि शव भने आइतबार बिहान उज्यालो भएपछि मात्रै गाडेको पाइएको प्रहरीले जनाएको छ। त्यसबीचमा शवलाई कसरी व्यवस्थापन गरेर घटनालाई लुकाउन सकिन्छ भन्ने सल्लाह दाजु–भाईबीचमा भएको पाइएको छ।
    प्रहरीका अनुसार आफ्नो डेरामा आइरहने ससुरा सत्यराम धेरै दिनदेखि नआएपछि बुहारी (नागेन्द्रकी श्रीमती) जेठाजु रोहित र ससुरा बस्ने घरमा बुधबार पुगेकी थिइन्। ससुरा र जेठाजुलाई नदेखेकी उनले घर भित्र खनेको देखेपछि त्यो कुरा श्रीमान नागेन्द्रलाई सुनाइन्। त्यसपछि घरका झ्याल ढोका सबै खुल्ला राखेर बुवा र दाजु वेपत्ता भएको भन्दै नागेन्द्र आफै प्रहरी कार्यालयमा पुगेका थिए।
    अविवाहित रहेका रोहित कर्कटपातको छानो भएको र काठले बनाएको एक तले घरमा बुवा सत्यरामसँगै बस्दै आएका थिए। प्रहरी घरमा पुग्दा उनी थिएनन्। केही बेरमा रक्सीले मातेर आइपुगेका उनलाई त्यतिबेलै प्रहरीले नियन्त्रणमा लिएको थियो। बाबुको हत्यामा भाईको पनि संलग्नता रहेको उनले बताएपछि सत्यरामका माइलो छोरो नागेन्द्रलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
    प्रहरीले गाडेको स्थानबाट शव उत्खनन् गर्दै पोस्टमार्टमका लागि कोसी अस्पताल ल्याएको छ। सत्यरामको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा शव रहेको छ। प्रहरीले दुई/तीन फिट जति गहिरो खाल्डो खनेर गाडेको अवस्थामा शव फेला पारेको थियो। बाबुको हत्यामा संलग्न दाजु–भाई विरुद्ध भने कर्तव्य ज्यान मुद्दा चलाउन गम्भीर रुपमा घटनाको अनुसन्धान अघि बढाइएको जानकारी डीएसपी राईले दिए।anpurnapost

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑