पोखरिया | राजन कुमार बानिय | पर्साकाे ग्रामिण भेग मा रहेको क्वारेन्टाइन हरु बाट अाज एक टोलीले १४८ जनाको स्वाब संकलन भएको छ। स्वाब संकलन टोली ले सखुवा प्रसाैनी गाउँपालिका मा रहेको श्री दिपनारायण माध्यमिक बिधालय अौराहा पाँचगावा माफरहेको क्वारेन्टाइन मा १०जना र सिदपुरमा रहेको ४३ जना गरि ५३ जना को पिसिअार स्वाब संकलन भएको गाउँपालिका अध्यक्ष प्रदिप जयसवाल ले जनाए का छन ।
साथै छिपरहमाई गाउँपालिकाकाे वडा नं. ५ भिस्वा स्थित श्री मंगल माविकाे क्वारेन्टाइनमा रहेका ५७ जना र अन्य ३८ जना गरी ९५ जनाकाे स्वाब संकलन गरिएकाे गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता ले जनाए का छन। उनका अनुसार इलका प्रहरी कार्यालय पाेखरियाका ४ जना थुनुवा सहित स्वास्थ्यकर्मी र संक्रमितका सम्पर्कमा आएका व्यक्तिहरुकाे समेत स्वाब संकलन गरिएकाे छ ।
इलका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंह आफै भिस्वा स्थित श्री मंगल माविकाे स्वाब संकलन केन्द्रमा पुगी थुनुवाहरुकाे पिसिआर परिक्षणकाे लागि स्वाब संकलन गराएका थिए । छिपहरमाईमा स्वाब संकलनकाे लागि नारायणी अस्पताल वीरगंजबाट स्वास्थ्यकर्मीकाे टाेली पुगेकाे थियाे ।
छिपहरमाई गाउँपालिकाकाे क्वारेन्टाइनमा रहेका एक भारतिय सहित १४ जनामा काेराेना संक्रमण फेला परेकाे थियाे । साेही क्वारेन्टाइनमा रहेकाहरुकाे अन्य व्यक्तिकाे र संक्रमितहरुकाे नजिक आएकाहरुकाे आज ८ दिन पछि मात्र स्वाब संकलन गरिएकाे थियोे पाेखरिया अस्पतालबाट लैब असिस्टेन्ट शुशिल चाैरसिया नेतृत्वमा रहेको टाेली स्वाब संकलन गरेकाे थियो।