वीरगन्ज | प्रदेश १ मा सातजना कोरोना भाइरस संक्रमित थपिएका छन्।आज साँझको अद्यावधिक विवरण अनुसार झापामा ५, धनकुटा र धरानमा एक/एक जनालाई कोभिड-१९ पुष्टि भएको प्रदेश १ को मुख्यमन्त्री कार्यालयले जनाएको छ।
योसँगै प्रदेश १ मा कोभिड-१९ पुष्टि भएको जम्मा संख्या ६६ पुगेको छ। निको हुनेहरूको संख्या २६ रहेको छ।पीसीआरबाट तीन हजार ७०० र आरडीटीबाट ९ हजार ८३७ जनाको परीक्षण भएको बताइएको छ।