• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जब अस्पतालले जिउँदो मान्छेलाई मृत भन्यो !

  • वीरगंज संजाल
  • ७ जेष्ठ २०७७, बुधबार १५:४२
  • २८८७

    विरगंज । गुल्मीको मदाने गाउँपालिकाका ४१ वर्षीय शिक्षक रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा जेठ १ गते भर्ना भए । उनलाई अहिलेसम्म भेन्टिलेटरमा राखिएको छ । ज्वरो आएर अस्पताल भर्ना गरिएका उनको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ ।कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि दुई दिनयता चिकित्सकहरु उनको छेऊ पर्न छाडेका थिए ।उनलाई भेन्टिलेटरमा राखेको दुई दिनपछि अस्पताल प्रशासनले प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराललाई सम्पर्क गरेर कोरोनाबाट बिरामीको मृत्यु भयो भन्दै शव कहाँ व्यवस्थापन गर्ने भनेर सोधेको थियो ।

    अस्पतालबाट प्राप्त सोही सूचनाका आधारमा मन्त्री बरालले कोरोना संक्रमितको मृत्यु भएको सूचना मिडियालाई दिए । साथै उनले कोरोना संक्रमितको शव व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्न अस्पताललाई सुझाए ।कोरोना संक्रमितको मृत्यु भएको खबर बुधबार बिहानै गुल्मीस्थित आफन्तजनसम्म पुग्यो । अनलाइनखबरकर्मी टोपराज शर्माले अस्पतालका सञ्चालक दूर्गा पाण्डेलाई सम्र्पक गरेर सोध्दा उनले संक्रमितको मृत्यु भएको ‘पुष्टि’ गरेका थिए ।

    भेन्टिलेटरमा दुई दिनदेखि अलपत्र बिरामीको ‘शव व्यवस्थापन’ तिर लागिसकेको क्रिमसन अस्पताल प्रशासनले अन्ततः बुधबार दिउँसो एकाएक बिरामी जीवितै रहेको विज्ञप्ति जारी गर्‍यो ।स्रोतका अनुसार जीवित व्यक्तिबारे झूठो विवरण दिएको भन्दै सामाजिक विकास मन्त्रीले अस्पतालमा फोन गरेर तुरुन्त विज्ञप्ति जारी गर्न भनेका थिए । प्रदेश सरकारलाई झूठो विवरण दिने अस्पताल प्रशासनमाथि मन्त्रालयले थप छानविन गर्ने स्रोतले अनलाइनखबरलाई बतायो ।

    सामाजिक विकास मन्त्रालयका एक अधिकारीले भने, ‘पोजेटिभ रिपोर्ट आएपछि सोमबारदेखि भेन्टिलेटरमा चिकित्सकले हेरेकै रहेछन् । हेर्दै नहेरी मृत्यु भयो भनेर परिवारलाई समेत खबर गरेछन् । आज हेर्न जाँदा पो बिरामी जीवितै रहेको पाइएछ ।’कोरोना संक्रमण पुष्टि भएपछि उपचार र हेरचाह नपाएका ती बिरामीको स्थिति गम्भीर रहेको अस्पताल प्रशासनले स्वीकार गरेको छ ।

     

    गुल्मी निवासी बिरामी गत जेठ १ गते अस्पतालमा भर्ना हुन् । उनलाई कोरोना संक्रमण भएको सोमबार पुष्टि भएको हो । सुरुमा आईसीयूमा उपचाररत उनलाई कोरोना पुष्टि भएपछि सोमबारदेखि भेन्टिलेटरमा सारिएको छ ।उनी गुल्मी मदाने–६ का स्थानीय शिक्षक हुन् । क्रिमसन अस्पतालमा भर्ना हुनुभन्दा एक हप्ता पहिल्यैदेखि उनमा ज्वरो देखिएको थियो ।

    सुरुमा उनले स्थानीय मदाने पोलिक्लिनिकमा जाँच गराए । त्यहाँ उनलाई टाइफाइडको औषधि दिइएको थियो । औषधि खाएपछि उनलाई दुईदिन जति सञ्चो पनि भएको पारिवारिक स्रोतको भनाइ छ ।तर, जेठ १ गते वान्ता भएपछि उनी फेरि क्लिनिकमा पुगे । यसपटक स्वास्थ्यकर्मीले जण्डिस भएको बताए । लगत्तै स्थानीय व्यक्तिले मोटर साइकलमा राखेर अर्घाखाँचीको सन्धीखर्कस्थित छायाँ पोलि क्लिनिकमा पुर्‍याए ।

    त्यहाँका स्वास्थ्यकर्मीले बिरामीको अवस्था जटिल रहेको भन्दै मणिग्रामको क्रिमसन अस्पतालमा रिफर गरे ।बुटवलबाट गएको एम्बुलेन्समा राखेर उनलाई क्रिमसन अस्पतालमा ल्याइयो ।अस्पतालमा उपचाररत रहेकै बेला कोरोनाको आशंकामा उनको पीसीआर विधिबाट स्वाब जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको छ । अहिले उनको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले स्पष्ट पारेको छ ।

    {पुनश्च :यसअघि हामीले पनि विश्वसनीय स्रोतको माध्यमबाट प्राप्त भएको जानकारीको आधारमा निजको मृत्यु भएको खवर प्रकाशित गरेको र उक्त तथ्य गलत भएको हुँदा क्षमायाचना गर्दे अब यस प्रकारका गल्ति नदोहोर्याउने प्रतिवद्धता जनाउँद छौं । सम्पादक}

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑