• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / मुख्य समाचार

    मास्क र पीपीई माग गर्ने भारतीय डाक्टरलाई किन लगियो मेन्टल हस्पिटल ?

  • वीरगंज संजाल
  • ७ जेष्ठ २०७७, बुधबार १५:००
  • ३७२९

    नयाँदिल्ली | आन्द्र प्रदेशको विशाखापट्टनमस्थित एक चिकित्सक सरकारको आलोचना गरेपछि कुटपिटसँगै प्रहरीको नियन्त्रणमा बस्नु परेको छ । डा. के सुधाकरले हालै कोभिड १९ का बिरामीको उपचारको क्रममा पीपीई अभाव भएको भन्दै सरकारको आलोचना गरेपछि उनलाई अस्पतालबाट हटाइनुका साथै प्रहरीले नियन्त्रणमा लिएको छ ।

    शरीरको माथिल्लो भागमा कपडाविना देखिएका डा. के सुधाकरमाथि प्रहरीले कुटपिट गरेको भिडिओ समेत सामाजिक सञ्जालमा भाइरल छ । यसलाई लिएर विपक्षी दलका नेताहरुले सरकारको कडा आलोचना गरेका छन् । डा. के सुधारकर विशाखापट्टनम जिल्लाको नरसीपटनम क्षेत्रीय सरकारी अस्पतालमा ‘एनेस्थियोलोजिस्ट’को रुपमा कार्यरत थिए ।

    पछिल्लो महिना उनीमाथि अनुशासनको कारवाही गरी निलम्वन गरिएको छ । उनले पीपीई, एन ९५ मास्क र किट्स अभाव भएको भन्दै सरकारको आलोचना गर्न थालेपछि उनलाई कामबाट निश्कासन गरिएको थियो ।

    डा. सुधारकरको हात पिठ्युँमा बाँधिएको अवस्थामा उनीमाथि कुटपिट भइरहेको र समातेर उनलाई अटो रिक्सामा राखेर प्रहरी स्टेशनमा लगिएको दृश्य भाइरल बनेको भिडिओमा देखिन्छ । यस घटनालाई लिएर विपक्षी दलहरुले सरकारले एक चिकित्सकसँग बदला लिइरहेको भन्दै घटनाको विरोध गरेका छन् ।

    यस घटनालाई लिएर विपक्षी दल टीपीडीको महिला शाखाकी नेता बंगलापुडी अनिताले आन्द्र प्रदेशको उच्च अदालतमा पत्र मार्फत नै मुद्दा समेत दायर गरेकी थिइन् । अदालतले यस मुद्दाको सुनुवाई २० तारिखमा गर्ने जनाएको थियो । विशाखापट्टनमको प्रहरीले भने चिकित्सकलाई मदिरा सेवन गरेको र उनको मानसिक अवस्था बिग्रिएको भन्दै मानसिक अस्पताल पठाइदिएको छ ।

    प्रहरीका अनुसार उनी अर्धचेत अवस्थामा मदिरा पिएर सडकमा आएको र तथानाम बोलेको अवस्थामा आफूहरुले मानसिक अस्पतालमा पठाइएको हो । चिकित्सकको सल्लाह अनुसार नै अफूहरुले उनलाई ‘मेन्टल केयर हस्पिटल’ पठाएको प्रहरीको भनाइ छ ।

    तर पछिल्लो समय यस घटनाले राजनीतिक रंग लिइसकेको छ । विपक्षी दल तेलुगुदेसम पार्टीले चिकित्सकसँग बदला लिएको भन्दै यो घटना अमानवीय र गैरकानुनी भन्दै उनको रिहाइको लागि माग गर्दैआएको छ । चिकित्सकको समर्थनमा शान्तिपूर्ण विरोध प्रदर्शनको पनि आयोजना विपक्षी दलले गरेको छ । सरकारी मानसिक अस्पतालका चिकित्सकहरुले भने उनलाई १५ दिन स्वास्थ्य निगानीमा राखिनुपर्ने बताएका छन् ।

    के थियो विवाद ?

    सुधाकर नरसीपट्टनम क्षेत्रीय अस्पतालमा एनेस्थियोलोजिस्टको रुपमा कार्यरत थिए । २ अप्रिलमा जहाँ तीन कोरोना संक्रमणका केस आए । त्यसबेला प्रहरी अधिकारी र स्थानीय नेताहरु समेतको अस्पतालका चिकित्सकहरुसँग बैठक बस्यो कि, कोरोना बिरामीको उपचार कसरी गर्ने भन्ने बारे । डा. सुधाकरले भने बैठकमा पीपीई, एन ९५ मास्क र किट्सको अभावमा उपचार सम्भव नभएको भन्दै सरकारको कडा आलोचना गरे । यस्तो अवस्थामा अधिकारीहरुले उनलाई त्यहाँबाट हटाइदिए ।

    डा. सुधाकरले निरन्तर सरकारमाथि आलोचना गरिरहे । उनले सरकारको आलोचना गरेको गरेको भिडिओ पनि भाइरल बनेको थियो । आन्द्र प्रदेश सरकारले यससँगै उनलाई निलम्वन गरिदियो । चिकित्सकले पछि फेरि मुख्यमन्त्रीसँग माफी माग्दै आफ्नो निलम्वन खारेज गर्न आग्रह गरेको भिडिओ सार्वजनिक भयो । जब कि, सरकारले उनको पक्षमा केही निर्णय गरेको छैन ।

    यसबीचमा चिकित्सकले आफ्नो पैसा चोरिनुका साथै धम्की आएको समेत बताएका छन् । फोन र पैसा चोरी गरी आफूमाथि कुटपिट भएको र धम्की आएको उनको भनाइ छ । प्रहरीले हिरासतमा लिनुअघि उनले मिडियामा यस्तो प्रतिक्रिया दिएका थिए ।

    हाल चिकित्सकलाई मानसिक उपचारका लागि भन्दै मेन्टल हस्पिटलमा राखिएको छ । चिकित्सकका परिवारले भने उनी मानसिक बिरामी नभएको बरु घरमा पठाइदिन आग्रह गरेका छन् । चिकित्सककी आमा कावेरीले सरकारमाथि प्रश्न उठाएकै कारण आफ्नो छोरो हिरासतमा पुगेको भन्दै उनको रिहाइको लागि माग गरेकी छन् ।

    -बीबीसी हिन्दी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑