विरगंज | विश्व व्यापी महामारीका रूपमा फैलिएकाे काेराेनाभाइरसका कारण जारी लामो बन्दा-बन्दिले प्रभावित अति बिपन्न परिवारहरुलाई युवा नेता, समाजिक अभियन्ता ओमप्रकाश सरार्फले निरन्तर राहत बितरण गर्दैछन् ।
बुधबार पत्रकार अनिल साहको रोहवरमा दुई दर्जन अति बिपन्न परिवार तथा डेरा गरि बस्ने मजदुर परिवारलाई प्रती परिवार आठ किलो चावल ,दाल,लगायतका राहत समाग्री बितरण गरिएको छ।निजि ब्यस्थापनमा उक्त सहयोग गरिएको हो।बिगत ६५ दिन देखि घर दैलो गर्दै मासक साबुत बितरण,जन चेतनामूलक कार्यक्रम तथा
सहयोगापेक्षिलाई राहत बितरण गर्दै आएको नेता सरार्फको टिममा स्वयंसेवकको रुपमा युवा अभियन्ताहरु किसु सरार्फ,संजय पटेल,रन्जित पटेल ,बिबेक श्रीवास्तव लगायतले सहयोग गर्दै आएका छन।अहिले सम्म सात हजार मास्क,साबुन, र विभिन्न संस्थाको सहयोग र निजि ब्यवस्थापनमा करिब चार सय परिवारलाई राहत बितरण गरि सकेको अभियन्ता किसु सरार्फले बताए।