• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    ‘संक्रमित व्यक्ति ३० वैशाखमा रामेछापबाट काठमाडौं आएका थिए’

  • वीरगंज संजाल
  • ७ जेष्ठ २०७७, बुधबार १०:२७
  • २४०५

    काठमाडौं | कोरोना पोजिटिभ देखिएका रामेछापका एक पुरुष वैशाख ३० गते काठमाडौं आएको खुलेको छ। खाँडादेवी गाउँपालिका – १ राकाथुमका २३ वर्षीय युवकलाई कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए। उनका अनुसार काठमाडौंको एक होटलमा काम गर्ने युवक लकडाउन भएसँगै चैत्र ११ गतेदेखि नै रामेछाप आएर बसेको र राकाथुमबाट वैशाख ३० गते काठमाडौं फर्किएका हुन्।

    संक्रमित व्यक्तिका आफन्त काठमाडौंमा तरकारी, खाद्यान्न लगायतका सामान ढुवानी गर्ने भएकाले उनी पनि विभिन्न स्थानमा सँगै हिँडेपछि घरबेटीले कोरोना परीक्षणपश्चात मात्रै कोठामा आउन आग्रह गरेकाले उनी टेकुमा चेकजाँच गर्न गएका थिए। स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा परीक्षण गर्दा मंगलबार पोजिटिभ देखिएको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबार नयाँ संक्रमित २७ जनामध्ये रामेछापका  एक जनामा कोरोना भाइरस पोजिटिभ भएको उल्लेख गरेसँगै उनको यात्रा विवरण (ट्राभल हिस्ट्री) खोजिएको थियो। व्यक्ति ठेगाना पहिचान भएसँगै मंगलबार रातिनै चिकित्सकको टोली राकाथुम पुगेर १५ जनाको स्वाब संकलन गरी जाँचको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइसकिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख कर्णले अन्‍नपूर्ण पोस्ट अनलाइनलाई जानकारी दिए।

    उनले भने, ‘केन्द्रबाट कोरोना पोजिटिभ देखिएको व्यक्ति र स्थान पहिचान हुन साथ राति नै तीन जना चिकित्सकको टोलीले १५ जनाको स्वाब संकलन गरेर पठाएका छौं।’ कर्णका अनुसार आज साँझ वा भोली बिहानसम्म कोरोना रिपोर्ट आएपश्चात कसरी बढ्ने भन्ने थप योजना बन्‍ने छ। संक्रमित व्यक्तिको टेकु अस्पतालमा उपचार भइरहेको उनले बताए।

    गएरातिबाट नै संक्रमित व्यक्ति बसेको टोलमा जनपथ प्रहरी खटाएर सुरक्षा सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्। संक्रमित व्यक्ति पास लिएर गएको वा नगएको कसरी काठमाडौं पुगे भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको बताइन्। शर्माले भनिन्, ‘ हामीले हेर्दैछौ, मोटरसाइकलमा गएको हो या गाडीमा गएको हो। उक्त क्षेत्र अलि खुला छ, त्यो भएकाले पछिल्लो समय मान्छेको बाक्लो रुपमा आउ-जाउ भएको जानकारी आएपछि केहि समय अगाडि नै सशस्त्र प्रहरीको चेक पोस्ट राखिएको छ।’

    बाहिरी जिल्लाबाट लुकिछिपी मानिसहरु प्रवेश गर्ने क्रम नरोकिएपछि रामेछाप भित्रने सीमा नाकाहरुमा सशस्त्र प्रहरी खटाइएको थियो। शर्माका अनुसार खाँडादेवी गाउँपालिका छिर्ने नाकाहरुमा बैशाख २८ गतेबाट नै सशस्त्र प्रहरी खटाइएको हो।मन्त्रालयले विवरण सार्वजनिक गर्दा संक्रमित व्यक्तिको स्थायी र अस्थायी दुवै ठेगाना नबताउँदा व्यक्ति पहिचान नहुँदा जिल्लामा त्रास उत्पन्न भएको थियो। यो सँगै रामेछाप स्थायी ठेगाना हुने २ जनामा कोरोना संक्रमण देखिएको छ।

    यस अगाडि रामेछाप स्थायी घर भएका २७ वर्षीय सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। सशस्त्र प्रहरीको नीलबाराही गणमा कार्यरत रहेका उनी कार्यालय समयमा मात्रै गणमा जाने र अरु बेला चाँगुनारायण नगरपालिका- १ दुवाकोटमा बनाएको घरमा बस्ने गर्दै आएका थिए। सरस्वती खेल वरपर, पसलमा किनमेल गर्न भने जाने गरेका थिए तर उपत्यका बाहिर कहीँकतै गएको उनको यात्रा विवरण (ट्राभल हिस्ट्री) नरहेको बताइएको छ। उनको पनि उपचार भइरहेको छ।

    सशस्त्र प्रहरीका जवान संक्रमित भएको चाँगुनारायण नपा १ सरस्वतीखेलमा सोमबार चाँगुनारायण नपाको पहलमा स्थानीय एकसय १९ जनाको कोरोना परीक्षण गरिएको थियो। द्रूत परीक्षण विधि (आरडीटी) गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको चाँगुनारायण नपा १ का वडा अध्यक्ष राजेश खड्काले जानकारी दिए।anpurnapost

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑