• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    ८ सय बढी भारतीय मजदुरहरु सिमानामै अलपत्र

  • वीरगंज संजाल
  • ६ जेष्ठ २०७७, मंगलवार २३:००
  • २८६९

    मलंगवा | सर्लाहीका विभिन्न इट्टाभट्टामा कामगर्ने करिब ८ सय भारतीय मजदुर नेपाल भारत सीमा क्षेत्रमा अलपत्र परेका छन् ।भारतीय सुरक्षाकर्मीले भारत प्रवेश गर्न नदिएपछि उनीहरु सीमा क्षेत्रमा बिहानदेखि अलपत्र परेका हुन् । काम गर्ने उद्योगहरुमा काम बन्द भएपछि उनीहरु घर जानका लागि बिहानै मलंगवास्थित नेपाल भारत सीमा नजिकै आइपुगेका हुन् ।

    बिहान हवाहुरीसँगै आएको पानीमा भिजेका उनीहरु सीमा क्षेत्र नजिकै बसेका छन् । उद्योगमा काम पनि बन्द भएको र काम गरे वापत पाएको पैसा पनि सकिएकाले आफुहरु घर जान बाध्य भएको उनीहरु बताउँछन् ।सीमा क्षेत्रमा आएकामध्ये भारतका बिहार, पश्चिम बंगाल र उत्तर प्रदेशका रहेका छन् । कोरोनाको संक्रमणका कारण सरकारले लकडाउन घोषणा गरेपछि दुई महिनादेखि उद्योगहरु बन्द भएको भारतको उत्तरप्रदेशका मजदुर असलम खानले जानकारी दिएका छन् ।

    ‘उद्योग बन्द भएपछि कामधन्दा पनि बन्द छ । कमाएको पैसा पनि २ महिनामा खाएर सकियो ।  अब के खाने ? कसरी बस्ने भन्ने चिन्ताले सताउन थालेपछि बाध्य छौँ,’ खानले भने । ठूलो संख्यामा महिला र बालबालिका पनि छन् । उत्तरप्रदेश सीतापुर जिल्लाकी लक्ष्मी देवीले ३ वर्षको छोरा लिएर काम गर्नका लागि हरिवन नगरपालिकाका इट्टा भट्टामा काम गर्न आएको बताएकी छन् ।

    तर, काम बन्द भएपछि आफुहरुको दैनिकी कष्टकर बनेको उनको गुनासो छ । ‘कमाएको पैसा पनि सकियो । काम नगरेपछि मालिकले पैसा दिने कुरा हुँदैन । एउटै उद्योगमा ३÷४ सय मजदुर छन् । सबैलाई सधैं मालिकले नै कसरी खुवाउन सक्छ ?’ कमाएको पैसा र मालिकले पनि खुवाउन छोडेपछि ३ वर्षीय छोरा र श्रीमान सहित घर जान मलंगवा स्थित सीमा नजिकै पुगेकी लक्ष्मीले भनिन् ।

    मलंगवास्थित सीमा क्षेत्रबाट भारतीय सुरक्षाकर्मीले जान नदिएपछि उनीहरुलाई पर्साको वीरगंज हुँदै भारत पठाउने तयारी भइरहेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति तथा इट्टा उद्योग व्यवसायी संघ सर्लाहीका अध्यक्ष मेथुर चौधरीले जानकारी दिए ।

    वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास मार्फत उनीहरुलाई भारत पठाउने तयारी भएको बताइएको छ । हरेक दिन २ सयका दरले उनीहरुलाई भारत पठाउने गरिएको पनि बताइएको छ । सर्लाहीमा ९० वटा इट्टा भट्टा छन् । जसमा करिब ८ सयदेखि १० हजारसम्म भारतीय मजदुर छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑