• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    कोरोनाले मुलुकै सखाप पार्न सक्ने विज्ञको चेतावनी, सरकारको काम देखेर गगन थापा लज्जित

  • वीरगंज संजाल
  • ६ जेष्ठ २०७७, मंगलवार ०९:०६
  • २६४७

    काठमाडौँ | नेपालमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्न थालेपछि आम नागरिकहरुमा त्रास बढ्दै गएको छ । लकडाउन जारी रहेका बेला समेत कोरोना भाइरसको फैलावट रोकिन नसक्दा महामारीको खतरा बढ्न थालेपछि नागरिकहरुमा त्रास छाएको हो । हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ भने ३५७ जनामा संक्रमण फैलिएको सरकारले औपचारिक जानकारी दिएको छ ।

    सरकारले भारतबाट स्वदेश फर्केकाहरुको परीक्षणमा ध्यान नदिँदा संक्रमणले खतरनाक रुप धारण गर्न थालेको विज्ञहरुले बताएका छन् । डा. समिरमणि दीक्षितले भारतबाट फर्केकाहरुलाई सीमा नाकामा नाम ठेनागा मात्रै टिपेर घर पठाईपछि अहिले कोरोना सक्रमणले भयावह रुप लिन थालेको बताउनुभयो । उहाँले कोरोनाले नेपालमा महामारीको रुप धारण गरे मुलुक सखापै हुने चेतावनी दिनुभयो । स्वास्थ्यका हिसाबले अति सम्पन्न मुलुकहरु पनि कोरोना सामू हायल कायल भएको उल्लेख गर्दै उहाँले नेपालमा महामारी फैलिए अवस्था निकै नै दयनीय हुनेतर्फ सरकार सचेत रहनुपर्ने बताउनुभयो ।

    सरकारले कुनै हालतमा पनि कोरोना संक्रमणलाई महामारीको रुप धारण गर्न नदिने तर्फ ध्यान दिनुपर्ने डा. दीक्षितको सुझाव छ । त्यसका लागि सीमा नाकाहरु पूर्ण रुपमा बन्द गर्नुपर्ने, लकडाउनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने र परीक्षणको दायरा भयानक रुपमा बढाउनुपर्ने उहाँको सुझाव छ । डा. दीक्षितले देशव्यापी रुपमा परीक्षणको दायरा बढाउन सरकारलाई आग्रह गर्नुभयो ।

    यता घरभित्रै थुनिएका आम नागरिकहरु कोरोना त्रासले छटपटाउन थालेका बेला सरकारले कोरोना संक्रमण रोकथामका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारको आलोचना गरेको छ । कांग्रेस सासद गगन थापाले कोरोना रोकथामका लागि तत्काल र दृघकालका लागि गर्नुपर्ने कामहरुमा सरकार नराम्रोसँग चुकेको आरोप लगाउनुभयो । उहाँले सीमामा अलपत्र परेका नागरिकको साबधानीपूर्वक उद्धार गर्न नसक्ने सरकारले लुटिएका भूमि फिर्ता ल्याने रटान लगाइरहेको टिप्पणी गर्नुभयो । थापाले कोरोना संकटको यो बेला सरकारको नीति तथा कार्यक्रमले आफूलाई लज्जित पारेको बताउनुभयो ।

    तर सत्तापक्ष भने कोरोना भाइरसको रोमथाममा सरकारबाट भएको कमजोरी स्वीकार्न कुनै हालतमा तयार छैन । सांसद तथा सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेलले नीति तथा कार्यक्रम कोभिड–१९ ले सिर्जना गरेको चुनौतीमा अल्झिएर बस्ने नभई त्यसलाई सुझबुझ, साहस र वस्तुनिष्ठ योजनाका साथ सामना गर्ने, आर्थिक, सामाजिक जीवनलाई गतिशील बनाउने, विकास, समृद्धि र सामाजिक न्याय हासिल गर्ने र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने संकल्पका साथ प्रस्तुत भएको जिकिर गर्नुभयो ।

    सरकारले सुरुमा नेपालमा कोरोना भाइरस भित्रिनै नदिने दाबी ग¥यो । कोरोना नभएको देश भनेर पर्यटक तान्ने भन्दै लज्जापद घोाषणा पनि ग¥यो । संक्रमण भित्रिएपछि स्थानीय संक्रमण फैलन नदिने घोषणा पनि ग¥यो । स्थानीय संक्रमण पनि भएपछि समुदाय स्तरमा फैलिन नदिएको दाबी सरकारले गरिरह्यो । जब समुदायस्तरमा पनि संक्रमण फैलियो सरकारले कुनै पनि व्यक्तिको कोरोनाका कारण ज्यान गुम्न नदिएको भन्दै डम्फु बजाइरह्यो । तर लकडाउन घोषणालाई मात्रै कोरोना रोकथामको प्रभावकारी कदम ठानेको सरकारले कोरोना संक्रमण मुलुकभर भुसको आगोझैँ फैलिसकेको तथ्य बुझ्न सकिरहेको छैन । हाललाई मुलुकमा दुईजनाको मात्रै मृत्यु भएका छ यो सामान्य हो भन्ने ठानियो भने स्थिति युरोप र अमेरिकाको जस्तै बन्न समय लाग्ने छैन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑