• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘कोरोनाका कारण एसियाकै सबैभन्दा गम्भीर आर्थिक क्षति नेपालमा’

  • वीरगंज संजाल
  • ६ जेष्ठ २०७७, मंगलवार ०८:५२
  • ४१३३

    काठमाडौं | कोरोना भाइरसका कारण एसियाली मुलुकहरूमध्ये सबैभन्दा गम्भीर आर्थिक क्षति नेपालमा हुने प्रक्षेपण एसियाली विकास बैंक (एडिबी)ले गरेको छ । कोरोनाका कारण नेपालको कुल गार्हस्थ्य उत्पादनको १३ दशमलव ६ प्रतिशत (अर्थात् ४ खर्ब ५० अर्ब २४ करोड रुपैयाँ) बराबरको आर्थिक क्षति हुने अनुमान एडिबीको छ । कोरोना महामारीको प्रभाव ६ महिनासम्म रहँदा यो स्तरको क्षति हुनेछ । कुल गार्हस्थ्य उत्पादनको अनुपातमा नेपालमा हुने आर्थिक क्षति एसियाली मुलुकमध्ये सबैभन्दा बढी हो ।

    अन्य दक्षिण एसियाली मुलुकहरू भारतमा जिडिपीको ६ प्रतिशत, बंगलादेशमा ६ दशमलव ६ प्रतिशत, पाकिस्तानमा ५ दशमलव १ प्रतिशत र श्रीलंकामा ६ प्रतिशतसम्म कोरोनाका कारण क्षति हुने अनुमान एडिबीको छ ।एसियाली मुलुकमध्ये नेपालपछि सबैभन्दा गम्भीर आर्थिक क्षति दक्षिण कोरियामा ११ दशमलव ७ प्रतिशत र चीनमा ११ दशमलव २ प्रतिशत हुने अनुमान एडिबीको छ । तर, कोरोनाको रोकथाम ३ महिनामै भयो र सरकारहरूले ठोस नीतिगत पहल गरे क्षति कम हुन सक्ने पनि एडिबीको अनुमान छ ।

    कोरोना सुरु भएको तीन महिनाभित्रै रोकथाम भएको अवस्थामा नेपालमा क्षति जिडिपीको ७ दशमलव ९ प्रतिशत अर्थात् २ खर्ब ५४ अर्ब रुपैयाँ हुने अनुमान एडिबीको छ । तर, नेपालमा कोरोनाको तीव्र विस्तार हालै मात्रै भएको र लकडाउनकै अवधि तेस्रो महिना सुरु हुन लागेकाले तीन महिनामा प्रभाव रोकथामको सम्भावना छैन ।

    कोरोनाका कारण नेपालको अर्थतन्त्रको १३ दशमलव ६ प्रतिशत अर्थात् साढे ४ खर्ब क्षति हुने एडिबीको प्रक्षेपण, कोरोनाको उद्गमस्थल चीनमा जिडिपीको ११ र भारतमा ६ प्रतिशत मात्रै क्षति

    चैतमा सुरु भएको लकडाउनपछि नेपालमा कोरोनाको असर सुरु भएको मान्दा यसको असर अर्को आर्थिक वर्षसम्म पनि जारी हुनेछ । त्यसो हुँदा त्यसको सम्पूर्ण असर यही आर्थिक वर्षको आर्थिक वृद्धिमा प्रतिबिम्बित हुने भने छैन, आगामी आर्थिक वर्षमा पनि यसको प्रभाव देखिनेछ । एसियाली विकास बैैंंकले यसअघि नेपालको अर्थतन्त्रको ४ दशमलव ८७ प्रतिशत अर्थात् करिब १ खर्ब ८० अर्ब क्षति हुन सक्ने आकलन गरेको थियो । डेढ महिनाअघि गत ३ अप्रिलमा गरेको अनुमानलाई संशोधन गर्दै एडिबीले नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ, जुन निकै डरलाग्दो देखिन्छ ।

    कोरोनाको महामारी नभएको भए कुल गार्हस्थ्य उत्पादन कति हुन्थ्यो र कोरोनाका कारण कति गुम्छ भन्ने अनुमानका आधारमा एडिबीले यो तथ्यांक सार्वजनिक गरेको हो ।कोरोनाको संक्रमण नभएको भए चालू आर्थिक वर्षमा ६ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि हुने केन्द्रीय तथ्यांक विभाग, अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) लगायतले प्रक्षेपण गरेका थिए । कोरोनाको प्रभावका कारण यस आवमा नेपालमा १ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण आइएमएफले गरिसकेको छ । केन्द्रीय तथ्यांक विभागले हालै आर्थिक वृद्धिदर २ दशमलव २८ प्रतिशत हुने प्रक्षेपण गरेको थियो ।

    लकडाउन वैशाखसम्म मात्रै कायम रहने र जेठबाट आर्थिक गतिविधि सामान्य बन्दै जाने परिस्थितिमा सो प्रक्षेपण गरिएको थियो । तर, लकडाउन नै २० जेठसम्म थपिएको तथा कोरोना संक्रमितको संख्या बढ्दै गएको अवस्थामा आर्थिक गतिविधि यो आर्थिक वर्षभरि नै सामान्य नहुन सक्छ । यस्तो अवस्थामा आर्थिक वृद्धि अझै कम हुने विभागकै भनाइ छ ।

    कोरोनाका कारण विश्व अर्थतन्त्रमा १० हजार ५ सय ६० खर्ब रुपैयाँ क्षति

    एडिबीको सोही प्रतिवेदनले कोरोनाका कारण विश्व अर्थतन्त्रमा ८८ खर्ब अमेरिकी डलर अर्थात् १० हजार ५ सय ५० खर्ब नेपाली रुपैयाँबराबर क्षति हुने प्रक्षेपण पनि एडिबीले गरेको छ । कोरोना संक्रमण रोकथाम हुन ६ महिना लाग्यो भने विश्व अर्थतन्त्रको ९ दशमलव ७ प्रतिशत क्षति हुने प्रक्षेपण एडिबीले गरेको हो ।

    ३ महिनामै कोरोना रोकथाम भयो भने आर्थिक क्षति विश्वको कुल गार्हस्थ्य उत्पादनको ६ दशमलव ४ प्रतिशत अर्थात् ५८ खर्ब अमेरिकी डलर हुने अनुमान पनि एडिबीको छ । यसअघि गत ३ अप्रिलमा एडिबीले विश्व अर्थतन्त्रमा अधिकतम ४१ खर्ब डलरको क्षति हुने अनुमान गरेको थियो । त्यसको डेढ महिनापछि नै उसले विश्वमा आर्थिक क्षति पहिले अनुमान गरेभन्दा दोब्बरभन्दा बढी हुने प्रक्षेपण गरेको छ ।तर, जनतालाई जीवनयापन गर्न राहतस्वरूप सरकारले केही रकम दिनेलगायत नीतिगत काम गर्न सक्यो भने क्षतिलाई ३० देखि ४० प्रतिशत कम गर्न सकिने पनि एडिबीको भनाइ छ । नयाँ पत्रिका दैनिकमा जनार्दन बरालले लेखेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑