वीरगंज |स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कर्णालीमा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । अहिलेको विवरण अनुसार कोभिड-१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ३७५ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान; भेरी अस्पताल, नेपालगंज, कोशी अस्पताल, बिराटनगरमा गरिएको
परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या अठार (१८) छ । जो धनुषा निवासी २ जना पुरुषहरू; खोटाङ, हलेसी निवासी १ जना पुरुष; बाँके, नरैनापुर निवासी १२ जना पुरुषहरू; दैलेख, आठबिस-१ निवासी १ जना पुरुष;
सुनसरी निवासी १ जना पुरुष; झापा निवासी १ जना पुरुष हुनुहुन्छ । हाल सम्म प्राप्त विवरण अनुसार उहाँहरूको स्वास्थ्य अवस्था सामान्य छ र उहाँहरू स्वास्थ्यकर्मीको सम्पर्कमा हुनुहुन्छ ।
कर्णाली प्रदेशको दैलेखमा संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । यससँगै खोटाङ, सुसनरी, बाँकेमा गरी १८ जना नयाँ संक्रमित भेटिएको सोमबार राति विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
दैलेखका संक्रमित कर्णाली प्रदेशकै पहिलो संक्रमित हुन् । यससँगै देशभर कोरोना संक्रमितको संख्या ३ सय ७५ पुगेको छ ।