• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सा प्रहरी स्थानियमाथि आक्रमक, दुध लिन गएका बृद्धको खुट्टा भाँच्यो

  • वीरगंज संजाल
  • ५ जेष्ठ २०७७, सोमबार २२:३२
  • ४५०३

    वीरगन्ज |  लकडाउन प्रभावकारी बनाउँने नाममा पर्सा प्रहरी स्थानियमाथि दिनप्रतिदिन आक्रमक बन्दै गएको छ ।स्थानिय प्रशासनले जिल्लामा कोरोना संक्रमणको संख्या हवात बढेपछि गत बैशाख ३० गतेदेखि जेष्ठ ५ गते राती १२ बजेसम्म जिल्लाभरी निषेधाज्ञा समेत जारी गर्यो ।

    लकडाउनलाई प्रभावकारी बनाउँनको लागि निषेधाज्ञा जारी संगै नेपाली सेना पनि सडकमा उतारियो । सेनाले यहाँको गल्ली गल्लीमा समेत गस्ती गर्न थालेपछि थालेपछि हदैसम्म लकडाउँनको प्रभाव देखियो । तर निरन्तर बन्दले गर्दा स्थानियमा अतिआवश्यक खाद्यान्न लगायतको बस्तु अभाव हुनु स्वाभाविक हो ।

    सेना आफनो जनता प्रति जति कठोर बनेर त्यति पर्सा प्रहरी लकडाउँनको बहानामा स्थानियमाथि आक्रमक नै बन्दै गयो । व्यवस्थापनको नाममा आफनो गल्ती धाकछोप गर्न दैनिक उपभोग्य वस्तु किनमेन गर्न घर बाहिर निस्कदा नियन्त्रणमा लिई निर्घात कुटपिट गर्ने समेत काम गरेका छन ।

    स्थानिय प्रशासनले निषेधाज्ञामा अतिआवश्यक खरीद गर्नमा रोक भने लगाएको छैन् । दैनिक उपभोग्य, बच्चा लाई दुध, खाद्यान्न लगायत अतिआवश्यक बस्तु खरीद गर्नमा कुनै रोक लगाएको छैन । तर स्थानिय प्रहरीले घरबाट दैनिक उपभोग्य बस्तु खरीद गर्न निस्कना साथ नियन्त्रणमा लिई निर्घात कुटपिट गर्ने गरेका छन ।

    आईतबार नेपाल दुरसंचार कम्पनीका सेवानिवृत्त कर्मचारी हाल बसपार्कमा होटल व्यवसाय गर्दै आएका ६७ बर्षिय नागेन्द्र पटेल स्थानिय प्रहरीको चपेटामा परेर खुट्टा नै घुमाउँनु परेका छ । लकडाउँनबाट प्रभावित वीरगन्ज १६ निवासी पटेल आफनो २ जना नातिनिको लागि बसपार्क स्थित पसलमा दूध लिन जाँदा प्रहरीले नियन्त्रणमा लिई निर्घात कुटपिट गरेका छन । जसले गर्दा उनको दाहिने खुट्टा नै भाँचिएको छ ।

    नयाँ बसपार्कबाट नेसनल मेडिकल कलेज जाने मोडमा पसलमा दुध लिन पुगेपछि बसपार्कमा खटेका प्रहरी सहायक निरिक्षक लालबाबु साहले उनलाई कहाँबाट आएको ? कहाँ जान लागेको ? भन्दै केरकार गर्दै जहाँबाट आएको उतै फर्किन आदेश दिए । उनि घर फर्कने पछाडि मुडे तर प्रहरी सहायक निरिक्षक साहको नियत ठिन थिएन ।

    पछाडि फर्किने बित्तिकै प्रहरी सहायक निरिक्षक साहले उनको दाहिने खुट्टामा अन्धाधुन लठ्ठी हान्न थाल्यो र पटेल त्यही ढले । पहिलेदेखि चिनजानका व्यक्तिले उनलाई देखेपछि उद्दार गरेर आफै बोकेर घर पु¥याए । हिँडडुल गर्न नसकेपछि छोरा गुन्जनले बिहान करिब ८ बजे उपचारका लागि उनलाई नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल लगे ।

    एक्स–रे मा खुट्टाको हड्डी भाँचिएको पाइयो । चिकित्सकले उनको खुट्टामा प्लास्टर गरिदिएका छन् । ‘३ महिनासम्म प्लास्टर राख्न चिकित्सकले भनेका छन’ पटेल भन्छन्, ‘घुँडाभन्दा मुनि हड्डी क्र्याक भएको छ ।’

    बच्चाका लागि दूध लिन गएका वृद्ध बुबालाई किन हिर्काएको भनेर छोरा गुन्जन पटेलले अस्थाई प्रहरी चौकी बसपार्कका प्रहरी ईन्चार्जलाई सोधेका थिए । ‘हामीले हैन, प्रहरीको टाइगर टोलीले हिर्काएको जवाफ दिए,’ गुन्जनले भने, ‘साह थर एक असईले पिटेको स्थानीयले देखेको बताएका छन् ।’

    ८ वर्ष अगाडि नेपाल दुरसञ्चार कम्पनीबाट सेवानिवृत्त भएका नगेन्द्रले प्रहरीको आदेश मानेर घर फर्किदा पनि किन पछाडिबाट लठ्ठी हानिएको भनेर आक्रोस पोखेका छन । प्रहरी संग म कुनै वादविवाद नै गरेन, नत कुनै कुरा नै भयो, उल्टै प्रहरीको आदेश मानेर दूध नलिई फर्किरहेकै थिएँ, उनले भने, तैपनि पछाडिबाट आएर हिर्काए । हामी त आफैं लकडाउनमा निस्किनौं । बच्चालाई दूध लिन गएको खुट्टै भाँचिदिए ।

    अस्थाई प्रहरी चौकी बसपार्कका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) विजय शाहीले हालसम्म पीडित आफूकहाँ नआएको बताए । हाम्रो टोलीले कुटेको छैन, बसपार्कमा इलाका प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरीको टोली पनि आउँछन्न’ उनले भने, ‘घटनाको यर्थाथ बुझ्दै छु, प्रहरीलाई बदनाम गर्न अनर्गल प्रचार गरेको पनि हुनसक्छन् ।’

    नेपाल प्रहरी आफू लाई ‘प्रहरी मेरो साथी’ को नारा दिएर आफ्नो छवि राम्रो देखाउँन खोजे तापनि व्यवहारिक रुपमा यस्तो देखिएको पाईदैन । वीरगन्जको बसपार्कमा मात्र होईन लकडाउँनको पालना गराउँने नाममा प्रहरीले स्थानियमाथि दमन नै गरेको आरोप लाग्दै आएको छ ।

    यसअघि पनि चिकित्कस, औषधी व्यवसायी, पत्रकार, स्थानिय खुद्रा किनारा तथा तरकारी व्यवसायी माथि दुव्र्यवहार गरेका कारण पर्सा प्रहरीको चौतर्फी आलोचना हुदै आएको छ । चिकित्सकहरुले त प्रहरीले आफनो व्यवहारमा सुधार नल्याए पेशा छाडेर सडक आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका थिए ।

    प्रहरीको रवैया प्रति जनआक्रोश बढ्दै गएको छ । दोषी प्रहरीलाई तुरुन्त कारवाही गर्न माँग समेत उठ्न थालेको छ । काँग्रेस निकट नेपाल विद्यार्थी संघका पर्साका अध्यक्ष विकास तिवारीले घटनामा संलग्न प्रहरी सहायक निरिक्षक साहलाई कडा कारवाही नगरी हामी प्रहरी विरुद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन ।

    तिवारीले आफनो फेसबुक वालमा पिडित पटेलको फोटो सार्वजनिक गर्दै लेखेका छन, घरबाट दुध किन्न निस्केका होटेल व्यवसायी पटेललाई बसपार्कमा कार्यरत असई लालबाबु साहले कुनै कारण नै सोधपुछ नगरी गाली गलौच गर्दै निर्मम तरिकाले निर्घात कुटपिट गरी खुट्टा भाँचेको र फरार भएकोप्रति नेपाल विद्यार्थी संघ पर्साको गम्भिर ध्यानकर्षण भएको छ ।

    पिडितलाई उचित न्याय तथा घटनामा संलग्न दोषी प्रहरीलाई कारवाही नगरे त्यस प्रहरी विरुद्ध आन्दोलनमा उत्रिने समेत जानकारी गराउँछौ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑