• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    बंगालको खाडीमा शक्तिशाली चक्रवात, पूर्वी नेपालमा हुरी, बतास र वर्षा हुने

  • वीरगंज संजाल
  • ५ जेष्ठ २०७७, सोमबार १५:५१
  • ७८०१

    काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवातले मंगलबारबाट नेपालको पूर्वी भूभाग प्रभावित हुने भएको छ । ‘अम्पुन’ नाम दिइएको यो चक्रवातको प्रभावले पूर्वी नेपालमा हुरी बताससहित वर्षा हुने मौसमविदको भनाइ छ ।

    मौसमविद प्रतिभा मानन्धरले अनलाइनखबरसँग भनिन्, ‘यसले असर गर्ने पूर्वी नेपालमा मात्रै हो । मध्य नेपालको छेउँमा अलिकति छुन्छ होला, तर पश्चिममा यसको असर पर्दैन ।’

    उनले थपिन्, ‘धेरैजसो बंगालको खाडीमा बन्ने चक्रवातले नेपालमा खासै असर पार्दैन,असर परिहाल्यो भने पनि पूर्वी नेपालमा मात्र पार्छ ।’

    चक्रवातका कारण मंगलबारबाट विस्तारै पानी पर्न सुरु हुने र यसको प्रभाव दुई–तीन दिनसम्म नेपालमा देखिने मौसम विज्ञान विभागको अनुमान छ । विभागले पूर्वसूचना जारी गर्दै भनेको छ, ‘उक्त चक्रवात अझ शक्तिशाली हुने क्रममा मंगलबारबाट पूर्वी नेपालको मौसममा बदली हुन सक्ने तथा त्यसपछिको २–३ दिनसम्म देशैभरि बदली भई केही स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र एक–दुई स्थानमा भारी हिमपात समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन हुन अनुरोध छ ।’

    चक्रवातले जमिनमा छोइसकेपछि काम गर्न छोड्छ । जबसम्म अम्पुनले जमिन छुँदैन, तबसम्म वर्षाको सम्भावना हुने मौसमविदहरु बताउँछन् । ‘अम्पुनले पनि ग्राउन्ड ल्याण्ड गरिसकेपछि विस्तारै प्रभाव हट्छ,’ मौसमविद मानन्धरले भनिन् ।

    हाल अम्पुन भारतको ओडिसा हुँदै १३ किलोमिटर प्रतिघण्टाको दरले उत्तरतर्फ सरिरहेको छ । १९ मेसम्म यसको वेग १८० किलोमिटर प्रतिघण्टासम्म पुग्ने अनुमान छ ।

    भारतमा यसले पुर्याउन सक्ने क्षति रोक्नका लागि पश्चिम बंगालमा ७ र ओडिसामा १० वटा विशेष टोली परिचालन गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यसबारे छलफल गर्न गृहमन्त्रीसहितको विशेष बैठक आह्वान गरेका छन् ।

    भारतीय मौसम विज्ञान विभागका महानिर्देशक डाक्टर एम महापात्राले यस चक्रवातले २० मेमा भारतको तटीय क्षेत्रलाई छुने र भयंकर वर्षा हुने चेतावनी दिएका छन् । उनका अनुसार यो अम्पुन चक्रवातका कारण ओडिसा, पश्चिम बंगाल, आसाम र मेघालयमा हुरी बताससँगै भारी वर्षा हुने छ । भारतका अन्य स्थानमा भने यसको असर नपर्ने बताइएको छ

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑