• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    खेती गर्न नपाएका किसान भन्छन् : अब भोकमरी पनि आउँछ

  • वीरगंज संजाल
  • ५ जेष्ठ २०७७, सोमबार १५:३८
  • ४७१९

    वीरगन्ज | कोरोनाको महामारी रोकथामका लागि पर्सामा लगाइएको लकडाउन र निषेधाज्ञाले सबैभन्दा बढी  किसानहरु मारमा परेका छन् । कारण, वर्षे खेती धान बालीका लागि ब्याडमा बीउ हाल्ने समय बित्न लाग्दासमेत किसान खेतमा पुग्न पाइरहेका छैनन् । धान खेती गर्न नपाउँदा खेत बाँझै रहने र यसले कोरोनाको महामारीसँगै अब भोकमरीको संकट पनि आउने भन्दै किसानहरु चिन्तित् भएका छन् ।

    सरकारले लकडाउन र निषेधाज्ञाको अवधीमा किसानलाई कृषि कर्ममा अवरोध नगर्ने भनेको छ । तर पर्सामा सुरक्षाकर्मीले लकडाउन र निषेधाज्ञामा किसानलाई कृषि कर्ममासमेत बन्देज लगाएका छन् ।खेतमा जान सुरक्षाकर्मीले बन्देज लगाएकाले समयमै ब्याडमा धानको बीउ नराखे खेत बाँझै रहने र यसले भोकमरीको संकट निम्तिने किसानहरुको भनाइ छ ।

    पर्सा जगरनाथपुर गाउँपालिका ६ का किसान धर्मेन्द्र चौबे भन्छन्, ‘ब्याडमा बीउ हाल्ने समय गुज्रिरहेको छ तर अहिलेसम्म खेत जोत्न पनि पाइएको छैन, दुई चार दिनमा बीउ राखिएन भने यसपाली धान रोपाइ हुन सक्दैन। खेत बाँझै रहन्छ ।’
    धान बालीका लागि ब्याडमा बीउ राख्नु पहिले खेत जोत्नु पर्ने भएकाले ट्याक्टर लिएर खेतमा जाँदा सुरक्षाकर्मीले दुर्व्यवहार गरेर फिर्ता पठाइ दिने गरेको गुनासो किसानको छ । लकडाउन र निषेधाज्ञामा पसल र बजार बन्द रहेकाले धानको बीउ पनि सहज रुपमा नपाइएको किसानको दुखेसो छ ।

    ‘एक त बीउ पनि पाइएको छैन, छरछिमेकमा पैंचो मागेर जोरजाम गरेका छौं,’ जगरनाथपुर २ का किसान सुरेन्द्र रामले भने, ‘खेत जोत्न घरबाट निस्किंदा प्रहरीले कुटपिट गरेर धपाइदिन्छ, टयाक्टरलाई १५ सय जरीवाना काटिदिन्छन्। डरले किसान खेत जानै छाडेका छन् ।’

    विश्रामपुरका किसान विजय यादवको दुखेसो पनि उस्तै छ । ‘ब्याड जोत्न टयाक्टर र पानी पटाउन पम्पीसेटमा डिजल चाहिन्छ, डिजेल लिन जाँदा प्रहरीको कुटाइ खानु परेको छ’, उनले थपे, ‘खेत नै जोत्न पाइएन भने ब्याडमा बीउ कसरी राख्ने, बीउ नै भएन भने रोपाइ कसरी हुन्छ ? कोरोनाको महामारीले मार्ला नमार्ला तर यसपालि भोकमरीले किसान मर्ने पक्का छ ।’

    कृषि ज्ञान केन्द्र पर्साका बाली विकास अधिकृत सुरेश चौरसीयाका अनुसार वर्षे बाली धान खेतीका लागि रोपाइ गर्नुभन्दा पहिले कम्तीमा २ देखि ३ पटक खेत जोत्नु पर्छ । त्योसँगै बीउ राख्ने ब्याडको खेत पनि जोत्नु पर्छ ।

    ‘अगहनी र सारो धानका लागि सामान्यतया जेठ पहिलो हप्ता भित्रैमा ब्याडमा बीउ राखी सक्नुपर्छ’, चौरसिया भन्छन्, ‘यदि समयमै बीउ राखिएन भने रोपाइ हुन सक्दैन ।’ कृषि वैज्ञानिक विपी यादवले पनि अहिले प्रि  मनसुन सकृय रहेका कारण माटोमा चिसोपन पनि रहेकाले ब्याडमा बीउ राख्ने उपयुक्त समय भएको बताए ।

    ‘यदि अहिले समयमै बीउ राखिएन भने पछि किसानले चाहेर पनि रोप्न बीउ पाउँदैनन्’ , यादवले भने, ‘यदि किसानले धान खेती गर्न पाएनन् भने कोरोनाको भन्दा पहिले भोकमरीको महामारीमा आउने निश्चित छ । ‘ कृषि ज्ञान केन्द्र पर्साका अनुसार , पर्सा जिल्लामा ४६ हजार ५ सय हेक्टर जग्गामा धानको खेती हुने गरेको छ ।

    कृषक हकहित संघर्ष समिति पर्साका अध्यक्ष शहरुम राउत गद्धीले लकडाउनमा कृषि कार्यका लागि किसानलाई सहज बनाइदिन स्थानीय प्रशासनलाई पटक पटक आग्रह गर्दा पनि सुरक्षाकर्मीबाट अवरोध भइरहेको बताए । ‘हामीले १ महिना पहिले सिडिओलाई ज्ञापन पत्र पनि बुझाएका थियौँ’ , उनले भने, ‘त्यसपछि पनि मौखिक रुपमा पटक पटक आग्रह गर्दै आएका छौँ तर कुनै टेर पुच्छर लगाएका छैनन् ।’

    पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले निषेधाज्ञामा केही कडाइ गरिएको भए पनि कृषि कर्ममा किसानलाई अवरोध नगरिएको बताइन् । लकडाउनको पालना गर्दै अनुशासित ढंगले कृषि कर्म गर्न सुरक्षाकर्मीले कुनै अवोध नगर्ने भन्दै उनले भनिन् ,‘संक्रमण बढ्दो क्रममा छ, किसानले पनि यसलाई ख्याल राख्नुपर्छ , अनुशासित किसिमले खेतीपाती गर्ने किसानलाई कुनै अवरोध हुँदैन ।’ क्रान्ति शाह



    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑