• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    तयारीभन्दा बढी भित्रिए

  • वीरगंज संजाल
  • ५ जेष्ठ २०७७, सोमबार ०९:२९
  • ३०६३

    राजविराज | कोरोना संक्रमण रोकथामका लागि सीमानाका बन्द भएका बेला भारतबाट प्रवेश गर्ने क्रम ह्वात्तै बढेको छ। भारतले रेल सेवा सुरु गरेसँगै नेपालीहरू दक्षिण सीमाबाट चोरबाटो हुँदै नेपाल भित्रिने क्रम बढेको तर व्यवस्थापनको तयारी नभएको स्थानीयले बताएका छन्। सप्तरीको बेल्ही, रामनगर, काचन, देउरी, तरही, भुतही, औरही, झुटकी, बननिया, छिन्नमस्ता, लालापट्टी, तिलाठी, रामपुरा मल्हनिया, हनुमाननगर, भारदह र कोसी नदीबाटै पनि प्रवेश गर्ने सयौं चोरबाटो भएकाले रोक्न सक्ने अवस्था छैन।

    सीमाक्षेत्रमा आइपुगेका सयौं नेपाली विभिन्न नाकाबाट अनाधिकृत रूपमा प्रवेश गरिरहेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए। यादवकाअनुसार प्रवेश गरेका व्यक्तिलाई तिलाठी कोइलाडी, हनुमाननगर, छिन्नमस्ता, बलान-बिहुलस्थित क्वारेन्टाइनमा राखेर सम्बन्धित स्थानीय तहमा पठाउने गरिएको छ। बलान-बिहुल गाउँपालिका ४ स्थित राष्ट्रिय आधारभूत विद्यालयमा भारतबाट आएकालाई राखेको भन्दै विरोधमा उत्रिएका स्थानीयमाथि सशस्त्र प्रहरीले लाठीचार्ज गरेको वडा सदस्य भागवत साहले बताए।

    भारतबाट आउने नेपाली बढेसँगै चार दिनको अवधिमा ३ सय २४ जना थपिएर क्वारेन्टाइनमा बस्नेको संख्या ४५९ पुगेको छ। जसमा ४९ महिला छन्। केही व्यक्ति क्वारेन्टाइनमा बसे पनि अधिकांश घरमा लुकिछिपी बस्ने गरेका छन्। फाटफुट आउने गरेकोमा पछिल्लो चार दिनयता ठूलो संख्यामा नेपालीहरू आएको जनाउँदै जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत आनन्द ठाकुरले घरमा लुकेर बसेकालाई क्वारेन्टाइनमा ल्याउने काम भइरहेको बताए।

    भारतीय सीमाको लौकाहा, महादेवा, करियौत, अन्ध्रामण्ठ, भरफोडी, नेउर, राजपुर, डंगमारा, कुनौली, कमलपुर हुँदै सप्तरीको दक्षिण सीमामा सयौंको संख्यामा नेपालीहरू थुप्रिएका छन्। सशस्त्र प्रहरी बलले ५४ स्थानमा पोस्टहरू खडा गरी नियमित पैदल गस्ती गरिरहेको छ। दिनभरी सशस्त्र प्रहरीले रोके पनि राति नेपाल भित्रिने क्रम बढेपछि महामारीको सन्त्रास पनि बढेको छिन्नमस्ता गाउँपालिका-३ का वडाध्यक्ष दीपेन्द्र यादवले बताए। यादवले भने, ‘पहिले फाटफुट आउनेलाई रोक्न सकिन्थ्यो, अहिले ठूलो संख्यामा रोन मुस्किल भएको छ।’

    स्थानीय तहले आवश्यक क्वारेन्टाइनको व्यवस्थापन नगर्दै ठूलो संख्यामा नेपाली मजदुर र विद्यार्थी भित्रिएपछि स्थानीय तहलाई पनि राख्नु कि छाडनु भएको छ। ‘सरकारको निर्देशनअनुरुप क्वारेन्टाइन संख्या र शड्ढया क्षमता अधिकतम बृद्धि गर्न स्थानीय तहलाई भनिएको छ,’ प्रशासकिय अधिकृत ठाकुरले भने, ‘स्थानीय तहलाई मौखिक भन्दै आएकोमा वैशाख १५ गतेदेखि लिखित रूपमा नै विदेशबाट आउनेको संख्या र क्वारेन्टाइन बढाउन भनेका छौं।’

    हाल सप्तरीमा ८ सय ६५ शड्ढयाको ३५ वटा क्वारेन्टाइन छन्। तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिश सिंहकाअनुसार गाउँपालिकाका लागि मात्र एक हजार बढी शड्ढयाको क्वारेन्टाइन आवश्यक छ। दुई सय अटाउने शिविर बनाउन लागेको जानकारी दिँदै अध्यक्ष सिंहले चाहिने समान नपाइएकोले समस्या भएको बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑