• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / अर्थतन्त्र

    स्वदेश फर्किन चाहने र विदेशमा अलपत्र नेपालीलाई वर्गीकरण गरेर ल्याउनू : संसदीय समिति

  • वीरगंज संजाल
  • ४ जेष्ठ २०७७, आईतवार १९:४४
  • ३१६५

    काठमाडौँ | संसदीय समितिले कोरोना भाइरस (कोभिड- १९)का कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश ल्याउनका लागि योजना तयार पार्न सरकारलाई निर्देशन दिएको छ । त्यसका लागि विभिन्न मुलुकमा रहेका नेपालीलाई वर्गीकरण गर्नुका साथै स्वदेशमा ल्याएर क्वारेन्टाइनमा राखेर घर पठाउनेसम्मका योजना तयार पार्न समितिले भनेको हो । 

    अन्तर्राष्ट्रिय उडान खुलेलगत्तै विभिन्न मुलुकबाट लाखौं नेपालीको तत्काल उद्दार गर्नुपर्ने अवस्था आएको भन्दै प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकले विभिन्न मुलुकलाई जोखिमका आधारमा वर्गीकरण गरेर नेपाली नागरिकको उद्दार गर्न सरकारलाई निर्देशन दिएको हो । स्थलमार्ग भएर भारतबाट आउने नेपाली नागरिकहरूको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य शिविर खोलेर परीक्षण गरी घर पठाउने व्यवस्था गर्न पनि संसदीय समितिले निर्देशन दिएको छ ।

    ‘प्रवासमा रहेका स्वदेश फर्किन चाहने र फर्काउनु पर्ने नेपालीहरूका सम्बन्धमा नेपाल सरकारको स्पष्ट नीति हुनु आवश्यक छ,’ सरकारलाई समितिले दिएको निर्देशनमा भनिएको छ, ‘कोरोना संक्रमणको अवस्था, नेपालीहरू रहेका विभिन्न देशहरू तथा त्यहाँ रहेका नेपालीहरूको वर्गीकरण गर्ने । यस्तो वर्गीकरणको आधारमा स्वदेश फर्किन चाहने नेपालीहरूलाई निश्चित समय तोक्नुका साथै कार्यतालिका बनाई कार्यान्वयन गर्ने ।’ विदेशबाट त्यसरी फर्काइने नेपालीलाई प्रदेश, जिल्ला र पालिकास्तरमा स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने र क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न समितिले सरकारलाई भनेको हो । ‘संक्रमणका दृष्टिले देशहरू र क्रमशः सहररूको वर्गीकरण निलो, रातो, पहेँलो गरी ल्याउनुपर्नेहरूको वर्गीकरण गर्ने,’ समितिले सरकारलाई सुझाव दिएको छ ।

    विदेशमा खर्च नभएर अलपत्र परेकाहरूलाई कोरोना संक्रमण रोकथामको प्रयोजनका लागि स्थापित कोषबाट रकम उपलब्ध गराउन र उनीहरूलाई स्वदेश ल्याउनका लागि नेपाल वायुसेवा निगमको जवहाज प्रयोग गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ । कोरोनाबाट प्रभावितहरूको विवरण संकलन गर्नका लागि कूटनीतिक नियोगहरूलाई निर्देशन दिन परराष्ट्र मन्त्रालयलाई समितिले भनेको छ । सम्बन्धित मुकुलकका सरकारहरूसँग उद्दार गर्ने अवस्था नआउन्जेलसम्म नेपालीहरूको स्वास्थ्य परीक्षण लगायतको सुविधा उपलब्ध गराउन पत्राचार गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको हो ।

    विदेशमा अलपत्र आफ्ना नागरिकलाई उद्दार गर्ने योजना ल्याउन सरकार असफल भएको सांसदहरूले बताएका थिए । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भारतबाट स्वदेश आउन चाहेका र अन्य मुलुकमा रहेका नेपालीबारे सरकारले कस्तो योजना कार्यान्वयन गरिरहेको छ भन्नेबारे सरकारबाट जानकारी लिनुपर्ने बताएका थिए । भारतसँग खुला सीमा भएकाले नेपाल आउने नागरिकका कारण कोरोना भाइरसको दृष्टिले समस्या रहेको उनको भनाइ थियो ।

    कांग्रेस सांसद प्रकाशमान सिंहले कोरोना भाइरसको प्रभाव नियन्त्रणका लागि स्थानीय सरकारलाई अधिकार र बजेट उपलब्ध गराउनुपर्ने धारणा राखे । कोरोना कोषबाट स्थानीय तहहरूलाई रकम उपलब्ध गराउनुपर्ने उनको सुझाव थियो । विदेशमा रहेका नेपालीलाई संचार माध्यममा रुँदै याचना गरेको तर्फ सरकारको ध्यान नगएको बताए ।

    सांसद भीम रावलले विदेशबाट नागरिकलाई कसरी उद्दार गर्न सकिन्छ भन्ने उपाय सुझाएका थिए । सरकारले उद्दारको नीति तय गर्ने, जोखिमका आधारमा वर्गीकरण गर्ने, स्वास्थ्य परीक्षण र क्वारेन्टाइनलगायतका आधारमा उनीहरूको वर्गीकरण गर्नुपर्ने उनको सुझाव थियो ।

    सरकारका संयन्त्रहरूले विदेशमा अलपत्र नागरिकका गुनासोप्रति गम्भीरता नदेखाएकाले उनीहरूले गुनासो राख्ने ठाउँसमेत नभएको रावलको भनाइ थिय । विदेशबाट उनीहरूको उद्दार नगरेमा मुलुकको छवि अन्तर्राष्ट्रिय स्तरमा खस्किने उनको भनाइ थियो ।

    विदेशमा रहेका नेपालीलाई त्यहाँ नै बस्न भन्न नसकिने सांसद पुष्पा भुसालको भनाइ थियो । ‘चुनाव लड्दैगर्दा विदेशमा भएका मतदातालाई ल्याउनको लागि हामीले अभिलेखहरू राख्ने, आउनलाई पत्र पठाउने, भारतमा रहेका लाखौं हाम्रा मतदातालाई हरेक पार्टीले मत दिनको लागि, हामी माननीय हुनको लागि, भोट हाल्नको लागि पत्र पठाउन मिल्ने,’ उनले प्रश्न गरिन्, ‘अहिले विदेशमा अलपत्र नेपालीले, भारतमा रहेका नेपालीले ‘हामी हाम्रो देश फर्किन चाहन्छौं, हामीलाई जीवन रक्षा गर्नुपर्यो, हामीलाई सुरक्षाको अनुभुति दिनुपर्यो’ भन्दै गर्दा सरकारले के हेरेर बसेको छ ?’

    खाडी मुलुकमा रोजगारीको क्रममा गएका नेपालीले स्वदेश फर्किन पाउँ भन्दै याचना गरिरहेको कुराप्रति सरकारको ध्यानाकर्षण नभएको भुसालको भनाइ थियो । ‘कुवेतबाट महिलाहरूले गरेको चित्कार सरकारले सुनेको छ कि छैन ?,’ उनले भनिन् । उनले विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याएर स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा राख्न सुझाव दिइन् ।

    विदेशमा गएका नेपालीले पठाएको रेमिट्यान्सबाट मुलुक चल्न हुने तर उनीहरूलाई आपत् पर्दा स्वदेश ल्याउन नमिल्ने काम गर्न नहुने सांसद दिव्यमणि राजभण्डारीको भनाइ थियो ।

    विदेशबाट स्वदेश आउने नेपालीको संख्या दिनदिनै बढ्दै गइरहेको छ । केही दिन पहिले सरकारले करिब ६ लाख नेपालीको उद्दार गर्नुपर्ने तथ्यांक संसदीय समितिमा राखेको थियो । त्यसमध्ये झन्डै साढे २ लाखको तत्काल उद्दार गर्नुपर्ने परराष्ट्र मन्त्रालयले जनाएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बुढेसकालको यौन
  • चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प
  • उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम
  • गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बुढेसकालको यौन

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम

    गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    ७.१ प्रतिशतले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह

    बुढेसकालको यौन

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बुढेसकालको यौन

    News

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    News

    उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम

    News

    गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ

    News

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑