• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    संक्रमितसँगै मुम्बईबाट एउटै ट्रकमा ६० जना

  • वीरगंज संजाल
  • ४ जेष्ठ २०७७, आईतवार १९:४१
  • ३६७९

    रौतहट | जिल्लाको राजपुर नगरपालिकामा आइतबार ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू सबै जना भारतको मुम्बईबाट ट्रकमा पाँच दिन लगाएर वैशाख ३१ गते सीमाक्षेत्र आइपुगेका हुन् ।

    राजपुर नगरपालिकाको क्वारेन्टाइनमा रहेका २२ वर्षीय संक्रमितले आफूले ट्रकलाई ४ हजार भारु भाडा तिरेको सुनाए । रोजगारीका लागि दुई महिनाअघि मुम्बई पुगेका उनी त्यहाँ कपडामा बुट्टा भर्ने काम गर्थे ।

    ‘लकडाउनले गर्दा ट्रकमा महँगो भाडा तिरेर आउनुपर्‍यो, बाटोमा कुनै पसल खुलेका थिएनन्,’ उनले कान्तिपुरलाई टेलिफोनमा भने, ‘भोकभोकै आउनुपर्‍यो ।’

    भारतबाट आएका उनीसहित २७ जना वैशाख ३१ देखि राजपुरको बैरियास्थित क्वारेन्टाइनमा बसेका छन् । तीमध्ये सात जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

    संक्रमित युवकका अनुसार वैशाख २६ गते मुम्बईबाट ६० जनाले समूह बनाई नेपाल फर्कने निधो गरे । यसका लागि उनीहरूले झन्डै २ लाख ४० हजार भारु ट्रकधनीलाई बुझाए । सर्त थियो– नेपालको सीमाक्षेत्रसम्मै पुर्‍याइदिने ।

    त्यहाँबाट हिँडेपछि उनीहरू कतै बास बसेनन् । ट्रक रातदिन चलिरह्यो । कसैले झिमिक्क पनि गरेनन् । खाँदाखाँद गरेर आएकाले सुरक्षाकर्मीले फेला पारे त्यहीँ अड्किनुपर्ने चिन्ता थियो सबैलाई । तर बाटोमा कतै सुरक्षा जाँच भएन । वैशाख ३० गते उनीहरू भारतकै मोतीहारी पुगे । त्यहाँ रोकेर थर्मल गनले सबैको ज्वरो नापियो । ‘म निकै डराएको थिएँ,’ युवकले भने, ‘कोरोनाको लक्षण नभए पनि केही देखिने हो कि भन्ने लाग्यो ।’

    त्यहाँबाट साँझपख हिँडेका उनीहरू भोलिपल्ट सीमाभन्दा केही वर पुगे । ट्रकचालक त्यहाँभन्दा यता आउन मानेनन् । सबै जना त्यहीँ झरे । ठूलो संख्यामा आएको देखेर भारतीय सीमा सुरक्षा बल एसएसबीले रोकेर सोधपुछ गर्‍यो । उनीहरूले आफूहरू भोकभोकै रहेको सुनाए । एसएसबीले उनीहरूलाई बिस्कुट खान दियो अनि त्यहाँबाट नेपालतिरै पठाइदियो ।

    जिल्लाका विभिन्न गाउँका उनीहरू आफूलाई अनुकूल पर्ने नाकाबाट छिर्दै थिए । त्यही क्रममा केही पक्राउ परे । लुकेर खेतैखेत गाउँनजिक पुगेका केहीले घरमा फोन लगाउन थाले । तर, परिवारले नआउन र क्वारेन्टाइनमा बस्न भनेपछि उनीहरूले प्रहरीलाई खबर गरे ।

    ‘हामीले नै प्रहरीलाई यसरी आएका छौं, अब के गर्दा ठिक होला भनेर सोधेका हौं,’ ती युवकले भने, ‘प्रहरीले क्वारेन्टाइनमा ल्याएर राखेको हो ।’ तर, क्वारेन्टाइनको बसाइ पीडादायी रहेको उनले सुनाए । कोरोनाका कारणभन्दा खान नपाएरै मरिने हो कि भन्ने चिन्ता रहेको बताउँछन् । ‘यहाँ न खानको ठेगान छ न बस्नको । औषधि–उपचार पनि छैन । रातभरि लामखुट्टेले टोकेर सुत्न दिँदैन,’ उनले भने ।

    प्रमुख जिल्ला अधिकारी वासुदेब घिमिरले राजपुर क्वारेन्टाइनको अवस्थाबारे बुझ्ने बताए । ‘क्वारेन्टाइनमा बसाइ र औषधि–उपचारको सुविधाबारे म बुझ्छु,’ उनले भने, ‘यस्तो समस्या छ भने तत्काल समाधान गर्न भन्छु ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज बुधबारको राशिफल
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑