काठमाडौं | देशभर अहिलेसम्म ९५ हजार ९ सय २९ जनामा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ। पीसीआरविधिमार्फत २८ हजार १ सय ६० जनाको र र्यापिट डाइगोनोष्टिक टेष्ट (आरडिटी) मार्फत६७ हजार ७ सय ६९ जना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ४ सय ८९ जनाको नमूना परीक्षण भएका छन्।
कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या दुई पुगेको छ। कुल संक्रमित २ सय ९२ मध्ये हालसम्म ३६ जना डिस्जार्च भएका छन्। अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।
काठमाडौं उपत्यकामा ३५ र बाहिर ३ सय ११ गरी कुल ३ सय ४६ जना अस्पतालको आईसोलेसनमा छन्। मन्त्रालयका अनुसार १८ हजार ३ सय ५७ जनालाई क्वारेन्टाइनमा राखिएको छ।