• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हामी चाउचाउ खाएर कोरोनासँग लड्दैछौं, तपाईं के गर्दै हुनुहुन्छ ?-कोरोना संक्रमित पत्रकार

  • वीरगंज संजाल
  • ४ जेष्ठ २०७७, आईतवार ०९:४७
  • ५७०७

    माननीय स्वास्थ्यमन्त्रीज्यू,

    नमस्कार !

    म वीरगञ्जका कोरोना संक्रमित दुई पत्रकारमध्येको एक हुँ । अर्का पत्रकारलाई तपाईं व्यक्तिगत रुपमा चिन्नुहुन्छ । उहाँ मन्त्रीज्यूको फोन आयो भनेर मसँग खुसी हुँदै हुनुहुन्थ्यो ।

    म भने खुसी हुन सकेको छैन । मलाई आत्मबल बलियो बनाएर मात्र कोरोना भाइरसलाई जित्न सकिँदैन भन्ने लाग्न थालेको छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन संक्रमितलाई पौष्टिक खाना, सरसफाइ, उपचारलगायतका मापदण्डबारे तपाईंलाई बताइरहनु पर्दैन । किनकी तपाईंको हातमा स्रोतसाधन र वरपर विज्ञ सल्लाहकार रहेका छन् ।

    हामी अस्पताल आएको शुक्रबार ६ दिन भयो । संक्रमितको रुपमा अस्पतालमा बसाई‌‌को अनुभव तपाईंलाई सुनाउन यो पत्र लेख्दैछु । बारा र पर्सामा आइतबार दुई पत्रकारसहित ३९ जनामा कोरोना संक्रमण देखिएछ । अरू बेलामा संक्रमितलाई लिन जाँदा काउन्सिलिङ गर्ने स्वास्थ्यकर्मीसमेत हुने गरेकामा हामी दुई पत्रकारलाई एम्बुलेन्स चालक र सुरक्षाकर्मीले अस्पताल ल्याए ।

    नारायणी अस्पतालको प्रसूति वार्डमा तयार पारिएको आइसोलेसनलाई नगन्हाउनेसम्म बनाइएको रहेनछ । पहिला १२ वटा बेड रहेको कोठामा अहिले आठ बेड राखिएको रहेछ । दुईवटा बेडका लागि एउटा पंखा छ । कोठाको एक छेउमा सामूहिक धारा छ ।

    आइसोलेसन वार्ड बनाइएको प्रसूतिका तीन कोठामा २३ जना संक्रमित राखिएको छ । २३ जनाका लागि दुईवटा शौचालय छ, एउटामा ढोका छैन । प्यानको कुरा गरिसाध्य छैन, भुइँ र भित्ता काईले छोपिएको छ । सफा भन्न नमिल्ने बाथरुम पनि सामूहिक नै छ । यसलाई दैनिक एकपटक सफा गरिदिने व्यवस्था मिलाउन सकिन्छ कि ?

    अब कुरा गरौं, खानेकुराको । पहिलो रात दाल–भात, तरकारी खाएर सुत्यौं । बिहान खाजामा दूध, अण्डा र पाउरोटी आयो । म अण्डा खान्न । खाना ११ बजे आयो, दिउँसोको खाजामा चाउचाउ मिल्यो ।

    अर्को बिहानको खाजामा बिस्कुट र दुई–दुईवटा अण्डा थियो । अण्डा नखानेका लागि एउटा टाइगर बिस्कुट । दिउँसोको खाना ढिलै आयो । भोकले रन्थनिन थालेपछि केही साथी कराउन थाले, सुनिदिने कोही थिएनन् । मान्छे त्यसै झ्याल फोडेर भाग्ने अवस्था आएको हैन नि मन्त्रीज्यू !

    चौथो दिन बिहान पनि मेरो लागि खाजा गतिलो भएन–अण्डा नखाने भएपछि उही एउटा टाइगर बिस्कुटले गुजारा गर्नु पर्‍यो । मैले मेरो बालक छोरालाई नै बिहान दुईटा यो टाइगर बिस्कुट दिने गरेको थिएँ । अहिले उसको बाउले एउटा टाइगर खाएर कोरोना भाइरससँग लड्नु परेको छ । पिरो खाँदै नखाने मान्छे, भयंकर पिरो खानुपर्ने बाध्यतामा छु ।

    अस्पतालले सकेको खुवाएको छ । यसमा सरकारी सहयोग बढाउनुपर्ने देखियो, मन्त्रीज्यू ।

    हामीले तातो पानीका लागि पनि ठूलै कसरत गर्नु पर्छ । कोरोना पोजेटिभ हुँदा सबै शुभचिन्तकले तातोपानी खान सल्लाह दिएका थिए । तर, आइसोलेसन वार्डमा आउँदा चिसो पानीको समेत व्यवस्था थिएन । पहिलो रातको कुरा लेखिसकेकाले यहाँ दोहोर्‍याउँदिन ।

    बिहान तातोपानीका लागि पहल गर्‍यौं । ९ बजेतिर तातो र चिसो पानी दिने एउटा इलेक्ट्रिक मेसिन आइपुग्यो । त्यो पनि सफा नगरी पठाएछन् । कपडा मगाएर पुस्ने–पखाल्ने काम गरियो । २३ जनालाई एउटा मेसिन र एक जार पानी । एकै छिनमा सकियो । यसबारे जानकारी गराएपछि महानगर प्रमुखले बल्ल बेलुका पानीका जार पठाइदिनुभयो ।

    हामीले पानीका लागि छटपटिँदै त्यो दिउँसो कटाउन परेको थियो । कति साथीले त ढोका नै फोडुँला जस्तो गरे । बाँकीले सम्झाएर राख्यौं । कोरोना संक्रमितका कोठैपिच्छे एक–एक वटा मेसिन र जारको व्यवस्था गर्न सके सहज हुने थियो, मन्त्रीज्यू ।

    कोरोनाविरुद्धको लडाइँमा व्यक्तिगत सरसफाइ महत्वपूर्ण हुने हुँदा आइसोलेसन वार्डहरूको सफाइबारे पनि मन्त्रीज्यूको ध्यानाकर्षण गर्न चाहन्छु । तपाईं पस्न डराउने ट्वाइलेट–वाथरुम हामी प्रयोग गर्दैछौं । तर हामी संक्रमितले सकेसम्म फरक चर्पी प्रयोग गर्नुपर्छ भनिएको छ । तर यहाँ हामी २३ जनाका लागि दुईवटा चर्पी छ । त्यसमध्ये एउटामा त ढोका पनि नभएकाले बिहान पालो पाउन मुस्किल पर्छ ।

    भित्र हामी जसोतसो जब्बर भएर बसेका छौं । तर बाहिर सामाजिक व्यवहार बिग्रेको छ । हामी संक्रमित भएपछि हाम्रा परिवार र साथीहरू समेत दुर्व्यवहारमा पर्न थालेका छन् । छरछिमेकको व्यवहार बदलिएको छ । हाम्रा परिवार चिन्तित छन्, निश्चिन्त गराउने उपाय अपनाइएको छैन ।

    त्यसो त आइसोलेसनमा पनि संक्रमितप्रति ठीक व्यवहार भइरहेको छैन । हाम्रा लागि चिडियाखानाको जस्तो ढोकामा खाजा–खाना ल्याएर छोडिन्छ । फेरि सबै संक्रमित सबै पक्षमा सचेत छन् भन्ने होइन । उनीहरूमध्ये कति डाक्टर, नर्स आएर नभेटेकोमा रुष्ट छन् ।

    डक्टर–नर्स आएर ‘कस्तो छ ?’ भन्दा बिरामीको आधा दुःख दूर हुन्छ । तर, हाम्रो वार्डभित्र जम्मा एक पटक एउटी नर्स औषधि दिन छिरेकी थिइन् । त्यसपछि कुनै स्वास्थ्यकर्मी देखिएका छैनन् ।

    हामी पत्रकारको त कुरा सेयर गर्ने दायरा पनि अलि फराकिलो हुन्छ । विभिन्न व्यक्तिका विविध कुराबाट पनि हामी आफूलाई सम्हाल्छौं । तर, सबै संक्रमित त्यो मानसिक स्थितिमा छैनन् । उनीहरूलाई खोई काउन्सिलिङ ? आइसोलेसनबाट भाग्ने अवस्था त्यसै आएको हैन, मन्त्रीज्यू ।

    संक्रमित भनेको बिरामी हो । बिरामी भागे गोली ठोक्ने निर्णय आधुनिक युगको कुनै पनि सरकारबाट हुनुहुँदैन । उनीहरूलाई सामान्य मानवीय व्यवहार र काउन्सिलिङ गरे काफी हुनेछ मन्त्रीज्यू ।

    आइसोलेसनमा वार्डमा ‘अनुशासनमा बसौं, सभ्य नागरिकको परिचय दिऔं’ लेखिएको छ । यो भनेको के हो ? संक्रमितलाई बुझाउन आवश्यक छ । बुझाउने काइदा पनि सभ्य नै हुनपर्दो हो ।

    सामान्य व्यवहारिक जीवन बिताइरहेका नागरिकहरू आइसोलेसन वार्डमा आएका छन् । यीमध्ये कोही त धेरै दिन क्वारेन्टाइनमा बसेका पनि छन् । कोही काम गर्ने ठाउँबाट पैदल हिँडेर, ट्रक वा कन्टेनरमा कोचिएर फर्केका छन् । उनीहरूको मनोदशा मैले व्यक्त गर्न सक्ने कुरै भएन ।

    हाम्रो स्वास्थ्य तपाईंको हातमा छ । आइसोलेसनभित्र, बाहिर सबैतिरको माहोल सुधार्न तपाईं र तपाईको टिम लाग्नुभएको छ । सफलता वा असफलता मूलतः तपाईंको क्षमताले निर्धारण गर्छ । कहाँ, के गर्नुपर्ने हो तपाईंलाई बताउन विज्ञहरू छन् ।

    केही पूर्वतयारी नभएको बेला कोरोना संक्रमण समुदायस्तरमा फैलिएको छ । अहिलेलाई सबैकुरा तपसिलमा राखेर कोरोना भाइरसको ‘चेन’ भत्काउनु पर्नेछ । त्यसका लागि हामी जनता तयार छौं, मन्त्रीज्यू पो के गर्दै हुनुहुन्छ ?

    सुरेश बिडारी

    नारायणी अस्पताल, आइसोलेसन वार्ड

     स्रोत : अनलाईनखबर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान
  • बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या
  • बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत
  • नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    News

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    News

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    News

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑