अहिलेको को जान्कारी अनुसार सिन्धुपाल्चोक निवासी २९ बर्षीय महिला, बैशाख २३ गते त्रि वि शिक्षण अस्पताल,
महाराजगंजमा भर्ना हुनुभएको थियो र उहाँको २४ गते डेलिभरी भएको; उहाँ अस्पतालबाट
२५ गते डिस्चार्ज भएपछि सिन्धुपाल्चोक घर जानुभएको थियो, उहाँलाई ज्वरो,
श्वासप्रश्चासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराउनुभएको र स्वास्थ्य
अवस्था जटिल बन्दै गएपछि उहाँ धुलिखेल अस्पतालमा थप उपचारका लागि आउँदै गर्दा
मृत्यु भएको छ । यस सम्बन्धमा थप बिस्तृत विबरण लिईएको र कोभिड-१९ संग
सम्बन्धित थप परिक्षण पश्चात् नेपालमा कोभिड-१९ बाट मृत्यु भएको यो पहिलो घटना
भएको पुष्टि भएको छ।
अध्यावधिक विवरणअनुसार कोभिड-१९ का पुष्टि भएकाहरूको जम्मा संख्या २८१ पुगेको
छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टि
भएको संख्या दुई (२) छ । जो धनुषा निवासी २०, ६५ वर्षीय पुरुषहरू हुनुहुन्छ ।
हालसम्म प्राप्त विवरणअनुसार उहाँहरूको स्वास्थ्य अवस्था सामान्य छ र उहाँहरू
स्वास्थ्यकर्मीको सम्पर्कमा हुनुहुन्छ ।
संत
डा. समिरकुमार अधिकारी
सह-प्रवक्ता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
अध्यावधिक मिति २०७७ जेष्ठ ३ गते, बेलुकी ८:५० बजे