उदयपुर | उदयपुरमा एक जना सञ्चारकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै उदयपुरमा संक्रमितको संख्या ३३ पुगेको छ ।
वैशाख ३१ गते जिल्लाका २६ जना सञ्चारकर्मीको गरिएको स्वाब परीक्षणमा त्रियुगा नगरपालिका ११ का एक जना सञ्चारकर्मीको रिपोर्ट पोजेटिभ आएको हो ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा उनलाई पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले आज (शनिबार) पुष्टि गरेका हुन् ।
उनलाई शनिबार बिहान एम्बुलेन्समार्फत कोरोना उपचार केन्द्र कोशी अञ्चल अस्पताल विराटनगर लगिएको छ ।