बीरगन्ज | विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्छ, यो सत्य हो । नेपाललाई विश्वमा चिन्ने र चिनाउने एक माध्यम सगरमाथा पनि हो । विश्वको अग्लो चुचुरो नचिन्ने पनि सायदै होला । तर, गुगलले सार्वजनिक गरेको नयाँ नक्सामा सगरमाथालाई नेपालबाट हटाइएको छ ।
२ मे मा चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आधिकारिक ट्वीटर पेजमा चोमोलोङमाको चुचुरो माथि देखिएको विशेष किसिमको सूर्यको दृश्य भनी तस्वीर राखेको थियो । जसमा विश्वको सर्वोच्च शिखर माउन्ट एभरेष्ट चीनमा पर्छ भनेर भनेको थियो ।
यो ट्वीटपछि चीनको चर्को आलोचना भएको थियो र ट्वीट सच्चाउँदै सगरमाथा चीन र नेपालको सीमा पर्छ भनेको थियो ।
गुगलको नक्सामा सगरमाथा नेपालबाट हट्नुले गम्भीर प्रश्न उब्जाएको छ ।