बीरगन्ज | आज को बिवरण अनुसार कोभिड-१९ का पुष्टी भएकाहरूको जम्मा संख्या २६७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं: वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र भेरी अस्पताल, नेपालगंजमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या नौं (९) छ ।
पर्सा, बिरगंज निवासी ९, १० बर्षीय बालक, २३, ४७ वर्षीय महिला, उदयपुर, त्रियुगा न, पा. नेपाल सरकार जो निवासी २५ वर्षीय पुरुष; दांडको गढवा ४, ५ र तुलसीपुर-७ निवासी २३, ३६, ३४ वर्षीय पुरुषहरू; काठमाडौं, सतुंगल निवासी ७ वर्षीय बालक हुनुहुन्छ ।
हाल सम्म प्राप्त विवरण अनुसार उहाँहरूको स्वास्थ्य अवस्था सामान्य छ र उहाँहरू स्वास्थ्यकर्मीको सम्पर्कमा हनुहुन्छ ।सह-प्रवक्ता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको डा. समिरकुमार अधिकारीले जनाउनु भएको छ।