• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    संक्रमण फैलने डरले स्वास्थ्यकर्मीलाई होटलले खाना खुवाउन मानेन

  • वीरगंज संजाल
  • १ जेष्ठ २०७७, बिहीबार २०:३१
  • ३७८३

    वीरगन्ज | वीरगन्जमा कोरोना संक्रमितहरूको उपचार गर्दै आएका नारायणी अस्पतालका  स्वास्थ्यकर्मीलाई खाना खुवाउँदै आएको होटलले बिहीबा देखि भने खुवाउन बन्द गरेको छ । संक्रमितको उपचारमा खटिने नारायणी अस्पतालका चिकित्सक, नर्ससहितका स्वास्थ्यकर्मीलाई वीरगन्ज महानगरपालिकाले कन्ट्री इन होटलमा चैत २७ गतेदेखि खाना र बासको प्रबन्ध मलिाएको थियो ।

    तर बिहीबार बिहान होटलले अचानक खाना खुवाउन नसक्ने जवाफ स्वास्थ्यकर्मीलाई दिएको छ । बुधबार बेलुकी अस्पतालकी एक नर्समा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यही डरले होटलका कर्मचारीले अस्पतालका स्वास्थ्यकर्मीलाई खाना पकाएर खुवाउन नमानेको बताएका छन् । होटलका सन्चालकले अब स्वास्थ्यकर्मीहरूलाई खाना खुवाउन नसक्ने बताएका छन् ।

    जसका कारण अस्पतालका चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी गरी करिब ३० जनाले बिहीबार बिहानदेखि खाना खान पाएका छैनन् । ‘बिहीबार बिहान नास्ता दिए , त्यसपछि अब हामी खाना खुवाउन सक्दैनौं भनेर होटलका साहुले जवाफ दिए’, अस्पतालका चिकित्सक डाक्टर उदयनारायण सिंहले भने, ‘बिहीबार बिहानदेखि नै सबै स्वास्थ्यकर्मीले खाना खान पाएका छैनन् ।’

    होटलले खाना नदिएपछि महानगरपालिकाले बाहिरबाट मगाएर दिएको खाना खान योग्य नभएको भन्दै स्वास्थ्यकर्मीले उक्त खाना नखाइ फर्काइदिएको पनि डाक्टर सिंहले जानकारी दिए ।अस्पतालकै एक नर्समा कोरोना संक्रमण भेटिएपछि संक्रमण सर्ने डरले होटलका कर्मचारीहरूले खाना पकाउन नमानेको होटल सन्चालकले बताएको डाक्टर निरज सिंहले जानकारी दिए ।

    ‘हामी आफ्नो ज्यान जोखिममा राखेर र बालबच्चा घरमै छाडेर भए पनि १ महिनादेखि संक्रमितको उपचारमा छौँ’ , सिंहले भने, ‘अस्पतालबाट ड्युटी सकाएर घरमा जान नमिल्ने भएकाले होटलमा बस्दै आएका छौँ , अब हामीले कहा गएर के खाने ?’ भोकै पटे काम गर्न नसकिने भन्दै उनले भने, ‘यदि होटलमै खानाको व्यवस्था हुन सक्दैन भने अब हामी पनि सबै जना आ-आफ्नो घर गएर बस्छौँ, संक्रमितको उपचार जसले गर्ने हो उसले गर्छ ।’

    संक्रमण सर्ने डरले स्टाफले खाना पकाउन मनोनन्  

    कन्ट्री इन होटलका सन्चालक हरि पन्तले पनि एक जना नर्समा संक्रमण भेटिएपछि संक्रमण सर्ने डरले होटलका स्टाफले खाना पाकाएर खुवाउन नमानेको स्वीकारे । ‘अस्पतालकै एक नर्स पनि संक्रमित भएको खबर आएपछि स्टाफहरू डराएका छन्, खाना पकाउन मानेका छैनन्’ ,  उनले भने, ‘३०-३५ जनालाई म एक्लैले पकाएर खुवाउन पनि सम्भव छैन ।’

    होटलका स्टाफले खाना पकाउन नमानेपछि आफूले बिहीबार नै महानगरका प्रमुख विजय सरावगीलाई फोन गरेर स्वास्थ्यकर्मीलाई खाना खुवान नसक्ने खबर गरिसकेको पन्तले बताए । ‘महानगरले अस्पतालका स्वास्थ्यकर्मीको टोलीलाई होटलमा खान बस्न राख्ने बेलामा नै मैले होटल मात्र दिन सक्छु ,  तर खाना खुवाउन सक्दिनँ भनेको थिएँ ‘, पन्तले भने, ‘तर नगरप्रमुखले खानाको पनि प्रबन्ध गरिदिन जोडबल गरेपछि १ महिनासम्म जेनेतन खाना खुवाएँ, अब म पनि नसक्ने भएको छु ।’

    वीरगन्ज महानगरका नगरप्रमुख विजय सरावगीले भने होटलले खाना दिन नसक्ने खबर गरेपछि महानगरले अन्तबाट व्यवस्थापन गरेर खाना पठाएको तर स्वास्थ्यकर्मीले फर्काइदिएको बताए । ‘महानगरले भ्याए जति गरेकै हो’ , उनले भने, ‘डाक्टर साबहरूलाई खाना मन परेन, अब उहाँहरूले आफ्नो खानाका लागि आफ्नै हिसाबले व्यवस्थापन गर्नुहुन्छ ।’क्रान्ति शाह

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान
  • गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    News

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑