वीरगंज । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २४६ पुगेको छ । बिहीबार दिउँसोसम्म थप तीनजनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा गत माघ ९ गते पहिलो कोरोना संक्रमित चीनबाट फर्केका पुरुषमा थियो ।
ती पुरुषमा संक्रमण देखिएको दुई महिनामा फ्रान्सबाट आएकी एक युवतीमा संक्रमण देखिएको थियो । पहिला व्यक्तिमा संक्रमण देखिएको एक सय २० दिनपछि आजसम्म २४६ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार हालसम्म ३५ संक्रमित उपचारपछि डिस्चार्ज भइसकेका छन् । पछिल्लो समय भारतबाट आएका अधिकांश नेपालीमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
कहिले कति जनामा कोरोना संक्रमण देखियो – माघ ९ चीनबाट आएका ३२ वर्षका पुरुषमा – चैत १० मा फ्रान्सबाट फर्केकी १९ वर्षीया किशोरी – चैत १२ मा यूएईबाट फर्किएका ३२ वर्षीय पुरुष – चैत १४ मा दिल्लीबाट काठमाडौं आएका ३४ वर्षीय पुरुष – चैत १५ मा बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरी – चैत २० मा बेल्जियमबाट आएकी ६५ वर्षीया महिला – चैत २२ मा भारतबाट आएका तीन पुरुष – चैत ३० गते तीनजना – वैशाख १ मा दुईजना – वैशाख २ मा दुईजना (पेप्सीकोला) – वैशाख ५ मा १४ जना – वैशाख ६ मा एकजना – वैशाख ९ मा ११ जना – वैशाख १० मा तीनजना – वैशाख ११ मा तीनजना – वैशाख १२ मा एकजना – वैशाख १४ मा तीनजना – वैशाख १६ मा दुईजना – वैशाख १७ मा तीनजना – वैशाख १९ मा दुईजना – वैशाख २१ मा १६ जना – वैशाख २३ मा ७ जना – वैशाख २४ मा १७ जना – वैशाख २५ मा दुईजना – वैशाख २६ मा एकजना – वैशाख २७ मा सातजना – वैशाख २८ मा एकजना – वैशाख २९ मा २४ जना – वैशाख ३० मा ८३ जनामा – वैशाख ३१ मा २६ जना – जेठ १ दिउँसोसम्म तीनजनामा संक्रमण देखिएको छ ।