• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    लकडाउन खुल्ने ठेगान छैन, घरलाई नै विद्यालय बनाऔँ

  • वीरगंज संजाल
  • १ जेष्ठ २०७७, बिहीबार ०६:३४
  • ३७१५

    वीरगंज | लामो समयदेखि शैक्षिक संस्था बन्द छन् । अर्कोतिर कोरोना भाइरस सङ्क्रमणको दर बढिरहेको छ । लकडाउन कहिलेसम्म लम्बिन्छ भन्न सक्ने अवस्था छैन ।  त्यसैले बालबालिकाका लागि यो समय ‘बोरिङ’ बन्दै गएको छ भने अभिभावकलाई आफ्ना बालबालिकालाई भुल्याउन हम्मेहम्मे परेको छ । 
    सहरका केही स्कुलले अनलाइन कक्षा सुरु गरेको छ । प्राथमिक तहदेखि माथिका विद्यार्थीको हकमा यसले केही सहजता ल्याएको देखिएपनि प्रिप्राइमरी अर्थात् पूर्व प्राथमिक तहका विद्यार्थीका लागि भने त्यति प्रभावकारी हुन सकेको छैन । 

    मङ्गलबार सरकारले पूर्व प्राथमिक तहका बालबालिकाका लागि घरमै बसेर पढाउन सकिने विद्युतीय पुस्तक ल्याएको छ । यस्तो विद्युतीय किताब प्रभावकारी होला/नहोला भन्न सकिने अवस्था छैन । सरकारले उपयुक्त तरिकाले पूर्व प्राथमिक तहका विद्यार्थीका लागि के गर्ने भन्ने छुट्टै रणनीति तय गर्न सकेको छैन । लकडाउनमा अहिले ७० लाख विद्यार्थी थुनिएका छन् । त्यसमध्ये पूर्व प्राथमिक तहका बालबालिकाको शैक्षिक भविष्य सबभन्दा बढी अन्योलपूर्ण छ ।  

     

     

     

     

     

     

    नेपालमा कहिले समय कोरोना भाइरसको सङ्क्रमण रहन्छ भन्न सकिने अवस्था छैन । जसले सबैमा कोरोनाको डर बढ्दै गएको छ । अझ साना बालबालिकाको लागि यो अवस्था सामान्य होइन । उनीहरुको कलिलो मानसपटलमा यसको प्रभाव भयावह हुने देखिन्छ । अहिले बालबालिकाको मनमा मानिस नै कोरोना हो कि भन्ने भ्रम छ । यसो त वस्यक मानिसमा पनि मानिसदेखि डर लाग्ने अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा पूर्व प्राथमिक तहमा अध्ययनरत बालबालिकालाई कोरोनाको डरसँगै पढाइको डर थप्न उचित नहुने शिक्षाविद्ले बताएका छन् ।

    जीवन उपयोगी शिक्षा

    अब कति समय स्कुल खुल्दैनन् र खुलेपनि विद्यार्थीहरुलाई स्कुल र कलेज जानका लागि मानसिक रुपमा तयार हुन समय लाग्न सक्छ । त्यसैले विषेशगरी साना बालबालिका अर्थात् पूर्व प्राथमिक तहका बालबालिकालाई सिर्जनात्मक र रचनात्मक काममा लगाउनुपर्ने विज्ञहरुको भनाइ छ ।  

    एकातिर भर्खरै विद्यालय जान थालेका बालबालिकाहरुले सिकेका कुरा बिर्सने हुन् कि भन्ने अभिभावकको चिन्ता छ । अर्कोतिर कोरोनाले फैलाएको मनोवैज्ञानिक त्रासका कारण बाल मस्तिष्कमा कस्तो असर पर्ला भन्ने चिन्ता छ । 

    केही बालमनोविद् तथा शिक्षाविद्हरु भने यो समयमा बालबालिकालाई व्यवहारिक र दैनिक जीवनमा उपयोगी हुने कुराहरु सिकाउनुपर्ने बताउँछन् । आफ्नै घरभित्र भएका र अभिभावकहरुलाई थाहा भएका ज्ञानका कुरालाई व्यवस्थित रुपले पस्किन सके बालबालिकामा व्यवहारिक ज्ञानको वास्तविक बिजारोपण गर्न सकिन्छ । 

    सिकाउने सिर्जनात्मक तरिका 

    शिक्षाविद् विद्यानाथ कोइराला पूर्व प्राथमिक तहका  बालबालिकालाई सिर्जनात्मक तरिकाले घरमै सिकाउन सकिने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘ठूला कक्षाका विद्यार्थीलाई मात्र होइन, साना बालबालिकालाई पनि सिर्जनात्मक तरिकाले घरमै सिकाउन सकिन्छ ।’ उदाहरणको लागि साना बालबालिकालाई युट्युबमा जानकारीमूलक भिडियो देखाएर त्यसको बारेमा लेख्न लगाउन सकिन्छ । यसो गर्दा बालबालिकामा लेख्ने, पढ्ने र अनुगमन गर्ने बानीको विकास हुन्छ ।

    यस्तै बालबालिकालाई कुनै समाचार सुनाएर वा पढ्न लगाएर त्यसको बारेमा केही लेख्न लगाउन सकिन्छ । भिडियो गेमहरु खेल्न र खेतबारीको काममा पनि लगाउन सकिन्छ । खेतमा कसरी काम गर्ने, बिरुवा कसरी रोप्ने, फूल कसरी गोड्ने, बिरुवा कसरी उम्रन्छन् भनेर सिकाउन सकिन्छ । झोला बोकेर स्कुल गए मात्र बालबालिकाले पढ्न सक्ने कुरामा सत्यता नभएको उहाँको भनाइ छ ।  

    व्यवहारिक ज्ञान जरुरी

    जसले एउटा कोठामा गुजारा गरिरहेका छन्, जोसँग इन्टरनेटको पहुँच छैन त्यस्ता अभिभावकका लागि आफ्ना बालबालिकालाई भुल्याउन र रचनात्मक काममा लगाउन अनेकौँ विकल्प हुन सक्ने कोइरालाले भन्नुभयो । जस्तै, कोठामा कतिवटा थाल र कचौरा छन् भनेर गन्न लगाउन सकिन्छ । यसबाट बालबालिकामा गणित विषयको ज्ञान बढ्ने उहाँको भनाइ छ । भाँडाकुँडा कसरी मिलाउने, कुन भाँडा काँचको हो ? कुन भाँडा स्टिलको हो ? कुन भाँडा सिसाको हो ? अर्थात् काँच, सिसा  र स्टिल कसरी बन्छ भन्ने ज्ञान दिन सकिने शिक्षाविद् कोइराला बताउनुहुन्छ । 

    यस्तै बालबालिकालाई हजुरबुवा र हजुरआमाबाट दन्तकथाहरु पनि सुनाउन सकिन्छ  । हाम्रा बुवा र हजुरबाले काठ र ढुङ्गामा माटो राखेर लेखपढ गरेका कुराहरु र जीवन सङ्घर्षका कथाहरु पनि बालबालिकाका लागि प्रेरणाको स्रोत बन्न सक्छन् ।  योसँगै घरनजिकै बालबालिकालाई खुला ठाउँमा लैजाने र त्यहाँ देखिएका किरा फट्याङ्ग्राको बारेमा जानकारी दिन सकिन्छ ।  जस्तै, पुतली कस्तो रङको छ ? कतिवटा खुट्टा छन् ? भन्ने विषयमा व्याख्या गराउन र आफूसँग भएको ज्ञान बालबालिकामा बाँड्न सकिन्छ ।  यसबाट बालबालिकामा सिकाइ क्षमताको विकास हुन्छ ।  

    खेलकुद स्वस्थकर

    बालबालिकाको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था युनिसेफले  बालबालिकालाई विभिन्न किसिमका खेल खेलाउन सकिने जनाएको छ । त्यसको लागि दूरी भने कायम गर्नुपर्ने युनिसेफको सुझाव छ । युनिसेफले भेषभुषा र पहिरनबारे जानकारी दिने खेल प्रभावकारी हुने सुझाव दिएको छ । यो खेल खेल्नका लागि फरक किसिमका कपडाहरू लिने र आफ्ना नानीबाबुलाई ती कपडाहरूबाट विभिन्न भेषभुषा र पहिरन बनाउन लगाउने गर्नुपर्छ । त्यसपछि उनीहरूले छानेको पहिरनको आधारमा सँगै खेल्न सकिन्छ । 

    यस्तै, ‘म तिमीलाई समात्छु’ भन्ने खेल पनि लकडाउनमा बालबालिकालाई खेलाउन उपयुक्त हुन्छ । त्यसको लागि घरभित्र वा वरिपरि खाली ठाउँमा बालबालिकालाई दौडन लगाउने र आफूले उनीहरूलाई समात्ने प्रयास गर्नुपर्छ ।  यो खेलले बालबालिकालाई शारीरिक रुपमा स्वस्थ राख्न मद्दत गर्ने छ । 
    यस्तै आवाज पत्ता लगाउने खेल पनि साना बालबालिकालाई खेलाउन सकिने युनिसेफले सुझाव दिएको छ । आफ्नो वेभसाइटमार्फत यो खेलबारे उसले जानकारी दिएको छ । यो खेलमा फरक फरक जनावरको आवाज नक्कल गरेर अभिभावकले बालबालिकालाई सुनाउन सक्ने र उनीहरुलाई पनि नक्कल गर्न लगाउन सकिन्छ । 

    यस्तै बाल चुनौतीअन्तर्गत बालबालिकालाई आफ्ना शरीरका अङ्ग छुन र उठाउन लगाउन सकिन्छ  । जस्तै हात, औँला र पाखुरा उठाउन र छुन लगाउन सकिन्छ । यसबाट बालबालिकाले आफ्नो शरीरका अङ्गको नाम थाहा पाउने र शारीरिक क्षमताको पहिचान पनि गर्न सक्ने हुन्छन् । 

    प्राविधिक तथा व्यवहारिक शिक्षामा जोड दिनुपर्ने वर्तमान समयमा किताबका हरफहरु घोकेर मात्रै दक्ष र ज्ञानी भइन्छ भन्ने कुराबाट माथि उठ्नु पर्दछ । साना बालबालिकालाई दैनिक क्रियाकलापबाटै जीवन उपयोगी ज्ञान दिन सके यो उनीहरुको भविष्यको निम्ति उपयोगी हुने छ । 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम
  • पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    News

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    News

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑