वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् । उनीहरुको खोजीकार्य भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
पर्साका प्रहरी प्रमुख गंगा पन्तले पनि दुई जना संक्रमित अस्पतालबाट भागेको खबर आएको र आफू पनि त्यसतर्फ जान लागेको जानकारी दिइन् ।
वीरगञ्जको नारायणी अस्पतालबाट दुईजना कोरोना संक्रमित फरार भएका छन्।
अस्पतालको आइसोलेशमा रहेका दुई जना कोरोना संक्रमित पुरुष बुधबार बिहानदेखि सम्पर्कमा नरहेको अस्पताल स्रोतले जनाएको छ।
पर्सा प्रहरी प्रमुख गंगा पन्थले कोरोना संक्रमित भागेको खबर पाउनासाथ खोजीका लागि प्रहरी खटिएको जानकारी दिइन्।
‘कोरोना संक्रमित भागेको खबर आएलगत्तै प्रहरी टोली खोजीका लागि खटिएको छ’,