• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    स्वाब परीक्षण नगरी घर पठाइएकाहरु पुनः क्वारेन्टाइनमा

  • वीरगंज संजाल
  • ३१ बैशाख २०७७, बुधबार १४:०२
  • ३२१९

    राजविरा | स्वाब परीक्षण नगरी क्वारेन्टाइनबाट घर पठाइएका युवालाई मंगलबार पुनः क्वारेन्टाइनमा ल्याइएको छ । कोरोना भाइरस संक्रमण पुष्टि भएका युवकसँगै चितवनबाट आएका अन्य १२ जना युवा र संक्रमित युवाको परिवारका तीन जनालाई पनि क्वारेन्टाइनमा राखिएको डाकनेश्वरी नगर प्रमुख शिवनारायण साहले बताए ।

    उनीहरु सहित २३ जनाको स्वाब परीक्षणका लागि संकलन गरिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । युवा मजदुर १३ जनाको समूहमध्ये वैशाख २६ गते पीसीआर परीक्षणका लागि सातजनाको नमूना संकलन लिइएकोमा डाकनेश्वरी नगरपालिका-३ हटेलका १८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    उनीहरु सातजना र क्वारेन्टाइनमा बसेका अन्य तीनजनाको स्वाव परीक्षणका लागि धरान पठाइएकोमा आधिकारिक रिपोर्ट नआउँदै आइतबार घर पठाइएको थियो । युवा मजदुरको १३ जनाको समूहबाट ६ जनालाई भने वैशाख २२ गते आरडीटी परीक्षण गरेर घर पठाइएको डाकनेश्वरी नगरपालिकाका स्वास्थ्य सहसंयोजक उमेश साहले जानकारी दिए ।

     

     

    ‘भिटिएम र आरडीटी किटको अभावमा एउटा कोठामा बसेका मध्येबाट यात्रा विवरण र सम्पर्क सर्भेका आधारमा नमूना संकलन गरिएको थियो ।’ स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले भने, ‘सात जनासहित १० जनाको नमूना स्वाब लिएकोमा एकजनाको पोजिटिभ आएपछि परीक्षण गरिएकाको समेत पुनः परीक्षणका लागि स्वाब लिइएको हो।’

    संक्रमित युवकसँग पठाइएका अरुहरुको रिपोर्ट सोमबार नेगेटिभ आए पनि मङलबार पुनः परीक्षण गर्न स्वाब लिइएको हो ।  संक्रमित युवा आइतबार घर गएर बसेपछि उनको परिवारका तीनजनालाई सोमबारदेखि क्वारेन्टाइनमा राखिएको छ।

    उनीहरुको समेत स्वाब परीक्षणका लागि पठाइएको छ । डाकनेश्वरी नगरपालिका-५ पातोस्थित क्वारेन्टाइनमा पुगेका प्राविधिक स्वास्थ्यकर्मीको टोलीले संक्रमित युवकका आमा, हजुरआमा र हजुरबुवाको स्वाब संकलन गरे। उनीसँगै चितवनबाट आएका अन्य १२ जनाको पनि स्वाब संकलन गरिएको छ।

    क्वारेन्टाइनमा सँगै कोठामा बसेका दुईजना, कपिलवस्तुबाट आएका तीनजना र नियमित क्वारेन्टाइनको ड्युटीमा रहेका दुई प्रहरी र एक स्वास्थ्यकर्मीसहित २३ जनाको स्वाब संकलन गरी परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । स्वाब संकलन गरिएको २३ जनासहित ३१ जना उक्त क्वारेन्टाइनमा छन् ।

    स्वाब लिइएकाको आधिकारिक रिपोर्ट नेगेटिभ नआउञ्जेल क्वारेन्टाइनमै राखिने निमित्त प्रमुख यादवले बताए । संक्रमित युवकलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ । उनको अवस्था सामान्य रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा
  • कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?
  • शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान
  • ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    सुकुम्बासीलाई सुरक्षित बनाउन खोजिएको हो : बालेन

    निर्वाचन सर्दैन, तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री कार्की

    बालेन्द्रले मात्रै प्रयोग गर्ने गरेको महानगरको लिफ्ट सर्वसाधारणका लागि खुला

    ११ वर्ष से फरार हत्या आरोपी सिराहा से गिरफ्तार

    अमेरिका र भारतबीच ‘व्यापार सम्झौतामा सहमति’

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    News

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    News

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    News

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    News

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑