• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भक्तपुरमा कोरोना संक्रमण : पुरुष सशस्त्र प्रहरी र महिला नर्स

  • वीरगंज संजाल
  • ३१ बैशाख २०७७, बुधबार ०९:१२
  • ३५१७

    भक्तपुर | भक्तपुरमा कोरोना भाइरस संक्रमण देखिएका पुरुष सशस्त्र प्रहरी र महिला स्टार्फ नर्स रहेको खुलेको छ। २७ वर्षीय सशस्त्र प्रहरी भक्तपुरको चाँगुनारायण नगरपालिका १ सरस्वतीखेलस्थित सशस्त्र प्रहरीको नीलबाराही गणमा कार्यरत रहेको बुझिएको छ।

    पुरुष भक्तपुरको दुवाकोटस्थित सशस्त्र प्रहरीको नीलबाराही गणमा कार्यरत रहेकाले उनका बारेमा पूरा विवरण दिइएको छैन। भक्तपुरको जिल्ला प्रशासन कार्यालय र प्रहरी परिसरले उनको विवरणसमेत सार्वजनिक गरेका छैनन्।

    रामेछाप स्थायी घर भएका उनी कार्यालय समयमा मात्रै गणमा जाने र अरु बेला चाँगुनारायण नगरपालिका- १ दुवाकोटमा बनाएको घरमा बस्ने गर्दै आएको बुझिएको छ। त्यस्तै २५ वर्षीया महिला स्टाफ नर्स रहेको र उनी भक्तपुरकै एक निजी अस्पतालमा काम गर्ने बुझिएको छ।  हाल मध्यपुर थिमि नगरपालिका -९ स्थित साथीको कोठामा बस्ने उनी सुनसरीको रामधुनी नपा झुम्काकी स्थायी बासिन्दा हुन्। उनी झुम्काबाट दुई दिनअघि मात्रै भक्तपुर पुगेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।

     

     

     

     

    प्रजिअ पाण्डेका अनुसार महिला आफैँ टेकु अस्पताल पुगेकी थिइन्। त्यहाँ नै उनको पीसीआर परीक्षणमा कोरोना भाइरस पोजिटिभ देखिएको हो। त्यस्तै पुरुषको स्वाब भने सशस्त्र प्रहरीले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो। जसको रिपोर्ट पनि पोजिटिभ देखिएपछि स्वास्थ्य मन्त्रालयले मंगलबार राति प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको हो।

    अहिले संक्रमित देखिएको दुइटै ठाउँ सिल गरिएको प्रजिअ पाण्डेले बताइन्। उनका अनुसार संक्रमितहरुको सम्पर्कमा आएकाहरुको पहिचान गर्ने कार्यसमेत द्रूत गतिमा भइरहेको छ। ‘संक्रमित देखिएको दुइटै ठाउँ सिल गरिसकेका छौं’, उनले भनिन्, ‘उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरिरहेका छौं।’
    दुवै संक्रमितहरु टेकु अस्पतालमा रहेकाले उनीहरुको विस्तृत ट्राभल हिस्ट्री प्राप्त भइ नसकेको बताइएको छ।

    महिला सुनसरीको झुम्काबाट आएको पुष्टि भएकाले उनी बाहिरबाटै संक्रमित भएर आएको हुनसक्ने अनुमान गरिएको छ तर भक्तपुरमै रहेका सशस्त्र प्रहरीमा कसरी संक्रमण देखियो भनेर अनुसन्धान भइरहेको बताइएको छ।

    महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले पछिल्लो एक महिनाभित्र ती पुरुष उपत्यका बाहिर कतै गएकोबारे विवरण फेला नपरेको जानकारी दिए। त्यसैले उनको परिवारका बाँकी सदस्यहरुको पनि कोरोना परीक्षणको लागि तयारी भइरहेको उनले बताए। उनको घर बस्तीभन्दा टाढा रहेकाले त्यहाँका स्थानीय उनी तथा उनको घरपरिवारसँग सम्पर्कमा गएको नहुन सक्ने अनुमान गरिएको छ।

    भक्तपुरमा परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ

    यता भक्तपुर अस्पतालबाट कोरोना परीक्षण गराएकामध्ये रिपोर्ट आएका सबैको रिपोर्ट नेगेटिभ देखिएको छ। भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.सुमित्रा गौतमले भक्तपुर अस्पतालमा कोरोना परीक्षण गराएकामध्ये नौजनाको रिपोर्ट भने आइनसकेको जानकारी दिए।

    मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएका भक्तपुरका भनिएकाहरुको भने भक्तपुर अस्पतालबाट स्वाब परीक्षणका लागि गएको थिएन। भक्तपुर अस्पतालबाट सात सय ३० जनाको कोरोना भाइरस परीक्षण गरिसकिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ
  • सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर
  • एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न
  • नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    एउटै पान नम्बरबाट दुईभन्दा बढी व्यवसाय सञ्चालन नगर्न अनुगमन समितिको निर्देशन

    कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २२ वर्षपछि पक्राउ

    भारतको हसन जिल्लामा ४० दिनभित्र हृदयघातबाट २१ जनाको मृत्यु, छानबिन सुरु

    नेपालका हिमताल विस्फोटन रोक्न ७ अर्बको परियोजना स्वीकृत

    जलवायु संकटले मानिसको जनजीवनमा गम्भीर खतरा : राष्ट्र संघ

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    News

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    News

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    News

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    News

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑